नेपालीहरूको महान् चाड तिहारको चौथो दिन आज (मङ्गलबार) गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआज गरेका हुन् ।
मकवानपुर जिल्लाको कुलेखानी क्षेत्रमा रहेको यो मानव निर्मित इन्द्रसरोवर अहिले पर्यटक आकर्षणको केन्द्र बन्दै थालेको छ । काठमाडौँ उपत्यकाबासी मात्र नभएर आन्तरिक तथा वाह्य पर्यटकको हिजो आज यहाँ भीड लाग्ने गरेको छ ।
गुल्मी जिल्लाको पश्चिमी ग्रामीण भेगमा पर्ने मादने गाउँपालिका वडा नं. १ सङ्ग्रेङ्ग खोलामा निर्माण भएको झोलुङ्गे पुल हो । यो झोलुङ्गे पुलले साबिक अग्लुङ्ग गाविसको वडा नं. ४ धारा धनुबस्ने र वडा नं. ९ ओख्ले दहको जुकेपानीलाई जोडेको छ ।
दाङको घोराहीमा फर्निचर उद्योगमा लागेको आगो आठ घण्टापछि नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका– १५ स्थित उमेश मार्गमा रहेका तीन वटा फर्निचर उद्योगसँगै एउटा खाजा घरमा राती साढे १२ बजेदेखि लागेको आगलागी बिहान साढे सात बजेतिर नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको मध्यमटोली वेस्टहामले बर्नमाउथलाई पराजित गरेको छ । घरेलु मैदानमा सामेबार राति भएको खेलमा वेस्टहामको बर्नमाउथलाई २-० गोलले हरायो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको उल्लेख गर्नुभएको छ । उहाँले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पुर्याउँदै आएको बताउनुभएको छ ।
तनहुँको सदरमुकाम दमौलीको सफा सडक स्थित न्यागिना कस्मेटिक पसलमा सोमबार राती नौ बजे आगलागी हुँदा लाखौँको क्षति भएको छ । विद्युत् सट भएर आगोलागि भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको सुपर १२ को खेल वर्षाका कारण रद्द भएको छ ।
तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् ।
बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते कैलालीका एक व्यक्तिको उपचारको क्रममा आज बिहान ज्यान गएको छ ।
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ ।
नेपाल भ्रमणमा रहेको मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) माथि नेपाली महिला टोलीले फराकिलो जित निकालेको छ ।
आन्तरिक असहमति हुँदा साझा कार्यक्रम बनाउन नसकेको सत्ता गठबन्धन दलबीचमा एकताबद्ध भएर प्रचारप्रसार लगायतका कार्य गर्ने सहमति भएको छ ।
फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिनुभयो ।