पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित आदर्श माध्यमिक विद्यलयमा विद्यार्थीहरू सामूहिक रूपमा बेहोस हुन थालेपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको छ। आइतबार बिहान प्रार्थना गर्ने क्रममा कक्षा ७ मा अध्ययनरत एक बालिका अचानक बेहोस भएर ढलेको केही समयमा कक्षा ७ का अन्य छ जना विद्यार्थी बेहोस भएका थिए। पहिलो दिन बेहोस भएका विद्यार्थीलाई उपचार र आराम गर्न भन्दै विद्यालयले घर पठाएको थियो। सोमबार बिहान पुनः विद्यार्थी विद्यालय आउने क्रममा कतिपय विद्यार्थी विद्यालय परिसरमा पुग्नासाथ बेहोस हुन
कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्त्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो ।
एक दिन बिराई स्वास्थ्य संस्थामा जाने अर्जुनचौपारी गाउँपालिका–२, केवरेकी ८४ वर्षीया द्रुपती केसीको बाध्यता अहिले हटेको छ। उच्च रक्तचाप र दमको बिरामी केसीलाई बुढेसकालमा उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता गाउँपालिकाले घरमै स्वास्थ्यकर्मी खटाएपछि हटेको हो। पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमा स्वास्थ्योपचार कार्यक्रम बढाएपछि केसीजस्ता सयौँ नागरिकले घरमै बसेर आफ्नो स्वास्थ्य जाँच गराउन पाएका हुन्।
बागलुङ बजारलाई लक्षित गरी सञ्चालन गरिएको लिफ्ट खानेपानी योजना निर्माणको अन्तिम चरणमा पुगेको छ। दुई वर्षमा सम्पन्न हुनुपर्ने योजना करिब चार वर्षपछि सम्पन्न हुने अवस्थामा पुगेको हो। विगत चार वर्षदेखि निर्माणाधीन बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र बागलुङ बजारमा शुद्ध खानेपानी पु-याउने लक्ष्यका साथ काम अघि बढाएको दाबी गरेको छ। हालसम्म भौतिक निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनी कनकाई जयमाता जेभीका इन्जिनियर विक्रम अधिकारीले जानकारी दिनुभयो।
आत्महत्या गर्ने मानिस वास्तवमा मर्न चाहँदैन, उसले आफ्नो पीडाको अन्त्य गर्न मात्र खोजेको हुन्छ । उसले जेजति कारणले होस् आफ्नो जीवनमा निराशाबाहेक अरू केही देख्न छाड्छ
कुनै पनि मुलुकको विकास सुशासनबिना सम्भव छैन । भ्रष्ट समाज विकासको तगारो नै हो । कुनै पनि राष्ट्रमा विकास र समृद्धिको मूल अवरोधक नै भ्रष्टाचार मानिएको छ । सुशासनबाटै निश्चय नै समृद्धि पथमा अग्रसर सम्भव हुन्छ । हाम्रोजस्तो मुुलुकमा सुशासन निकै कठिन अभ्यास भएको छ । मुलुकवासीको चाहना समृद्धि हो तर त्यसका निम्ति सुशासनको मार्ग हिँड्नुपर्ने हुन्छ । अहिले विश्वमा विकसित मानिएका मुलुकको इतिहास
सङ्घीय शासनको पाँचवर्षे कार्यकाल सम्पन्न भइ दोस्रो निर्वाचित कार्यकाल प्रारम्भ भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहले सङ्घीय व्यवस्थाको विगतका अनुभव र सिकाइबाट शासन व्यवस्था प्रभावकारी बनाउनु पर्ने दबाब बढ्दो छ । विगतका कार्यशैलीप्रति जनताका गुनासाहरू रहे पनि केही राम्रा कामहरू पनि भएका छन् । सङ्घीय शासन व्यवस्थाको पहिलो अभ्यास र नयाँ शासकीय स्वरूपका कारण जनताले अनुभव र सिकाइका लागि पर्ख र हेरको स्थितिमा थिए । अबका दिनमा जनताको अपेक्षाको सम्बोधन नभए शासन व्यवस्थाप्रति निरा
सामाजिक समावेशीकरण भनेको व्यक्ति र समूहलाई समाजका हरेक क्रियाकलापमा भाग लिने अवस्था सुधार गर्ने प्रक्रिया हो । यसले व्यक्ति र समूहलाई सामाजिक क्रियाकलापमा सहभागी हुनका लागि उनीहरूको पहिचानको आधारमा क्षमता, अवसर र मर्यादा सुधार गर्न सहयोग गर्छ ।
चालू आर्थिक वर्षको माघसम्म अर्थ मन्त्रालयले करिब २३ अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार पुँजीगततर्फ एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा माघसम्म २२ अर्ब ७४ करोड रुपियाँ रकमान्तर भएको हो ।
सर्लाहीमा सामाजिक सञ्जालको माध्यमबाट मुद्रासम्बन्धी आपराधिक घटना बढ्दै गएको पाइएको छ। प्रहरीका अनुसार विशेषगरी भारतीय सीमावर्ती क्षेत्रमा मुद्रासम्बन्धी विभिन्न आपराधिक घटना बढ्न थालेको हो। मुद्रासम्बन्धी अपराध गरेको कसुरमा सर्लाही प्रहरीले सात जनालाई पक्राउ गरिसकेको छ। त्यस क्रममा केही नगदसमेत बरामद भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो। उहाँका अनुसार भारतसँग सीमा जोडिएका विभिन्न नाकामा शृङ्खलाबद्ध रूपमा मुद्रासम्बन्धी ठगीका घटना हुँदै आएका छन्।
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोसी अस्पताल विराटनगरलाई प्रयोग गर्न स्वास्थ्य र शिक्षा मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच मेडिकल कलेजको प्रयोगात्मक अभ्यासका लागि कोसी अस्पताल प्रयोग गर्ने गरी त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
डेढ वर्ष अघिसम्म असुरक्षित रूपमा घरमै सुत्केरी हुने महिला अचेल बर्थिङ सेन्टरमा धाउन थालेका छन् । यसअघि घरमै बच्चा जन्माउने गरेका गर्भवती गाउँकै बर्थिङ सेन्टरमा पुगेर सुत्केरी हुन थालेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्न आवश्यक रहेको औँल्याइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मङ्गलबार गरेको चालू आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन अर्धवार्षिक समीक्षमा बजेट तथा कार्यक्रम कार्यान्वयनको तौरतरिकामा कुनै फरकपन नल्याइएकाले आशातीत उपलब्धि प्राप्त हुन नसकेको सरोकारवालाले औँल्याएका हुन् ।
पश्चिम नेपालमै सबैभन्दा बढी उडान हुने र अत्यधिक व्यस्त रहने नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गर्ने कार्य अगाडि बढाइएको छ । सो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोहीअनुसार काम सुरु भएको हो । उक्त गुरुयोजनाअनुसार नयाँ अत्याधुनिक टर्मिनल भवनको निर्माण सुरु गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका सूचना अधिकारी धीरेन्द्र रिजालले जानकारी दिनुभयो । उहाँले काम सुरु गरिए पनि सो टर्मिनल भवनको औपचारिक रूपमा शिलान्यास छिट्टै गरिने बताउनुभयो ।
सिन्धुली जिल्लालाई साढे चार वर्षअघि गरिएको खुला दिसामुक्त जिल्ला अभियान कागजमै सीमित बनेको छ। उक्त घोषणासँगै खुला दिसामुक्त अभियानले निरन्तरता नपाउँदा खुला दिसामुक्त जिल्ला घोषणा कागजमा सीमित भएको हो।