सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगरेको भन्दै कारण देखाउन आदेश दिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र युरोपियन युनियन (ईयू) प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेजबीच शिष्टाचार भेट भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै हुनुहुन्छ।
यता जेठ २८ गतेदेखी लगातार पानी पर्न थालेपछी किसानले हिउँदे धान रोप्न सुरु गरेका हुन् ।
दोलखाको कालिन्चोक गाउँपालिका – ४ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सो भवनको उद्घाटन गर्नुभएको हो ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु नहुने बताउनुभएको छ।
नेपाल संस्कृत विश्वविद्यालयको स्थापना योगी नरहरिनाथले चिम्टा गाडेर सुरुवात गर्नुभएको थियो । हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्मे हुन्थ्यो संस्कृत विश्वविद्यालय परिसर, केही महिनाअघि मात्रै राष्ट्रपति आउँदा विश्वविद्यालयको केन्द्रीय कार्यालयभित्र पुग्ने सडकका खाल्डाखुल्डी सम्म्याउने काम भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सामान्य स्वास्थ्य परीक्षणमाका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जानुभएको छ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मङ्गलबार मन्त्रिपरिषद्को नियमित बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिनुभयो ।
मधुपर्क सम्मान-२०८० बाट वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ कथाकार पुष्कर लोहोनी र छन्द कवि प्रभा भट्टराई आचार्य पुरस्कृत तथा सम्मानित हुनुभएको छ।
यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज (मङ्गलबार) पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।
पहिलो पटक वालिङमा देखिएको ठेउला जिल्लाका वालिङ, पुतलीबजार, कालीगण्डकी, चापाकोट लगायतका पालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालमा समेत ठेउलाका ६ विरामी उपचारका क्रममा रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।
घर–घरमै शुद्ध पानीको धारा छ । दैलो अगाडिको राष्ट्रिय राजमार्गमा बस गुड्न थालेको पाँच वर्ष भइसक्यो । गाउँमै पालिका अस्पताल निर्माण भइरहेको छ । गाउँभरमा व्यावसायिक कागती खेतीको लहरै आएको छ ।
“पसलमा राखिएका हस्तकलाका सामग्रीहरू बिक्री नभएको २० दिन बितेको छ”, लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भन्नुहुन्छ, “वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।”