मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो ।
मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
धार्मिक रूपमा पूजा गरिने प्रजातिका रूखहरू लोप हुँदै गएको छ । पीपल, बरगज, पाकड लगायतका रुख दाउरामा प्रयोग हुन थालेपछि गाउँघरबाट हराउन थालेका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कञ्चनरुप –९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको बोलेरो पिकअप र पश्चिमबाट पूर्व जाँदै गरेको बा१८च ६६१७ नंको स्कारपियो एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
घाम लाग्दा घामै हुने पानी पर्दा पानी जस्तो सुकै परे पनि बस्यो सहने बानी ।। जाडो खोज्दा तातो हुने तातो खेज्दा चिसो जुन कुरा नचाहँदा त्यही लाग्छ लिसो । निष्ठुरी छ प्रकृति नै गर्छ मनोमानी
कहिले आमा, कहिले छोरी, कहिले, साली बन्नुपर्छ सधैँभरि कायर हैन हिम्मतवाली बन्नुपर्छ । बलात्कारी, यौवनपिपाशु राक्षसहरूको संहार गर्न नारी अब शक्तिरूपी दुर्गा अनी महाकाली बन्नुपर्छ ।
साथीहरू । तपाईंहरूको जाडो महिनाको बिदामा के के गर्नुभयो ? बिदाको समयमा यत्तिकै घरमा बसिरहनुभन्दा हामीले केही न केही राम्रो काम गर्ने र नयाँ नयाँ ठाउँमा घुम्ने गर्नुपर्छ । परिवारसँग घुम्दाको रमाइलो छुट्टै हुन्छ भने विद्यालयबाट घुमघाम गर्दाको झन् धेरै रमाइलो हुने रहेछ । आशा छ यो जाडो बिदामा सबैले धेरै रमाइलो गर्नुभयो होला । धेरै कुरा पनि सिक्नुभयो होला । मैले पनि जाडो महिनाको बिदामा धेरै रमाइलो गरेँ । धे
आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ ।
बाहिरै राख्नुस् तपाईंको जुत्ता र ढोकाबाट भित्र आउनुस् सशरीर तपाईंलाई स्वागत छ––
एलओडीमा भेटिएका कति सन्त पुरुष र विदुषीहरू ‘-याप’का लागि थिए उत्सुक र भावुक, कुन कुन नखरासित
राष्ट्रपति निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ ।
स्थानीय तहका जनप्रतिनिधिको छाता सङ्गठन गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जवाहरलाल यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
प्रविधिले मारेको फड्कोसँगै सूचना आदानप्रदानका विभिन्न माध्यम प्रयोगमा आएका छन् तर रुकुमपूर्वका विभिन्न गाउँमा भने सूचना प्रसारणको भरपर्दो माध्यम ‘कटुवाल प्रथा’ नै रहेको छ। कराएर गाउँवासीमा नयाँ सूचना पु-याउने जिम्मेवारी बोकेको कटुवाल प्रथा दुर्गम गाउँहरूमा अहिले पनि निरन्तर छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताउनुभएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालनलगायत समग्र पोखराको पर्यटन विकासका विषयमा आयोजित अन्तत्र्रिmयामा प्रमुख आचार्यले यस्तो बताउनुभएको हो।