सरकारले ट्याक्सीका रूपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ । आज सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि सुनुवाइका लागि पेशी तोकिएको हो ।
मनसुनजन्य विपद्को दृष्टिकोणले अत्यन्तै जोखिम मानिने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रे र फगाम क्षेत्रको प्राविधिकद्वारा स्थलगत निरीक्षण गरिएको छ ।
बालविवाहको अभियोगमा धनकुटामा प्रहरीले एक जोडीलाई विवाह मण्डपबाटै नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषित गरिएको छ । खोप कार्यक्रमअन्तर्गत आधारभूत सूचकले पूर्णता पाएसँगै गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषित गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज (मङ्गलबार) सुनुवाइ हुँदैछ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ ।
नेपाल एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङमा जारी प्रतियोगितामा मंगलबार नेपाल पाकिस्तानसँग नौ रनले पराजित भएको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ ।
पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ ।
डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक वासस्थानमा लगेर छाडेको छ ।
धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको क्षिरेश्वर नपा २ रम दैयाका २५ वर्षीय थुनुवा रोशन यादवलाई नियन्त्रणमा लिएको हो ।