• १३ साउन २०८१, आइतबार

पन्त पुरस्कृत

blog

काठमाडौँ, चैत २४ गते । यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तलाई प्रदान गरिएको छ । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले पन्तलाई उक्त पुरस्कार अर्पण गर्नुभयो ।

शर्माले जनस्तरबाट रकम सङ्कलन गरी आफ्नो नाममा पुरस्कार राखेर साहित्यिक गुन लगाएको बताउँदै आफू सम्मान र आदरको भोको नरहेकाले अब यति धेरै सम्मान र आदर नगर्न आग्रह गर्नुभयो । पुरस्कृत व्यक्तित्व पन्तले आफूले प्राप्त गरेको सम्मान दायित्व प्रतिष्ठानमै राखेर सदुपयोग गर्ने पनि बताउनुभयो । कार्यक्रममा पन्तद्वारा लिखित नियात्रा कृति ‘सोनार बांग्ला’ र अभिव्यक्ति साहित्यिक पत्रिकाको भर्खरै प्रकाशित अङ्कको पनि विमोचनसमेत गरिएको थियो । विमोचित कृतिबारे प्रा.डा. लक्ष्मणप्रसाद गौतम र पत्रिकाबारे विधान आचार्यले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।