आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।
बर्खे खेती गर्ने समय नजिकिँदै गर्दा घोराही उपमहानगरपालिका–१६, बयरबटुवा निवासी किसान हरिराम चौधरीलाई खेत र नालामा अड्किएको फोहोर सङ्कलन गर्नुपर्ने बाध्यता छ। घोराही बजारबाट कुलोमा फालिएको फोहोर बग्दै खेतबारी प्लास्टिक तथा सिसाजन्य फोहोरले भरिने भएकाले खेती गर्नुभन्दा पहिले बर्सेनि किसानलाई खेतमा भएको फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौती थपिने गरेको हो।
दाङको कोइलाबासमा पानीको हाहाकार हुन थालेपछि दमकलबाट पानी पु-याउन थालिएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र कोइलाबासमा नेपालको तर्फबाट भातीय सुरक्षाकर्मीलाई विद्युत् दिने र भारतीय पक्षले नेपालीलाई पानी उपलब्ध गराउँदै आएको भए पनि पानीको स्रोत सुकेपछि नेपालतर्फ पानीका लागि हाहाकार भएको हो। पानीको अभाव भएपछि गढवा गाउँपालिकाले दमकलबाट पानी पु-याउन थालेको छ। गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलाबास पालिकाको केन्द्र गढवाबाट २८ किलोमिटर दुरीमा पर्छ। गत महिनाबाट नियमित रूपमा कोइलाबासमा दमकलबाट पानी पठाउन थालिएको हो।
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको अन्तिम तयारीमा जुटेको छ। प्रदेश सरकारले आगामी आवका लागि यही असार १ गते ल्याइने बजेटमा सरकारले सञ्चालन गर्ने कार्यक्रम र योजनाको सीमा निर्धारण र चालुतर्फको फजुल खर्च कटौती गर्दै मितव्ययिता अपनाउने जनाएको छ।
पशु अधिकारको बहस उठ्दै आए पनि राँगाभैँसी सवारीसाधनबाट मापदण्डविपरीत ओसारपसार हुन छाडेको छैन। तराईका विभिन्न स्थानबाट काठमाडौँ लैजाने राँगाभैँसी ओसार्दा सामान्य मापदण्ड पनि पूरा नगर्ने गरेको पाइएको हो। ट्रकमा लैजाँदा नाकमा डोरीले बाँधेर राख्ने, पुच्छरमा डोरीले बाँधेर लैजाँदा काटिने, रगत चुहिने र साँघुरो ठाउँमा राखेर धेरै सङ्ख्यामा लैजाँदा त्यहीँ निसास्सिएर मर्ने जस्ता घटना हुने गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख खाद्यबाली धान, मकै र गहुँका लागि स्थान विशेष मलखाद प्रविधि सार्वजनिक गरेको छ । राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले तयार पारेको सो प्रविधि कृषिमन्त्री डा. वेदुराम भुसालले सार्वजनिक गर्नुभएको हो । नयाँ मलखादको सिफारिस गर्दा माटोको उर्वरताको अवस्था, सिँचाइको उपलब्धता र बाली उत्पादनको सम्भावनालाई ध्यान राखिएको छ । राष्ट्रिय कृषि अनुसन्धान प्रणालीमा संलग्न माटो वैज्ञानिकहरूले विभिन्न छलफल तथा अनुसन्धानबाट सो प्रविधि तयार गरिएको केन्द्रका प्रमुख शिवप्रसाद विष्टले बताउनुभयो ।
हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड सञ्चालनमा नेपाली सेनाले चासो देखाएको छ । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको सो कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योगभित्रको आन्तरिक समस्यासँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि तत्कालीन सरकार २०५७ फागुन १ गतेबाट उद्योग बन्द गर्ने निर्णयमा पुगेको थियो ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्ती र मन्दिरमा जाने खानेपानीको पाइपबाट स्थानीय पञ्चेश्वर स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द गरिएको छ । आकासे पानीको भरमा चलेको उक्त स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको छ । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य
