परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले चीनका विदेशमन्त्री छिन क्याङसँग बिहीबार भेटवार्ता गर्नुभएको छ । नेपाल–चीन द्विपक्षीय कूटनीतिक संयन्त्रको १५औँ बैठकमा सहभागी हुन उहाँ चीन पुग्नुभएको हो । भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपाल–चीनबीचको आपसी सहकार्यलाई सबल बनाउने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, विकास साझेदारी, व्यापार तथा पारवहन, लगानी र पर्यटनमा सम्भावित साझेदारीका साथै अहिलेसम्म भएका प्रगतिका विषयमा पनि सो भेटमा छलफल भएको छ ।
प्रतिनिधि सभाको बिजनेस तथा अन्य विषयमा सभामुखलाई परामर्श दिने क्षेत्राधिकार रहेको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। पदेनबाहेक २१ सदस्य हुने समितिमा दलीय प्रतिनिधित्वका आधारमा सदस्य छनोट गरिएको छ। एक सिट मात्र रहेका साना दलहरूको प्रतिनिधि पनि कार्यव्यवस्थामा सुनिश्चित गरिएको छ। समितिमा सभामुख, उपसभामुख र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहने व्यवस्था छ।
ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई कारबाहीको चेतावनी गराएर सचेत गराइ छाडिएको छ ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३, रन्मामा दुई दिदीबहिनी बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । हेलिकोप्टरमार्फत बिहीबार दिउँसो नेपालगञ्जबाट तालिमप्राप्त कुकुर घटनास्थलमा पु-याएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । सडक सञ्जाल र फोन सेवाको पहुँचमा नभएको रन्मा गाउँमा घटना अनुसन्धान र सम्पर्क गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।
धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी एक वर्षभित्र सञ्चालनमा आउने सरोकारवालाले दाबी गरेका छन् । हुलाकी सडक सङ्घर्ष समितिले ‘कमला पुलको दुर्दशा र हुलाकी सडकको अवस्था’ अन्तरक्रियामा सरोकारवालाले यस्तो दाबी गरेका हुन् ।
आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सो मितिमा चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाचन हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय भएको जानकारी दिनुभयो । आयोगले विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको छ ।
६० वर्षीय किसान घिले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए उहाँको अहिलेसम्म पेन्सन पाक्थ्यो तर उहाँ अहिले पनि दैनिक ८२ रुपियाँ १३ पैसामा काम गर्दै आउनुभएको छ। अहिलेसम्म कुनै पनि नियमले घिलेको काम र श्रमलाई सम्बोधन गर्न सकेको छैन।
ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ ।
वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले लेखक टंक वनेमको छैटौँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरु’ सार्वजनिक गर्नुभएको छ ।
विश्व हिन्दु महासङ्घ नेपालको अध्यक्षमा पुनः डा. रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । महासङ्घको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
लुम्बिनीमा दान वापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
ओखलढुङ्गामा ३५ जना कृषकलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाले नगरभित्रका ३५ जना मौरीपालक कृषकलाई आधुनिक घार वितरण गरेको हो ।
सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
सप्तरीको बोदेवरसाइन नगरपालिका –२ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बोदेवरसाइन नगरपालिका –५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हो ।