सर्लाहीमा मङ्सिर ४ को निर्वाचनका लागि मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री आइपुगेको छ। निर्वाचन आयोगबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र र मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री आइपुगेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जानकारी दिनुभयो।
मोरङको पथरीशनिश्चरे–१० मा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ सय घर धुरीको एउटा सानो बस्ती छ। नजिकै जोडिएको बस्तीसँग भाषा, धर्म, संस्कार, संस्कृति र रीतिरिवाज मिले पनि उनीहरूलाई सङ्घीय गणतान्त्रिक मुलुकको चुनावले कहिल्यै छुँदैन। २०४८ यता उनीहरूले धेरैवटा चुनाव देखे। छेउको बस्तीका मानिसहरू विभिन्न दलका झण्डा बोकेर हिडेको देख्दा उनीहरूलाई पनि त्यही हुलमा मिसिन मन लाग्थ्यो। शरणार्थी भएका कारण उनीहरूले आजसम्म मताधिकार के हो भन्ने बुझेका छैनन्।
गण्डकीका केही जिल्लामा भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा चुनौती देखिन सक्ने सुरक्षा बैठकमा औँल्याइएको छ । गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा पोखरामा आयोजित संयुक्त सुरक्षा गोष्ठीमा सो कुराको जानकारी दिइएको हो ।
गृहमन्त्री बालकृष्ण खाणको पहलमा रुपन्देहीको तिनाउ र दानव नदीमा १० वटा पुल निर्माण भएपछि त्यस क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । तिनाउ र दानवमा १० वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ भने सातवटा निर्माणाधीन रहेका छन् ।
अन्तर्राष्ट्रिय नाका बनाउने भन्दै राजनीतिक दलले आफ्नो घोषणापत्रमा दोहो-याउँदै आएको गौरीफन्टा नाकाको स्तरोन्नति चुनावी एजेन्डामा मात्रै सीमित रहेको छ। दलहरूले नाका स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै जनतासँग भोट माग्दै आए पनि यो नाका अहिलेसम्म अन्तर्राष्ट्रिय नाकामा परिणत हुन सकेको छैन। ११७ वर्ष पुरानो गौरीफन्टा नाका सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र धनगढीसँग जोडिएको नाका हो तर अहिलेसम्म कामचलाउ अवस्थामा मात्रै सञ्चालन भइरहेको छ।
कञ्चनपुर–३ मा नेपाली कांग्रेसका केद्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक र नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वसांसद नीरूदेवी पालबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। १२ जना उम्मेदवार रहेको यो क्षेत्रमा मुख्य रूपमा दुई जनामा प्रतिस्पर्धा हुने विगतको तथ्याङ्कले पनि देखाएको छ।
नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइ’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। स्वयम्भू, काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङलगायत ठाउँमा चलचित्रको छायाङ्कन गरिएको छ। राजश्री प्रोडक्सनको निर्माण रहेको चलचित्र सुरज बडजात्याले निर्देशन गर्नुभएको हो। मित्रताको कथामा बनेको चलचित्रमा अमिताभ, बोमन, अनुपम, निनासँगै परिणीति चोपडा, डेनी डेन्जोङ्पा, नीना गुप्ता र सारिका हसन प्रमुख भूमिकामा देखिनुभएको छ।
कम्प्युटर सिक्न भनेर काठमाडौँ छिर्नुभएका रङ्गकर्मी कमलमणि नेपालले राष्ट्रिय नाचघरबाट एक्टिङको कक्षा सुरु गर्नुभएको हो। एक्टिङकै सिलसिलामा उहाँको भेट रङ्गकर्मी सुनिल पोखरेलसँग भएको थियो। त्यसपछि उहाँ गुरुकुलसँग जोडिन पुग्नुभयो। टेलिसिरियल ‘भद्रगोल’मा ‘खुपीका बाउ’ भनेर दर्शकले चिन्न थाले। केही नेपाली र बलिउड चलचित्र ‘इन्डियाज मोस्ट वान्टेड’मा समेत अभिनय गर्नुभएका नेपालसँग रङ्गमञ्च र चलचित्रमा आधारित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डको औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान स्वदेश फर्कनु भएको छ।
अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र नेपाली कांग्रेसका नेता गोपालजीजङ्ग शाह अहिले चुनावी अभियानमा सँगसँगै हुनुहुन्छ। यद्यपि २०४८ सालदेखि उहाँहरू चुनावी प्रतिस्पर्धीका रूपमा हुनुहुन्थ्यो। अहिले गठबन्धन सहकर्मीका रूपमा सँगसँगै हुनुहुन्छ।
नेपाली कांग्रेसको जन–मुक्तिसेनाले वीरगञ्ज कब्जा गरेर, २००७ सालको जन–क्रान्ति प्रारम्भ गरेको एक ऐतिहासिक दिन हो– कात्तिक २६ गते। वि.सं. २००७ को आश्विन १० र ११ का दिन नेपालको सीमावर्ती स्थान, भारतको बैरगिनियाँमा नेपाली कांग्रेसले सम्मेलन आयोजना ग¥यो। त्यसमा देशको विभिन्न भागबाट र भारतको कतिपय ठाउँबाट आएका करिब तीन सयजति कांग्रेसका प्रतिनिधिहरूले भाग लिएका थिए। त्यही सम्मेलनको सर्वसम्मतिले एकतन्त्रीय राणा शासनको विरोधमा सशस्त्र क्रान्ति गर्ने प्रस्तावलाई पारित ग¥यो।
वैदिक सनातन धर्म संस्कृतिले समय चक्रलाई विविध अवयवमा विभाजन गरेको छ। सूक्ष्म रूपमा क्षण, लव, पल, मुहूर्तदेखि तिथि, बार, पक्ष, मास, ऋतु, अयन, वर्ष, दशक, शताब्दी र युगआदि अवयव समयका उत्तरोत्तर ठूला एकाइ हुन्। बुझ्न सजिलोका लागि ज्योतिषशास्त्रले समयलाई संवत्सर, अयन, ऋतु, मास, पक्ष, तिथि, बार र नक्षत्र भनी आठ भागमा विभाजन गरेको छ। वर्षचक्रको गणना गर्दा सौर, चान्द्र, नाक्षत्र, सावन आदि शब्दको प्रयोग गरिएको पाइन्छ। वैशाख, जेठ आादि सौर वर्षभित्रका महिना हुन्। यी महिना सालाखाला ३० दिनका हुन्छन्। चन्द्रमाको गतिअनुसार हुने २७ दिनको महिना चान्द्रमास हुन्छ र चन्द्रगतिकै आधारमा समयको अँध्यारो र उज्यालो अवधिलाई कृष्ण र शुक्ल पक्षको नाम दिइएको छ।
सार्क क्षेत्र भनिने दक्षिण एसिया वर्तमान विश्वको रणनीतिक चासोको केन्द्र बनिरहेको छ। नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, भुटान, अफगानिस्तान, माल्दिभ्स र बङ्गलादेशका जनताले भोग्नुपरेका कथा–व्यथा उस्तैउस्तै छन्। प्राकृतिक विपत्ति, धनी र निर्धनबीचको अन्तराल, सामाजिक समस्या, धार्मिक र साम्प्रदायिक तनाव आदिले यस क्षेत्रका अधिकांश जनता पिरोलिएका देखिन्छन् । त्यसमाथि रणनीतिक प्रतिस्पर्धा पनि थपिँदा भविष्यमा अरू अनिष्ट हुने सम्भावना रहेको रणनीतिका जानकारको तर्क छ।
सुखको प्राप्ति हुन्छ, आनन्दको रसास्वादन गर्न पाइन्छ भनेर मानिस चाहिँदो नचाहिँदो अनेकथरी लत, कुलत र दुव्र्यसनमा फस्न पुग्छन्। यस्ता अनेकौँ उदाहरण खोज्न कहीँ टाढा जानु पर्दैन। आफ्नै घर, टोल/छिमेक, नातागोता र समाजमा बग्रेल्ती भेटिन्छन्। मानिसले विवाह गर्छ सुख, शान्ति र आनन्द प्राप्तिका लागि, छोराछोरीको चाहना पनि हुन्छ। कता गएर ? के कस्तो काम गरेर धन÷सम्पत्ति आर्जन गर्न सकिन्छ र सुख, शान्ति र आनन्द प्राप्ति हुन्छ भनी देश/विदेशमा अनेक किसिमका दुःख, कष्ट र हण्डर खान तयार हुन्छ तिनै तीनवटाको तृष्णाले।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलक्षित कार्यक्रममा दलका नेता र उम्मेदवारले विकास निर्माणका प्रतिबद्धताभन्दा आरोप प्रत्यारोपमा अधिक समय दिने गरेका छन्। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारले निर्वाचित भएपछि कस्तो ऐन कानुन निर्माण गर्ने भन्नेबारेमा न मतदाता र समाजका अगुवासँग छलफल नै गर्छन् न त निर्माण गर्न बाँकी रहेका ऐन कानुन बनाउने नै भन्छन्। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका नयाँ अनुहार मात्र होइन, यसअघि निर्वाचित भएकाले समेत प्रतिनिधि सभा र प्रदेश सभाबाट बन्न बाँकी रहेको ऐन