नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाजस्ता पार्टीको गठबन्धनबाट नै एमालेको तीनवर्षे सरकार ढलेको थियो । निर्वाचनताका सिट बाँडफाँटमा केही तलमाथि भएपछि जनता समाजवादी पार्टी बाहिरिएको थियो । तराई मधेशकै अर्को लोकतान्त्रिक समाजवादी पार्टी यस पाँचदलीय गठबन्धनमा सामेल भएपछि पुनः पाँचदलीय गठबन्धनले चुनाव लडेको थियो । यसपालिको निर्वाचन परिणामअनुसार सरकार बनाउने बहुमत कसैलाई पुगेन, फलस्वरूप मिलिजुली सरकार बन्यो ।
कुनै पनि मुलुकको आर्थिक विकासका लागि आवश्यक पर्ने उत्पादनका साधनमध्ये सबैभन्दा महìवपूर्ण साधनका रूपमा उक्त मुलुकको मानव संसाधनलाई लिइने गरिन्छ । उत्पादनको एक मात्र सक्रिय साधन मानव संसाधनको अवस्थाले उक्त मुलुकको उत्पादनको मात्रा, उत्पादित वस्तुको गुणस्तर, उत्पादकत्वजस्ता आर्थिक पक्षमा गहिरो प्रभाव पार्ने गर्छ । उपलब्ध मानव संसाधनमा उत्पादनशील उमेरको सङ्ख्या बढी छ, साक्षरता दर, औसत आयुमा वृद्धि हँुदै गएको छ, मातृ मृत्युदर, शिशु मृत्युदर, जन्मदरमा कमी आएको छ भने त्यो मुलुकको जनसङ्ख्याले अर्थतन्त्रमा टेवा पु¥याउन सक्ने क्षमता राख्छ भन्ने मान्यता छ । यसलाई जनसाङ्ख्यिक लाभांशका नामले समेत चिनिन्छ । भर्खरै सार्वजनिक राष्ट्रिय जनगणना, २०७८
जिल्ला प्रहरी कार्यालय काठमाडौँले गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेका ७७ जना विरुद्ध अभद्र अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका २ मा भीरबाट लडेर ४७ वर्षीय डिल्लीराम निरौलाको निधन भएको छ ।
यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तलाई प्रदान गरिएको छ । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले पन्तलाई उक्त पुरस्कार अर्पण गर्नुभयो ।
चर्चित ब्यान्ड ‘मङ्गोलियन हार्ट’ ले १० वर्षपछि अस्ट्रेलियामा साङ्गीतिक यात्रा गर्ने भएको छ । नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा अस्ट्रेलियाको विभिन्न आठ सहरमा ब्यान्डले आफ्नो प्रस्तुति दिने भएको हो । साङ्गीतिक यात्रा अप्रिल १० बाट सुरु हुने ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबी लामाले जानकारी दिनुभयो । “हामी शुक्रबार नै नेपालबाट अस्ट्रेलिया प्रस्थान गर्दैछौँ,” लामाले भन्नुभयो, “दस वर्षपछि अस्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौँ ।
लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
धादिङ जिल्लाको गल्छी गाउँपालिकास्थित त्रिशूली नदीमा निर्माण भइरहेका दुईवटा मोटरेबल पुलको निर्माण सम्पन्न हुन सकेको छैन। पुल निर्माणका लागि तोकिएको म्याद गुज्रिएको दुई वर्ष नाघिसक्दा पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो। त्रिशूली नदीमाथिका दुईवटा पुल निर्माण गरिसक्नुपर्ने म्याद सकिएको २७ महिना भएको छ। निर्माण ढिलो हुनुमा निर्माण व्यवसायीले कोरोना महामारीलाई दोष देखाएर पन्छिँदै आएका छन्। पुल निर्माणको ठेक्का लगाउने निकायले भने १० प्रतिशतसम्म हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँदै आइरहेका छन्। काम लगाउने र काम गर्ने दुवैको ढिलासुस्तीको मारमा भने स्थानीय परेका छन्।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुअघि वडा कार्यालयबाट विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेस गरी सिफारिस लिनुपर्ने व्यवस्थाको सुरु गरेको छ। गाउँपालिका अध्यक्ष शङ्करराज बरालका अनुसार गाउँपालिकामा बालविवाह बढ्दै गएपछि गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। विवाहका लागि २० वर्ष पुग्नुपर्ने र उमेर नपुगी विवाह गर्ने जोडीलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट समेत वञ्चित गर्ने निर्णय भएको छ।
नेपाल कुखुरा व्यवसायी मञ्चले विद्युत् महसुल र बैङ्क ऋणमा सहुलियत दिन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरेको छ । मञ्चले अर्थमन्त्री महतसँग ज्ञापनपत्रमार्फत सो माग गरेको हो । पोल्ट्री क्षेत्र विशेष गरी फार्मिङ, ह्याचरी, दाना उद्योग र कोल्ड स्टोरहरूलाई चौबिसै घण्टा विद्युत् आवश्यक पर्ने भएको हुँदा पोल्ट्रीजन्य उल्लेखित प्रकृतिका व्यवसायमा खपत हुने विद्युत् महसुलमा ५० प्रतिशतको सहुलियत दिन मञ्चले माग गरेको छ ।
नेपाल रेलवे सेवा आउँदो वैशाखदेखि जनकपुरधामको कुर्थाबाट नै सञ्चालनमा ल्याउने गरी बिहीबार कार्यतालिका सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० वैशाख १ गतेदेखि पहिलो पटक नेपाली भूमिबाट सिधै रेल सेवा सञ्चालन भएर जयनगरसम्म सञ्चालन हुन लागेको हो।
यही चैत १७ गतेदेखि यो वर्षको चियाको पहिलो प्रशोधन थालेको जसबिरे चिया उद्योगमा पहिलो पटकको चिया नै नष्ट भयो। दुई दिनसम्म उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा पहिलो टिपाइको चिया प्रशोधन हुनै सकेन। विशेष गरी चीन निर्यात गर्न प्रशोधन थालिएको चिया बिग्रिएपछि त्यसको प्रत्यक्ष नोक्सान उद्योगलाई प-यो।
जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुरानै आकारमा पुनर्निर्माण गरिएको छ। चार वर्षदेखि सुरु गरिएको पुरानो गढीको पुनर्निर्माण कार्य करिब ९० प्रतिशत पूरा भएको उदयपुरगढी गाउँपालिकाले जनाएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई नेपाल टेलिकमले निःशुल्क सिम उपलब्ध गराउने भएको छ । देशभरका कार्यालयबाट टेलिकमले उक्त सिम उपलब्ध गराउने जनाएको छ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
माछापुच्छ्रे गाउँपालिकामा रहेको घलेल गाउँ पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको गाउँ हो । माछापुच्छ्रे हिमाललाई नजिकबाट नियाल्न सकिने उक्त गाउँ सम्भावना हुँदाहुँदै पनि ओझेलमा छ । घलेलमा होमस्टे सञ्चालन भए पनि प्रचारप्रसारको उचित अभावले गर्दा पर्यटक आगमनमा कमी भएको स्थानीयवासी बताउँछन् ।