कृषि, शिक्षा, अनुसन्धान र प्रसारणमा गत वर्षभन्दा सरकारले बढी लगानी गर्ने संघीय कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बताउनुभएको छ । गृहजिल्ला सप्तरीमा मधेस प्रदेश सरकारद्वारा स्थापना गरिएको मधेश कृषि विश्व विद्यालयलाई सोमबार अवलोकन गर्नेक्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचक साताको दोस्रो दिन दोहोरो अङ्कले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो दिन झिनो अङ्कले बढेको नेप्से परिसूचक सोमवार १८.०३ अङ्कले बढेर २०२९.४३ बिन्दुमा पुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।
जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता गएको पाइएको छ । सिमकोट गाउँपालिका –४ को उच्च जोखिममा रहेको स्याम्ने गाउँको बस्ती बिस्तारका लागि आएको बजेट फिर्ता गएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धी सम्पूर्ण समस्या समाधान हुने बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो ।
पछिल्लो करिब एक महिनादेखि परेको खडेरीले पश्चिम नवलपरासीका धान खेतहरुमा धाँजा फाटन थालेपछि किसानहरु चिन्तित भएका छन । मल अभावको मार झेल्दै खेतमा रोपाई सकेका केही किसानलाई करिब एक महिनादेखि परेको खडेरीले धान खेतमा धाँजा फाटन थालेपछि उत्पादन घटने चिन्ताले किसान चिन्तित बनेका हुन् ।
एनआईसी एशिया बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वी चोक बस्ने १९ वर्षीय नरेश पुन मगर रहेका छन् ।
साउन महिनाको पहिलो सातासम्ममा पनि बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।
नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताउनुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकूल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको आरोप लगाउनुभयो ।
साउन महिनाको पहिलो सोमबार हिमाली जिल्ला म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा दर्शनार्थीहरुको भीड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर मन्दिरमा गएर सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश गोपाल पराजुलीले पनि दर्शन गर्नुभयो ।
मिथिलाञ्चल क्षेत्रका नवविवाहित महिलाहरुले मनाउने मधुश्रावणी पर्व सोमबारदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्व विशेष गरी ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिता महिलाहरुले मनाउने गर्छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सो निर्देशन दिनुभएको हो ।
तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा गर्मी बढेसँगै झाडापखला र टाइफाइटका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्तको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।