• १३ असोज २०८१, आइतबार

पाँचथरमा भीरबाट लडेर डिल्लीरामको निधन

blog

राधा लुइँटेल

फिदिम, चैत २४ गते । पाँचथरको मिक्लाजुङ गाउँपालिका २ मा भीरबाट लडेर ४७ वर्षीय डिल्लीराम निरौलाको निधन भएको छ ।

चैत २१ गते मिक्लाजुङ १ स्थित घरबाट निस्कनु भएका निरौला फर्केर नआए पछि खोजी गर्ने क्रममा स्थानीयले दुई दिनपछि बिहीबार मिक्लाजुङ २ को कमेरे भीर नजिकै मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मिक्लाजुङ ६ तिन तले स्थायी ठेगाना भएका निरौला वडा नम्बर १ मावि टोल नजिकै पसल गरेर बस्नु भएको थियो । उहाँको शव कमेरे भीरको बाटोदेखि २ सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलनजंग थापा बताउनुभयो ।

निरौलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र रबी पठाइएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान थालिएको थापाले बताउनुभयो ।