दोलखाको जिरी नगरपालिकास्थित एक सहकारीमा नक्कली नोट फेला परेको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले वडा नम्बर ५ लिङ्कन बजारमा रहेको एकीकृत फ्रेन्डसीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत सङ्लनको क्रममा नक्कली नोट फेला परेको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
आज अक्षय तृतीया । हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । जौ र चनाको सातु एवम् चिसो पानीको सर्बत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।
एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान नियन्त्रणमा आएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ–५, जोरधारा नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईं दिनमा करिब ४० मिनेट पूर्णतया दृष्टिविहीन बन्नुहुन्छ । किनभने जुनबेला तपाईंले आँखा घुमाउनु हुन्छ तपाईंको दिमागले जानाजान दृष्टि बन्द गरिदिन्छ । यसै कारण तपाईंले ऐना हेर्दा आफ्नो आँखाको गति देख्न सक्नुहुन्न । यसलाई चिकित्सा विज्ञानले ‘स्याकाडिच मास्किङ’ भन्ने गरेको छ । यदि यसो नहुँदो हो त तपाईंको जीवन हातले क्यामेरा समातेर खिचिएको निरन्तर चलिरहने एक चलचित्र जस्तो हुने थियो, जसमा हल्लिरहेका दृश्य मात्र हुने थिए ।
एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।
प्रवासीको सहयोगमा जीर्ण महादेव माविको भवन पुनर्निर्माण गरिएको छ । वि.सं.२०७२ को भूकम्पले जीर्ण बनेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेगस्थित महादेव माविको भवन प्रवासमा रहेका बेगखोलाबासीको अगुवाइमा पुनर्निर्माण गरिएको हो ।
तनहुँ क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्ने भएका छन् ।
दलित भन्नासाथ गरिबीको रेखामुनि रहेका, रोगी, फोहोरी, अशिक्षित, अबुझ, असभ्य मानिस हुन् भन्ने बुझाइ समाजमा अझ पनि विद्यमान छ तर रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरको दलित मुसहर बस्ती जिल्लाकै उदाहरणीय र नमुना बस्तीका रूपमा परिचित छ। कुल २८ घरधुरी रहेको सो बस्तीमा दुई/तीन जना ज्येष्ठ नागरिकबाहेक सबै साक्षर र शिक्षित छन्। आधारभूत शिक्षादेखि स्नातकोत्तरसम्मका शिक्षा हासिल गरी जागिर पेसामा आबद्ध युवा पनि छन् यस बस्तीमा।
जिल्ला सदरमुकाम गौर नगरपालिकास्थित प्रादेशिक अस्पतालको व्यवस्थापन समिति सक्रियपछि स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ। रेफर अस्पतालका रूपमा चिनिँदै आएको यस अस्पतालको व्यवस्थापन समिति, चिकित्सकलगायत सम्पूर्ण कर्मचारी सक्रिय भएपछि सेवा प्रभावकारी बनेको हो। बिरामीको स्वास्थ्य सेवालाई ध्यानमा राखेर उपचारका लागि भिडियो एक्स–रे, डिजिटल एक्स–रे मेसिन, ईसीजी सेवा, ओपीडी, इमरजेन्सी सेवा, वार्ड सेवा, शल्यक्रिया व्यवस्थापन, प्रसूति सेवा, जनरल सर्जरी, निःशुल्क औषधिलगायत खानेपानी र सरसफाइमा सुधारसँगै अस्पतालको सेवामा पनि सुधार देखिएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय जनताको माग र आवश्यकताको आधारमा मात्रै योजना छनोट गरी बजेट विनियोजन गरिने बताउनुभएको छ । दार्चुला सदरमुकामको महाकाली नगरपालिकाको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दल र कर्मचारीसँग गरिएको अन्तक्र्रियामा मुख्यमन्त्री शाहले विगतका कमजोरी सच्याएर योजना छनोट तथा बजेट विनियोजन गरिने बताउनुभयो ।