मेची राजमार्गमा पर्ने सदरमुकाम फिदिमको मुख्य सडकसँगैका सहायक सडकहरू कालोपत्रे गरिएको छ । कुल १० करोड रुपियाँको लागतमा समर्पित अस्पतालदेखि चारखम्बेसम्मको एक हजार सात सय मिटर र सहायक सडकको एक हजार छ सय मिटर गरी कुल तीन हजार तीन सय मिटर सडक कालोपत्रे गरिएको हो ।
सामुदायिक विद्यालयको वातावरणलाई हरियाली बनाएर विद्यार्थी र अभिभावकको आकर्षण बढाउने उद्देश्यले दोलखामा हरित विद्यालय कार्यक्रम कार्यान्वयन गर्न थालिएको छ। सामुदायिक विद्यालयमा सौन्दर्य बढाउन र वातावरण संरक्षणका लागि हरित विद्यालय कार्यक्रम अन्तर्गत ‘एक विद्यालय एक हरित पार्क’ कार्यक्रम अनुसार बाल उद्यान निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो।
दोलखाको भीमेश्वर नगरपालिका–२ को सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्धनका लागि ‘रक क्लाइम्बिङ’ सुरु गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्रिँदा यस क्षेत्रको आर्थिक समृद्धि र विकासमा सहयोग पुग्ने भएकाले ‘रक क्लाइम्बिङ’ सुरु गरिएको सोक्ला पर्यटन विकास समाजका अध्यक्ष अर्जुन पाख्रिनले बताउनुभयो।
बागमती प्रदेश सरकारले प्रदेशभित्र आश्रममा रहेका र सीमान्तकृत समुदायका सबै व्यक्तिलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने भएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले यो समूहको स्वास्थ्य बिमा गर्ने गरी काम अगाडि बढाएको हो। ज्येष्ठ नागरिक, अनाथ, बालगृहलगायतका आश्रममा रहेकाको पहिचान गरी स्वास्थ्य बिमाबापत लाग्ने खर्च प्रदेश सरकारले नै बेहोर्ने भएको हो। बागमती प्रदेशभित्रका कतिपय स्थानीय तहले विभिन्न मापदण्ड बनाएर स्थानीय तहभित्रका नागरिकको स्वास्थ्य बिमा गरिदिँदै आएका छन्।
चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन केन्द्रमा २० वटा बच्चालाई प्रयोगशालामा राखेर जन्माएको छ। अहिले प्रजनन केन्द्रमा रहेका भालेको स्वास्थ्य राम्रो नभएपछि २० वटा अन्डालाई प्रयोगशालाको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो। प्रजनन केन्द्रमा रहेको र नदीबाट ल्याएको गरी दुईवटा भाले भए पनि स्वास्थ्य राम्रो नरहेका कारण प्रजनन क्षमता कमजोर भएकाले प्रयोगशालाको भर पर्नु परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताउनुभयो ।
पोखराको घार्मी वरपरका रमणीय दृश्यलाई समेट्दै छायाङ्कन भइरहेको सिरियल ‘कर्कले मामाको चौतारी’ को ट्रेलर सार्वजनिक भएको छ । सिरियलमा वासुदेव पोखरेलको लेखन तथा निर्देशन छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिसिरियलमार्फत निर्देशक वासुदेव आठ वर्षपछि फर्कनुभएको हो । सिरियल घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गर्नुभएको हो ।
मण्डला थिएटरमा असार पहिलो सातादेखि एकै पटक दुई वटा नाटक प्रदर्शनमा आउने भएका छन् । असार ७ गतेदेखि नाटक ‘कोराघाट’ र सोही स्थानको ठुलो प्रेक्षालयमा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’ नियमित प्रदर्शनमा आउने भएका हुन् । नाटक कोराघाटलाई रङ्गकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गर्दै हुनुहुन्छ । कुमार नगरकोटीको कथा
निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ ले मुख्य अभिनेतृको खोजी गरिरहेको छ । चलचित्र निर्देशक सम्राट् बस्नेतले डिजिटल अडिसनमार्फत उपयुक्त अभिनेतृको खोजी गरिरहेको बताउनुभएको छ । अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो आगामी असार ७ गतेसम्म पठाउनुपर्ने निर्देशक बस्नेतले जनाउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू) को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
रामेछापको सदरमुकाम मन्थली र सुनापति गाउँपालिका–४, बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकासँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती जडान गरेको जनाएको छ । बत्ती राखेपछि रातिको समयमा ती क्षेत्र झिलिमिली बनेका छन् ।
भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक टिभिएस मोटर कम्पनीले उत्पादन गर्ने एन्टर्क स्कुटरमा नेपाली टायर प्रयोग हुन थालेको छ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टिभिएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको हो । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरिकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहज तरिकाले प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने तथा अहिले बिव्रmीपछिको सेवाका लागि आवश्यक टायरका रूपमा यो टायर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
एनसेलको स्वामित्व खरिदबिक्रीमा नेपाल सरकारले निर्धारण गरेको पुँजीगत लाभकरविरुद्ध अन्तर्राष्ट्रिय न्यायाधिकरणमा गरेको दाबी खारेज भएको कम्पनीले पुष्टि गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आइसिएसआइडी) मा दर्ता गराएको दाबी यही जेठ २६ गते खारेज गर्ने निर्णय गरेको उल्लेख गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यस पटकको भारत भ्रमणका क्रममा भौतिक पूर्वाधारका क्षेत्रमा भएका समझदारी सफल, उपलब्धिमूलक र परिणाममुखी मानिएको छ । भ्रमण दलमा सँगै जानुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भ्रमणका क्रममा पूर्वाधार, पारवहन, ऊर्जालगायतका क्षेत्रमा विभिन्न सम्झौता र सहमति भएको बताउनुभयो । सहमति कार्यान्वयनका विषयमा मन्त्रालयका कार्ययोजना के कस्ता छन्, साँच्चिकै भौतिक पूर्वाधार क्षेत्रले अब फड्को मार्ला त भन्ने विषयमा केन्द्रित रहेर मन्त्री ज्वालासँग गोरखापत्रका भउचप्रसाद यादवले गरेको कुराकानी :
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरेको छ तर यही बेला यस वर्षको मनसुनबाट करिब साढे १२ लाख मानिस प्रभावित हुने अनुमानसमेत गरिएको छ। गृह मन्त्रालयमा आइतबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा दिइएको जानकारी अनुसार मनसुनबाट प्रभावित हुन सक्ने जनसङ्ख्या १२ लाख ५४ हजार १८१ छ। यसमा दुई लाख ८६ हजार ९९८ घरधुरी रहन सक्ने छन्। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस पटक भित्रिन लागेको मनसुनका समयमा हुने विपत् जोखिमको प्रभावकारी प्रतिकार्यका लागि सबै सुरक्षा