सरकारले नवजात शिशुका लागि मिल्क बैङ्क सञ्चालन गरिने घोषणा गरेको छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैङ्क सञ्चालन जनाएको छ ।
सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरिने घोषणा गरिएको थियो । उक्त कार्यक्रमका लागि सात अर्ब पाँच करोड रुपियाँ विनियोजन गरिएको थियो ।
सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ ।
आठ वटा विमानस्थलको स्तरोन्नति गरिने सरकारले घोषणा गरेको छ ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।
सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको सन्देश गाउँ–गाउँमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ ।
इ-कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने भएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका –५, भञ्ज्याङस्थित पञ्चबहादुर चेम्जोङको घरमा आगलागी हुँदा डेढ करोड मूल्य बराबरको क्षति भएको छ ।
सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागु गर्ने घोषणा गरेको छ ।
सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फर्म द हिमालय” कार्यक्रम घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले उत्पादन र रोजगार: समृद्धिको आधार को नारालाई आत्मसात् गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताउनुभएको छ ।
बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा सरकारले गरेको छ ।