हेटौँडा उपमहानगरपालिका–५ स्थित सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको जग्गा अतिक्रमणमा परेको छ। क्लब र केही व्यक्तिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमातहतको केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौंदेखि अतिक्रमण गरी कब्जा जमाएर भोगचलन गर्दै आएको पाइएको हो।
ज्यान मुद्दामा कैद सजाय तोकिएर फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
गायक शिव परियारको स्वरमा नयाँ गीत ‘धोका’ सार्वजनिक भएको छ । साहित्यकार नारद पोखरेलको शब्द रचना रहेको गीतको सङ्गीत सङ्केत अगस्तीले गर्नुभएको छ भने एरेन्ज हृदम कँडेल र मिक्सिङ महेश्वरमान राजभण्डारीले गर्नुभएको हो । स्टुडियो साउन्डमिल गौरीघाटमा रेकर्डिङ गरिएको म्युजिक भिडियोमा नायक तथा मोडल आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको छ । गीतमा माया प्रेममा देखिएको विकृतिलाई उजागर गर्दै अनुशासनमा गरिने माया प्रेमले मात्र सार्थक परिणाम दिन सक्छ भन्ने सन्देश दिन
बाँकेको थारू समुदायको बाहुल्य भएका गाउँबस्तीमा समुदायको संस्कृति र पहिचान जोगाउन तथा चिनाउनका लागि अधिकांश घरको भित्तामा जङ्गली जनावरका चित्र कोरिएका छन् । बाँके कोहलपुर मैटहवाका दीपेन्द्र चौधरीले आधुनिक सभ्यताका कारण हराउँदै गएको थारू संस्कृति र पहिचानको संरक्षणका लागि थारूका घरका भित्तामा जनावरका चित्र तथा थारू संस्कृति झल्कने चित्र कोरिएको बताउनुभयो । घरका भित्तामा चित्र कोरिनाले कला र संस्कृतिको संरक्षण हुनुका साथै बाहिरबाट आएका आगन्तुकलाई थारूको घर चिनाउन सहज भएको उहाँको भनाइ छ ।
वर्षौंदेखि पुल अभावले आउजाउमा समस्या भोगिरहेका सिन्धुपाल्चोकका दुर्गम क्षेत्रका स्थानीयलाई झोलुङ्गे पुल निर्माण भएपछि आवागमन सहज भएको छ। बाह्रबिसे नगरपालिका–९, राम्चेको चुल्ठी र घुँडे जोड्ने ३४९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएको छ। बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले उक्त झोलुङ्गे पुल निर्माण हुँदा हिमाली क्षेत्रका स्थानीयलाई सहज भएको बताउनुभयो।
मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आउन लागेको नेपाल वायु सेवा निगमको जहाज उडान समयभन्दा १० घण्टा डिले भएको विषयमा नेपाल वायु सेवा निगमले छानबिन समिति गठन गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले कलसाइन ९ एन एकेडब्लु न्यारोबडी (ए ३२०) जहाज मङ्गलबार बिहान उडान गर्नुअघि निरीक्षणका क्रममा ककपिटमा हुने सिलिन्डरमा अक्सिजनको (क्रु अक्सिजन) प्रेसर कम देखिएपछि के कस्तो कारणले यो समस्या आएको हो सो पत्ता लगाउन छानबिन समिति गठन गरिएको बताउनुभयो ।
१. सय वर्षका लागि गोरखापत्रको अग्रिम ग्राहक बनी कीर्तिमानी रेकर्ड राख्ने संस्था कुन हो ? बसुन्धरा–मान प्रतिष्ठान गोरखापत्र संस्थानको इतिहासमा प्रतिष्ठान पहिलो शताब्दी ग्राहक बन्न सफल भएको छ। प्रतिष्ठानद्वारा एक सय वर्षका लागि ग्राहक बनेबापतको रकम विसं २०८० असार २९ मा संस्थानलाई भुक्तानी गरिएको हो। आगामी एक सय वर्ष अर्थात् २१८० साल असार २९ गते
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विकास खर्च नहुने समस्याहरु समाधानका लागि सबै क्षेत्र सहभागि भई छलफल र बहस गर्नुपर्ने धारणा औंल्याउनुभयो ।
