काठमाडौं, कात्तिक ८ गते। सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ।सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुला हुने अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो। न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था छ। अदालत पूर्णरुपमा भने तिहार र छठपछि मात्र खुल्नेछ।
तेइस दिनदेखि सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार छाएको छ । तिहारका बेला बत्ती नभएपछि तिहार खल्लो भएको हो । हिल्दुुम साना जलबिधुुत आयोजनाको नहरलाई पहिरोले क्षति गरेपछि बिधुुत आपुर्ती बन्द भएकाले यहाँको तिहार खल्लो भउको स्थानीयको भनाइ छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ । मङ्गलबार आयोगले दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको हो ।
सांस्कृतिक पर्व गौराजस्ता पुस्तकहरु विश्वविद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने आवश्यकता औंल्याइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औ जन्मजयन्तीको अवसरमा मंगलबार धनगढीमा आयोजित कार्यक्रममा सो कुरा औल्याइएको हो ।
दार्चुलाको व्यास गाउँपालिका –५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मंगलबार विहान भएको दुर्घटनामा व्यास गाउँपालिका –४ का अन्दाजी ४० वर्षीय देवानसिंह बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड तय गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले मुलुकको करिब मध्य भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशिला खडा गर्ने बताउनुभएको छ । गौतमबद्धको जन्मस्थल लुम्बिनी स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहीयानाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समेत यहाँ भएकाले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र समेत बन्ने उहाँको भनाइ छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पाकिस्तान सरकारले पोलियो खोपका विरुद्धमा देशव्यापी अभियान सञ्चालन गरेको जनाएको छ । सोमबारबाट पाकिस्तान देशभर सो अभियान सुरु गरिएको बताइएको छ ।
बुर्किनाफासोमा आतङ्ककारी समूहको आक्रमणमा परेर कम्तीमा पनि १० जना सैनिकको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु केही सैनिक घाइते पनि भएका छन् ।
लक्ष्मीपूजाका दिन साथीभाइवीच खेलिने थारु समुदायको मौलिक खेल हुकेहुक्का लोप हुने खतरा बढेको छ । सनपाटबाट निर्मित हुकेहुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेले पनि युवापुस्ताले संरक्षण नगर्दा यो खेल लोप हुने अवस्थामा पुगेको हो ।
ल्पाका बजारमा प्लाष्टिकले बनेका मालाको बिक्री बढेको छ । प्रशासनले प्रतिबन्ध लगाएको प्लास्टिकको माला जिल्ला सदरमुकाम तानसेन, रामपुर, दमकडा, सराइ, हार्थोक, आर्यभाङ्ज्याङ्लगायतका बजारमा बिक्री हुँदै आएको छ ।
दीपावलीमा बालिएको दियाेले बारा जिल्लाको विभिन्न छ ठाउँमा आगलागी भएको छ । आगलागी हु्ँदा लाखौंं रुपियाँ बरावरको क्षति हुनुको साथै १५ वटा घरपालुवा पशुपंंक्षीसहित जानवर जलेका छन् ।
ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण तुला राशिमा लाग्ने भएकाले तुला राशिका मानिसहरुले हेर्नै नहुने खगोलविद् एवम् वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताउनुभयो ।