देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पर्यटकीयस्तरको ‘होटल आइकावा’ सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको सौराहामा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेसँगै पछिल्लो पटक होटल आइकावाले सेवा सुरु गरेको हो ।
जगदीश घिमिरेको उपन्यास ‘साविती’बाट प्रभावित नाटक ‘दी कन्फेसन’ नयाँ दिल्लीमा मञ्चन भएको छ । नाटक आइतबार नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाको मञ्चमा मञ्चन भएको हो । नेसनल स्कुल अफ ड्रामा र नेपालका लागि भारतीय दूतावासको संयुक्त प्रयासमा मञ्चन भएको नाटक विमल सुवेदीले निर्देशन गर्नुभएको हो ।
सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष चट्याङ मास्टरको जन्मदिवसका अवसरमा सिस्नुपानीले ‘चट्याङ सत्तरी–२०७९’ कार्यक्रम आयोजना गरेको छ । पाठशाला नेपालको सभाकक्षमा आयोजित कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रका व्यक्तिहरूले चट्याङ मास्टरलाई शुभकामना व्यक्त गर्नुभयो । सिस्नुपानीका जेठा संस्थापकको जन्मदिवसलाई उज्यालो पार्न माहिला संस्थापक थरेन्द्र बरालले शुभकामनास्वरूप दीप प्रज्वलन गरेपछि कार्यक्रम आरम्भ गरिएको थियो । कार्यक्रमको सुरुमै चट्याङ मास्टर र रमेश खकुरेलले संयुक्त रूपमा डा. मुकेश चालिसेद्वारा लिखित ‘मानिला मान्छेका धामा’ नामक कृति लोकार्पण गर्नुभयो ।
बागमती प्रदेशको प्रदेश सभाले प्रदेश सभा नियमावली २०७४ मा व्यवस्था भएको नियम निलम्बन गरेर दुईवटा विधेयक पारित गरेको छ । अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ हतारमा नियमावलीमा व्यवस्था भएको नियम निलम्बन गर्दै पारित गरेको हो ।
दोलखाका सामुदायिक विद्यालयमा संस्थागत (बोर्डिङ) विद्यालयबाट विद्यार्थी आउने क्रम बढेको छ । संस्थागत विद्यालयको भन्दा सामुदायिक विद्यालयमा शिक्षण राम्रो हुन थालेपछि विद्यार्थी आउने क्रम बढेको अभिभावक एवं भीमेश्वर नगरपालिका–७, मकैबारीको कुटीडाँडा माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य सबु तामाङले बताउनुभयो ।
काभ्रेपलाञ्चोकलाई राजधानी काठमाडौँसँग जोड्ने अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काममा थप ढिलाइ हुने भएको छ । करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गतको १६ किलोमिटर सडकखण्ड चालू आर्थिक वर्षबाट सुरु गरिएको हो ।
राष्ट्रपति निर्वाचनका लागि आठ राजनीतिक दलद्वारा गठित कार्यदलले प्रचार प्रसार सुरु गर्ने भएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्व कार्यदलले प्रचार प्रसार तयारी थालेको हो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुसालका अनुसार कार्यदलको पहिलो बैठकले फागुन १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूसँग भेटघाटसहित अभिमुखीकरण गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी फागुन १९ गते प्रदेशमा भेला गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अब गर्ने १० कामको सूची सर्वजनिक गर्नुभएको छ । मन्त्रालयमा मङ्गलबार पत्रकारसँग भेटघाटक्रममा उहाँले अब गर्ने कामको सूची सार्वजनिक गर्नुभएको हो । मन्त्री किरातीले पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीनमहिने अभियान, नेपाल नागरिक उड्डयन तथा प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुव्र्यवहारसम्बन्धी उजुरी लिने स्थायी एकाइ निर्माण गर्ने तयारी रहेको जनाउनुभयो ।
वैदेशिक रोजगार विभागले मौसमी श्रमिकका रूपमा दक्षिण कोरियालगायत कुनै पनि देशमा पठाउँछु भन्ने बिचौलियाको भ्रममा नपर्न आग्रह गरेको छ । पछिल्लो समय मौसमी श्रमिक रूपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनामा विश्वास नगर्न विभागले सोमबार जारी सूचनामार्फत आग्रह गरेको हो ।
सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७, सिसहनियाकी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समयमा बदलिएको छ । घरको भान्छादेखि गाईभैँसीको स्याहारमा बित्ने गरेको राजकुमारीको दैनिकी पछिल्लो समय गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुके, ढकिया, चटकी र गमलालगायतका सामग्री बनाउने र बिक्री गर्ने काममा बित्ने गरेको छ ।
चोभारस्थित सुक्खा बन्दरगाह पूर्ण सञ्चालनका लागि अन्य पूर्वाधारको समस्या रहेको औँल्याइएको छ । नेपाल इन्टरमोडेल यातायात विकास समितिका अनुसार बन्दरगाह क्षेत्र पूर्ण तयार भए पनि त्यहाँसम्म हुने ढुवानीको सहज व्यवस्था नहुँदा समस्या परेको हो ।
नेपाल प्रज्ञाप्रतिष्ठानले अन्य संस्थाबाट पनि मासिक सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यलाई प्रतिष्ठानको तर्फबाट दिइरहेको मासिक सुविधा कटौती गरेको छ । त्यस्तो सुविधा फागुनदेखि रोक्ने निर्णय गरिएको प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । भाषासाहित्य, संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिलाई प्रतिष्ठानले आजीवन सदस्यता प्रदान गर्छ । यस्ता सदस्य २२ जना छन् । आजीवन सदस्यले अन्य क्षेत्रबाट सेवानिवृत्त भएपछि पाइरहेको सुविधाको अतिरिक्त प्रतिष्ठानले उपलब्ध गराउने सुविधा पनि लिइरहेका थिए । प्रतिष्ठानका कुलपति भूपाल राईले अरूलाई नैतिकता र संस्कारको पाठ सिकाउने प्राज्ञले नै दोहोरो सुविधा लिँदा जनमानसमा नकारात्मक सन्देश गएकाले दोहोरो सुविधा नदिने निर्णय गरिएको बताउनुभयो ।
तत्कालीन सत्ता गठबन्धनका प्रमुख साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बहिर्गमनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संवैधानिक दायित्व थपिएका छन्। उहाँले प्रतिनिधि सभामा फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
राष्ट्रपति चयनका लागि फागुन २५ गते हुने निर्वाचनका लागि संसद्मा प्रतिनिधित्व गर्ने आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)माथि सहज जित निकालेको छ ।