बाजुराका नौ वटै स्थानीय तहमध्येकै हिमाली गाउँपालिका एक विकट दुर्गमको गाउँपालिका हो। जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको यो गाउँपालिकाको सबै वडामा सधैँ खाद्यान्नको अभाव हुने गर्छ। साउन भदौमा बाढीपहिरो तथा चैत–वैशाखमा पर्ने असिना पानीले यहाँका किसानले लगाएको खेती सखाप पार्ने गरेपछि यो ठाउँमा खाद्यान्न अभाव हुने गरेको छ। यो अवस्थाको अन्त्य गर्न विगतका केही वर्षयता पालिकाले खाद्य सुरक्षासँग वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।
बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
अहिले पोखराको तापक्रमले ३६ डिग्री सेल्सियसको रेकर्ड बनाएको छ। सन् १९७९ जुन ७ मा पोखराको तापक्रम उच्चतम ३५.५ डिग्री थियो। ४४ वर्षपछि शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुग्यो। पोखरेलीलाई गर्मीले हैरानी बनाउँदा भारतीय पर्यटकका लागि भने गर्मी छल्ने गतिलो गन्तव्य बनेको छ।
धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दु तथा बौद्धधर्ममा पवित्र मानिन्छ । वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदैछन् ।
आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ ।
बर्खे खेती गर्ने समय नजिकिँदै गर्दा घोराही उपमहानगरपालिका–१६, बयरबटुवा निवासी किसान हरिराम चौधरीलाई खेत र नालामा अड्किएको फोहोर सङ्कलन गर्नुपर्ने बाध्यता छ। घोराही बजारबाट कुलोमा फालिएको फोहोर बग्दै खेतबारी प्लास्टिक तथा सिसाजन्य फोहोरले भरिने भएकाले खेती गर्नुभन्दा पहिले बर्सेनि किसानलाई खेतमा भएको फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौती थपिने गरेको हो।
दाङको कोइलाबासमा पानीको हाहाकार हुन थालेपछि दमकलबाट पानी पु-याउन थालिएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र कोइलाबासमा नेपालको तर्फबाट भातीय सुरक्षाकर्मीलाई विद्युत् दिने र भारतीय पक्षले नेपालीलाई पानी उपलब्ध गराउँदै आएको भए पनि पानीको स्रोत सुकेपछि नेपालतर्फ पानीका लागि हाहाकार भएको हो। पानीको अभाव भएपछि गढवा गाउँपालिकाले दमकलबाट पानी पु-याउन थालेको छ। गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलाबास पालिकाको केन्द्र गढवाबाट २८ किलोमिटर दुरीमा पर्छ। गत महिनाबाट नियमित रूपमा कोइलाबासमा दमकलबाट पानी पठाउन थालिएको हो।
बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको अन्तिम तयारीमा जुटेको छ। प्रदेश सरकारले आगामी आवका लागि यही असार १ गते ल्याइने बजेटमा सरकारले सञ्चालन गर्ने कार्यक्रम र योजनाको सीमा निर्धारण र चालुतर्फको फजुल खर्च कटौती गर्दै मितव्ययिता अपनाउने जनाएको छ।
पशु अधिकारको बहस उठ्दै आए पनि राँगाभैँसी सवारीसाधनबाट मापदण्डविपरीत ओसारपसार हुन छाडेको छैन। तराईका विभिन्न स्थानबाट काठमाडौँ लैजाने राँगाभैँसी ओसार्दा सामान्य मापदण्ड पनि पूरा नगर्ने गरेको पाइएको हो। ट्रकमा लैजाँदा नाकमा डोरीले बाँधेर राख्ने, पुच्छरमा डोरीले बाँधेर लैजाँदा काटिने, रगत चुहिने र साँघुरो ठाउँमा राखेर धेरै सङ्ख्यामा लैजाँदा त्यहीँ निसास्सिएर मर्ने जस्ता घटना हुने गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख खाद्यबाली धान, मकै र गहुँका लागि स्थान विशेष मलखाद प्रविधि सार्वजनिक गरेको छ । राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले तयार पारेको सो प्रविधि कृषिमन्त्री डा. वेदुराम भुसालले सार्वजनिक गर्नुभएको हो । नयाँ मलखादको सिफारिस गर्दा माटोको उर्वरताको अवस्था, सिँचाइको उपलब्धता र बाली उत्पादनको सम्भावनालाई ध्यान राखिएको छ । राष्ट्रिय कृषि अनुसन्धान प्रणालीमा संलग्न माटो वैज्ञानिकहरूले विभिन्न छलफल तथा अनुसन्धानबाट सो प्रविधि तयार गरिएको केन्द्रका प्रमुख शिवप्रसाद विष्टले बताउनुभयो ।
हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड सञ्चालनमा नेपाली सेनाले चासो देखाएको छ । दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको सो कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको सो उद्योगभित्रको आन्तरिक समस्यासँगै आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटामा गएपछि तत्कालीन सरकार २०५७ फागुन १ गतेबाट उद्योग बन्द गर्ने निर्णयमा पुगेको थियो ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–१, सल्ला बस्ती र मन्दिरमा जाने खानेपानीको पाइपबाट स्थानीय पञ्चेश्वर स्वास्थ्य चौकीले पानी भर्न नपाउँदा प्रसूति सेवा बन्द गरिएको छ । आकासे पानीको भरमा चलेको उक्त स्वास्थ्य चौकीले पानी सकिएको भन्दै आइतबारदेखि प्रसूति सेवा बन्द गरेको छ । दलित र सुत्केरी महिलामाथि विभेद गर्ने कुप्रचलनका कारण स्वास्थ्य
वित्तीय उत्तरदायित्वको अन्तिम मूल्याङ्कनकर्ता सर्वोच्च लेखा परीक्षण निकाय र संसद् भए पनि उत्तरदायित्वको आधार सिर्जना गर्ने काम व्यवस्थापन (कार्यकारिणी) को हो । व्यवस्थापनले सङ्कलित राजस्व, विनियोजित रकम र सार्वजनिक सम्पत्तिको तथ्यगत हिसाब राख्ने, विश्लेषण गर्ने र हिसाब बुझाउने काम गर्दछ । आर्थिक कारोबारलाई व्यवस्थित, स्वच्छ र शुद्ध बनाई सोको विवरण र प्रतिवेदन महालेखा परीक्षक (र यसमार्फत संसद्) लाई बुझाउने र आफूबाट सम्पादित वित्तीय कारोबारको स्पष्ट परीक्ष