कानुनद्वारा परिभाषित बैङ्किङ कसुर १. बैङ्किङ कसुर भन्नाले के बुझ्नुहुन्छ ? नेपालको प्रचलित कानुनद्वारा परिभाषित प्रमुख बैङ्किङ कसुरहरू उल्लेख गर्नुहोस्। बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुने गैरकानुनी कार्यलाई बैङ्किङ कसुर भनिन्छ। यस्ता गैरकानुनी कार्यबाट व्यक्ति, सङ्गठन र सिङ्गो वित्तीय प्रणालीलाई नोक्सानी पुग्ने भएकाले कानुनबाट कसुर परिभाषित गरी सजायको व्यवस्था गरिएको पाइन्छ। नेपालको प्रचलित कानुनले बैङ्किङ कसुरजन्य मुद्दालाई नेपाल सरकारवादी हुने फौजदारी मुद्दाका रूपमा स्वीकार गरेको छ।
सरकारले दुई वर्षका लागि कालीमाटी र बालाजु तरकारी बजारका पसलहरूको दुईवर्षे नवीकरण गर्ने निर्णय गरेसँगै कृषि अभियन्ताले विरोध गरेका छन् । कृषि अभियन्ताले कालीमाटी र बालाजु तरकारी बजारका पसल पुनः भाडामा लगाउने विवादास्पद सम्झौता खारेजीको माग गर्दै विरोध गरेका हुन् । कालीमाटी बजार समिति बोर्डले कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालको सहमतिमा गएको मङ्गलबार दुई वर्षका लागि पुनः सम्झौताको नवीकरण गर्ने निर्णय गरेको थियो । कृषि अभियन्ताले प्रतिस्पर्धाबाट किसान, कृषि सहकारी र कृषि व्यवसायीलाई भाडामा लगाउनुपर्ने पसल सरकारले कानुनी व्यवस्थाविपरीत पुरानै व्यवसायीलाई दिएको भन्दै विरोध गर्दै आएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको हो । भर्खर मात्र भारतसँग दश हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको निधनको शोकमा सबैको साथ र सद्भावले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शोकको यो घडीमा यहाँहरूको साथ, समवेदना र सद्भावले हामीलाई पीडाबाट निस्कन मात्र मद्दत गरेको छैन, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस पनि गराएको छ ।”
भेरी–१ मा लगानी गर्न गेजुवा तयार रहेको छ । कर्णाली प्रदेशमा २७० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । जाजरकोट र रुकुमको सिमानामा प्रस्तावित अर्धजलाशययुक्त भेरी–१ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ निर्माण कम्पनी गेजुवा ग्रुपले उत्पादन अनुमति मागेको हो । उक्त कम्पनीले यसअघि आयोजनाको अध्ययन गरिसकेको छ । २०७५ साल जेठ १५ गते विद्युत् विकास विभागबाट गेजुवा ग्रुप पावर इन्भेस्टमेन्ट प्रालिले सर्भे अनुमति पाएको थियो । पाँच वर्ष लगाएर जलविद्युत् आयोजना निर्माणका लागि अध्ययनको काम सम्पन्न भइसकेको छ । अध्ययनले २७० मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएको छ ।
वडा कार्यालयमा छाडेको नागरिकताको दुरुपयोग गर्दै वडाध्यक्षले नक्कली छोरीको नागरिकता बनाउन सिफारिस गरेको पाइएको छ। काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिका–१ का दम्पतीले आफूहरू बुवाआमा भनेर उल्लेख गरी जारी भएको नागरिकताको खारेजी माग राख्दै जिल्ला प्रशासन कार्यालय काभ्रेमा जाहेरी दिएका छन्। वंशजकै आधारमा आफ्नो हुँदै नभएको छोरीको नाममा नागरिकता बनेको सुनेपछि उनीहरू सहयोग खोज्दै प्रशासनमा आइपुगेका हुन्।
सरकारले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूमा ‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा ल्याएको छ । यससँगै ग्राहकलाई लिन मन नलागेको विदेशी च्यानललाई पनि शुल्क तिर्नुपर्ने बाध्यात्मक व्यवस्था अन्त्य भएको छ । आला कार्ट प्रणालीमा विदेशी वा स्वदेशी जुन च्यानल आफूलाई हेर्न मन लाग्छ त्यसैको मात्रै पैसा तिर्नुपर्ने सुविधा हुन्छ । सरकारले लामो समयदेखि आला कार्ट प्रणाली कार्यान्वयन ल्याउन खोजेको थियो तर खास गरी भारतीय च्यानलका सम्बन्धमा वितरकबाट असहयोग हुँदा कार्यान्वयनमा आउन सकेको थिएन । सरकारको अडानका कारण सोमबारदेखि भने पूर्ण रूपमा कार्यान्वयनमा आएको हो ।