गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा १२औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असार १८ गतेदेखि २० गतेसम्म सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा हुने जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
काठमाडौं, असार १४ गते। शहरी विकासमन्त्री मेटमणि चौधरीले मुलुक बनाउन प्रधानमन्त्री र मन्त्री मात्रै इमानदार भएर नहुने बताउनुभएको छ। मङ्गलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो। उहाँले सबै नागरिक र कर्मचारी पनि इमानदार हुनुपर्नेमा जोड दिनुभयो। मन्त्री चौधरीले भन्नुभयो, ‘‘यो देश जोगाउनका लागि सबैले आ-आफ्नो योगदान गरौं। हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री, मन्त्री इमान्दार भएर मात्रै पुग्दैन। सबै नागरिक र कर्मचारी पनि इमानदार हुनुपर्छ।’’ मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमानदारीसाथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताउनुभयो।मघ्सिर २१ गते निर्वाचन घोषणाको तयारी मन्त्री चौधरीले सरकारले आगामी मङ्सिर २१ गते सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘‘निर्वाचन मैले ठ्याक्कै भन्न सक्दिन। तर, मङ्सिरको २१ गते हुनेगरी सरकारले अबको दुई/तीन महिनापछि सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्छ।’’उहाँले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भए पनि दुई÷तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको प्रष्ट पार्नुभएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटीटी एप्स सार्वजनिक गर्नुभएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानतर्फ प्रस्थान गर्नुभएको छ । मङ्गलबार बिहान ११ बजेर १५ मिनेटमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
भीषण वर्षाका कारण बुटवलका सबैजसो सडक जलमग्न भएका छन् । सडक जलमग्न र हिलाम्य भएपछि पैदलयात्रीलाई समस्या भएको छ भने सवारी आवागमन अवरुद्ध भएको छ ।
मन्त्रिपरिषद् बैठक मङ्गलबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
नेकपा (एमाले)का पूर्व उपाध्यक्ष वामदेव गौतमले आज औपचारिकरुपमा नयाँ पार्टीको घोषणा गर्नुहुने भएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामको पार्टी घोाषणा गर्न लाग्नु भएको हो ।
टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ ।
झापाका मुख्य राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले रेलवे प्रभावितको मुआब्जा दिन र कृषकका लागि तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् । शनिबार बिर्तामोडमा सम्पन्न दलहरूको बैठकमा दलले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जिल्ला अस्पताल कालीकोट स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्थापना भएको १८ वर्ष पुगिसक्दा पनि जिल्ला अस्पताल कालीकोटले दरबन्दीअनुसारका कार्यालय प्रमुख र कर्मचारी पाएको छैन । दसौँ तहको मेडिकल सुपरिन्टेन्डेन्टको दरबन्दी रहेको जिल्ला अस्पताल २०६१ सालदेखि निमित्तको भरमा छ । प्रमुख नहुँदा अस्पतालबाट प्रवाह हुने विशेषज्ञ सेवा प्रभावित हुँदै आएका छन् ।
राजगद्दी खालि भयो । नयाँ राजा चुन्नुपर्ने भयो । राजा चुन्ने क्षमता कोहीसँग थिएन । अकस्मात् कसैले उपाय सुल्झायो । लावण्य देशमा त हात्तीले राजा चुनेको थियो ।राजा चुन्न हात्ती ल्याइयो । राजा हुन काला, गोरा, सेता, नीला, पहेँला उम्मेदवारहरू लाममा खडा थिए ।राजा छानेको दृश्य हेर्ने दर्शकहरूको घुइँचो थियो । दर्शकमा छेपाराहरू पनि थिए । छेपाराहरूको अनुमान थियो– हात्तीले पक्कै सेतोलाई राजा छान्छ । त्यसैले छेपाराहरू पनि सेतो रङमा लामबद्ध भएर बसेका थिए ।हात्तीलाई राजा छान्ने आदेश दिइयो । हात्ती आँखा देख्दैनथ्यो । त्यसैले उसले सुँडले छामेर राजा छान्नुपर्ने थियो ।छेपाराहरूको अनुमानविपरीत हात्तीले उम्मेदवारमध्येबाट कालोलाई आफ्नो सुँडले उचालेर राजा घोषित गरिदियो ।कालो राजा घोषित हुनासाथ सेता छेपाराहरू तत्कालै रङ बदलेर कालै भए । उनीहरू दर्शक दीर्घाबाट अगाडि सर्दै नवघोषित राजाको अगाडि झुम्मिएर भन्ने थाले– “हेर्नुस् त महाराज ! हाम्रो रङ पनि कालै छ । महाराज पनि कालो हामी पनि कालो ।” राजाले जुँघाको ताउ मिलाउँदै छेपारातिर हे¥यो ।राजाको गद्दीरोहण भयो । छेपाराहरूले दाम राखेर स्वस्ती गरे । तत्कालै राजालाई रथारोहण गराएर सहर परिक्रमा गराइने भयो ।राजा सवार रथ अगाडि बढ्यो । छेपाराहरू तँछाड मछाड गरेर राजाको नजिक हुन तम्सिरहेका थिए । छेपाराहरू रथतिर जतिजति अगाडि बढ्थे उतिउति धमाधम रथको पाङ्ग्रामुनि परेर घुनझैँ पिसिँदै थिए । नवरङ्गधारी छेपाराहरू इहलीला समाप्त गर्दै थिए । रथमा सवार राजालाई यसको कुनै मतलब थिएन ।पुराना छेपाराहरू एकपछि अर्को गरी मर्दै थिए, तर संसारमा नयाँ छेपाराहरू जन्मने क्रम भने रोकिएन ।
नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा हुने बताउनु भएको छ ।
वि.सं २००७ को क्रान्तिपछि जब देशमा प्रजातन्त्र आयो, राजनीतिक स्वतन्त्रताको अधिकतम उपभोेग गर्न पाउने मौलिक अधिकार पनि आम जनताले पाए । धमाधम राजनीतिक दलहरू एकपछि अर्को गर्दै देखिन थालिए । जनताले वाक् स्वातन्त्रता पाउनुको फलस्वरूप समाचार पत्रिकाहरू पनि प्रकाशन हुन थाले । रेडियो नेपालजस्तो सञ्चार माध्यम बिस्तारै बिस्तारै जनचेतना जगाउन क्रियाशील भयो समग्र नेपाली साहित्यमा नयाँ धारको श्रीगणेश भयो । पूर्णवर्ती साहित्य, परम्पराले नयाँ गति र दिशा लिन थाल्यो, किनभने निरङ्कुश राणातन्त्रले लगाएको पर्खाल भत्किसकेको थियो । देशभर प्रजातन्त्रको नयाँ किरण झलमलाएको थियो । नयाँ चेतना र उत्साहको लहर सर्वत्र फैलिएको थियो । यसै पृष्ठभूमिमा २००७ सालको क्रान्तिको सफलताले विशेष गरेर आधुनिक कथा परम्परामा एउटा अत्यन्त महìवपूर्ण मोड आयो ।