नेपाली महिला टोलीले बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि फराकिलो जित निकालेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार राति भएको खेलमा नेपालले भुटानलाई ५-० गोलले हरायो ।
चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाका लागि सुर्खेत जिल्लाभरबाट ९ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्
नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौँ प्लाजामा सर्नका लागि महानगर र ट्रष्टबीच बुधबार सहमति भएको छ । सहमति पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गर्नुभयो ।
फ्रान्सले गत र्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कका शिवालय आमा समूहले सामूहिक आलुखेती थालेको छ ।
श्रीमान र जेठाजुको कुटाइबाट घाइते पुतलीबजार नगरपालिका १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुस रकम सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई ५० हजार नगद घुस रकम सहित पक्राउ गरेको हो ।
नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् ।
पेट्रोल सेवनमा कारण दोलखामा एक बालकको मृत्यु भएको छ । कालिन्चोक– ९ सुन्द्रावतीका मुरारी सेढाईंका २१ महिने छोरा सक्षम सेढाईंको पेट्रोल सेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ ।
सामाजिक अभियन्ता तथा व्यवसायी कृष्ण लामिछाने मृत अवस्थामा भेटिनुभएको छ ।
धरानमा प्रहरीले दुई व्यक्तिलाइ ६२ केजी गाँजासहित पक्राउ गरेको छ । धरान वडा नं २० सिरिसेमा मोटरसाइकलमा ल्याउँदै गरेको ३१ केजी गाँजा सहित धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका ९ आहालेका २५ वर्षीय जितेन राईलाई पक्राउ गरेको हो ।
धागै चुँडी गयो आज थुँगा–थुँगा गाँसु भन्दा अझै आँसु थपिदियौ पीडा छोपी हाँसु भन्दा, यस्तै रै’छ जिन्दगानी हाँसो भन्दा आँसु धेरै पराई भयौ तिम्रो माया मुटुभरी साँचु भन्दा ।
हुँदा कसैको अन्त्यमा कसैको आदिमा हुन्छ, भलो कसैको भक्तिमा कसैको शक्तिमा हुन्छ । ‘भैगो, जिन्दगी बाँच्दिनँ’ भन्नेले नबुझेका हुन्, पहिलो पन्ध्रमा औँसी, दोस्रोमा पूर्णिमा हुन्छ ।