वित्तीय उत्तरदायित्वको अन्तिम मूल्याङ्कनकर्ता सर्वोच्च लेखा परीक्षण निकाय र संसद् भए पनि उत्तरदायित्वको आधार सिर्जना गर्ने काम व्यवस्थापन (कार्यकारिणी) को हो । व्यवस्थापनले सङ्कलित राजस्व, विनियोजित रकम र सार्वजनिक सम्पत्तिको तथ्यगत हिसाब राख्ने, विश्लेषण गर्ने र हिसाब बुझाउने काम गर्दछ । आर्थिक कारोबारलाई व्यवस्थित, स्वच्छ र शुद्ध बनाई सोको विवरण र प्रतिवेदन महालेखा परीक्षक (र यसमार्फत संसद्) लाई बुझाउने र आफूबाट सम्पादित वित्तीय कारोबारको स्पष्ट परीक्ष
विश्वमै इन्टरनेट सुविधा सुलभ हुनुअघि मूलधारका पत्रिका, रेडियो र टेलिभिजन मात्र सूचना वा समाचारका प्रमुख स्रोत थिए । मूलधारका मिडियामा आमपाठकका प्रतिक्रिया र विचारहरू सम्पादनपछि प्रस्तुत हुन्थे तर प्रविधिको विकाससँगै समग्र पत्रकारितामै आमूल परिवर्तन जारी छ । आमनागरिकको सञ्चार माध्यममा सक्रिय सहभागिता, योगदान अर्थात् नागरिक पत्रकारिता अचेल विकसित भइरहेको नयाँ आयाम हो । नागरिक पत्रकारिताबारे बुझ्न हामी विगतका केही घटना केलाऔँ ।
१. विसं २०८० जेठ २७ मा सम्पन्न ‘सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन’ को उपाधि जित्ने क्लब कुन हो ? चर्च ब्वाइज युनाइटेड (उपविजेता : मच्छिन्द्र फुटबल क्लब) – चर्च ब्वाइज ‘ए’ डिभिजन लिगको पहिलो सहभागितामा नै लिग च्याम्पियन हुन सफल भएको । गत वर्ष ‘बी’ डिभिजन लिग च्याम्पियन भएर चर्च ब्वाइजले यस पटक पहिलो पल्ट घरेलु शीर्ष लिग खेलेको थियो ।
नेपालको वित्तीय प्रणाली १. नेपालको वित्तीय प्रणालीको संरचनाबारे चर्चा गर्दै वित्तीय क्षेत्र विकासका लागि के कस्ता विषयमा ध्यान दिनुपर्ला, आफ्नो विचार प्रस्तुत गर्नुहोस् । अर्थतन्त्रमा पुँजीको माग, आपूर्ति, पहुँच, कारोबार, भुक्तानीलगायतका वित्तीय कामकारबाहीसँग सम्बन्धित नीतिगत, कानुनी एवं संस्थागत संरचनाको समग्रतालाई वित्तीय प्रणालीका रूपमा बुझिन्छ । मुलुकभित्र उपलब्ध सीमित पुँजीलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गरी आर्थिक वृद्धि र विकासलाई गति दिन सुदृढ वित्तीय प्रणालीको महìवपूर्ण भूमिका रहन्छ । नेपालको वित्तीय प्रणालीको संरचनालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : – नेपालको वित्तीय प्रणालीमा बैङ्किङ, बिमा, पुँजीबजार, गैरबैङ्किङ वित्तीय क्षेत्र र सहकारी गरी मुख्य पाँच क्षेत्र छन् ।
नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आवाज तथा भाषण कला (भ्वाइस एन्ड स्पिच) कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशालामा वरिष्ठ नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिनुभएको हो । उहाँका साथमा सहायक प्रशिक्षकका रूपमा देव न्यौपाने रहनुभएको थियो ।
सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको दुई प्रतिशत विलासिता कर नलगाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा १० लाखमाथिको सुनचाँदीको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । सुनचाँदी व्यवसायीले मङ्गलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी सो कर फिर्ता गर्न माग गरेका थिए । भेटमा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताउनुभयो । “हामीले हीरा, जवाहरत, पत्थर जस्ता महँगा सुनचाँदीजडित गहनामा दुई प्रतिशत विलासिता कर लगाउने भनेका हौँ । यस्ता वस्तुहरू जडान नगरिएका सुनचाँदीका गरगहनामा कर लगाइँदैन ।”
एभरेस्ट बैङ्कको इटहरीस्थित शाखामा रहेका विभिन्न ग्राहकको खाताबाट डेढ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा पक्राउ आरोपितमध्ये बैङ्ककै एक जना कर्मचारी कारागार चलान भएका छन् । विराटनगर महानगरपालिका–८ घर भई सोही बैङ्कमा अपरेसन मेनेजर पदमा कार्यरत ३४ वर्षीय नीरज प्रधान पुर्पक्षका लागि कारागार चलान भएका हुन् । उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले अपरेसन मेनेजर प्रधानलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।