• १३ साउन २०८१, आइतबार

मण्डला थिएटरमा दुई नाटक

blog

काठमाडौँ, जेठ ३० गते । मण्डला थिएटरमा असार पहिलो सातादेखि एकै पटक दुई वटा नाटक प्रदर्शनमा आउने भएका छन् । असार ७ गतेदेखि नाटक ‘कोराघाट’ र सोही स्थानको ठुलो प्रेक्षालयमा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’ नियमित प्रदर्शनमा आउने भएका हुन् । 

नाटक कोराघाटलाई रङ्गकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गर्दै हुनुहुन्छ । कुमार नगरकोटीको कथा ‘कोराघाटका किरियापुत्रीहरू’ मा आधारित रहेको छ ।  नाटक असारको २१ गतेसम्म हरेक साँझ ४ बजे मञ्चन हुने छ । नाटक मण्डलाले नियमित रूपमा सञ्चालन गर्दै आएको थिएटर ल्याबका एघारौँ ब्याचका प्रशिक्षार्थीलाई लिएर नाटक तयार पारिएको जनाइएको छ ।

त्यसै गरी नाटक ‘हिउँभन्दा चिसो’ लाई साइकोलोजिकल थ्रिलरको कथा भएको बताइएको छ । यस नाटकमार्फत पुराना रङ्गकर्मी तथा चलचित्र कलाकार भोलाराज सापकोटालाई फेरि एक पटक मञ्चमा देख्न पाइने छ । नाटकमा सापकोटासँगै कलाकारद्वय रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न पाइने छ । नाटकलाई सोमनाथ खनालले निर्देशन गर्दै हुनुहुन्छ ।