मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहमा गठन हुनुपर्ने मानव अधिकार समन्वय समिति गठनमा लापरबाही भएको छ। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये केहीमा गठन भएको छ। केहीमा अझै गठन हुन सकेको छैन। मानव अधिकार जिल्ला समन्वय समितिको बैठकमा स्थानीय तहमा गठन हुनुपर्ने मानव अधिकार समिति गठनमा लापरबाही भएको विषयमा छलफल भएको थियो। स्थानीय तहमा पालिका प्रमुख वा अध्यक्षको संयोजकत्वमा समिति गठन हुनुपर्ने प्रावधान छ। वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिकालगायतमा समिति गठन भएको छ। चिङ्गाड गाउँपालिकामा गठन भएको छैन। समिति गठन गरी वर्षमा दुई पटक बैठक बसेर पालिकाको मानव अधिकारको अवस्था बुझी तथ्याङ्क राखेर प्रदेश तथा जिल्ला समितिलाई प्रतिवेदन पठाउनुपर्ने प्रावधान छ तर सुर्खेतमा गठन भएका पालिकाबाट प्रतिवेदनसमेत आउन नसकेको बताइएको छ। जिल्लास्तरीय मानव अधिकार समन्वय समितिका सदस्यसचिव एवं जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटाका अनुसार माघ महिनामा सबै पालिकामा स्थानीय मानव अधिकार समवन्य समिति गठन गरी बैठक बसेर प्रतिवेदन पठाउन निर्देशन गरिएको थियो। तथापि असारसम्म प्रतिवेदन आउन सकेको छैन।
वैदेशिक रोजगारीमा गएर फर्केका पुरुषहरूले श्रीमतीले पैसा लिएर अरूसँग भागेको भन्दै उजुरी गर्न थाले पनि राम बहादुर जस्ता पुरुष अझै पनि खुलेर बोल्न सकेका छैनन् ।
बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने बा.न.पा १२ मा एउटा सहेला गाउँका स्थानीय व्यावसायिक कागती खेतीमा जुटेका छन्। गाउँका ५५ जना सर्वसाधारण मिलेर करिब साढे दुई सय रोपनी भिरालो जग्गामा खेती सुरु गरेका हुन्। यहाँ चार हजार दुई सय कागतीका बेर्ना रोपिएका छन्। कागती खेतीबाट वार्षिक एक करोडसम्म कमाउने लक्ष्य राखिएको छ । रोपिएका बेर्नामध्ये एक हजार कलमी बिरुवा छन् भने बाँकी बिजु बिरुवा हुन्। रोपेको तीन वर्षमा कागतीका बोटमा यतिखेर फूल लाग्दै गरेको देखिन्छ। कागती खेती गर्नु पहिले उक्त क्षेत्रको अधिकांश जग्गामा धान खेती गर्ने गरिएको थियो। युवाको विदेश पलायनले जग्गा बाँझो रहन थालेको थियो।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीको लामो चर्चा हुने गरेको भए पनि लुम्बिनी गुरुयोजना अनुसारको काम हालसम्म पनि पूरा हुन सकेको छैन। लुम्बिनी विकासको परिकल्पनाकार जापानी प्राध्यापक कान्जो टाँगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेका थिए। छ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो। गुरुयोजना हस्तान्तरण भएको ४५ वर्ष पुगेको छ तर गुरुयोजनाको काम पूरा भएको छैन। गुरुयोजनाको ८६ प्रतिशत काम सकिएको विकास कोषका पदाधिकारीको दाबी छ तर पदाधिकारीको दाबीलाई पुरातत्वविद्हरूले स्वीकारेका छैनन्।
अघिल्लो पुस्ताको दैनिक जीवनलाई सहज बनाउने गरी प्रयोगमा ल्याइएका घरेलु साधनहरू लोप हुन थालेका छन्। यसरी लोप भएको साधनमा दुई/तीन दशकअघिसम्म यहाँको जनजीवनमा प्रयोगमा आउँदै गरेको तेल पेल्ने घरेलु मेसिन (कोल) लोप भएको हो। तेल पेल्न प्रयोग गरिएका ढुङ्गा र काठको कोल लोप भएको पाल्पाका स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। पहिले तेल पेल्न प्रयोगमा आएका ढुङ्गा र काठका कोल लोप भएको माथागढी–३, भैसकट्ठाका स्थानीय बासिन्दा रनबहादुर घर्तीमगरले बताउनुभयो।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
आर्थिक वर्षको अन्तिममा निकै भिडभाड देखिएको स्थानीय तहका कार्यालय अहिले भने सुनसान बनेका छन्। नयाँ आव सुरु भएसँगै पालिकाका केन्द्र सुनसान बनेका हुन्। विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी लिनका लागि आवको अन्तिममा यहाँको २० वटै पालिका कार्यालयमा भिडभाड थियो। नयाँ आव सुरु भएपछि भने प्रत्येक पालिका कार्यालय सुनसान बनेको कर्मचारीले बताएका छन्। असार ३१ गते आव २०७९/८० समाप्त भई साउन १ गतेबाट नयाँ आव २०८०/८१ सुरु भएको छ।
भोजपुरको हतुवागढी गाउँपालिकाका जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ। प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो ।
म्याग्दीको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि जुनियर डिभिजन तालिम सुरु गरिएको छ ।
पारिवारिक झगडा र वैदेशिक रोजगारका क्रममा श्रीमान् श्रीमती अलगअलग बस्नुपर्ने बाध्यताका कारण उदयपुरमा हरेक वर्ष सम्बन्धविच्छेदका घटना बढ्दै गएको पाइएको छ। गत आर्थिक वर्षमा उदयपुर जिल्ला अदालतबाट भएका न्याय सम्पादनका विषयमा आयोजित पत्रकारसँगको भेटघाटमा ४५५ वटा सम्बन्धविच्छेदको मुद्दा रहेको अदालतले जनाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।
नेपालको समसामयिक राजनीति गत हप्ता निकै गर्मागर्मी अवस्थामा रह्यो। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षले संसद् अवरुद्ध गर्दै राजीनामासमेत माग्यो। संसद् अवरुद्ध गरेर प्रधानमन्त्रीको राजीनामा माग गरेको प्रतिपक्षले संसदीय मर्यादा र प्रतिपक्षको भूमिकामा भने चुक्यो। राष्ट्रिय राजनीति र सत्ता साझेदारीको जोडघटाउमा तलमाथि भएपछि संसद् अवरुद्ध गरेर आफ्ना मागको सम्बोधन गर्ने तरिका नेकपा एमालेको नौलो होइन। यहाँ बहस यो बिन्दुमा केन्द्रित छ कि जननिर्वाचित सर्वोच्च अङ्ग संसद् अवरुद्ध गरेर संसदीय मर्यादाको वकालत गर्ने नैतिकता चाहिँ प्रतिपक्षलाई कहाँबाट प्राप्त हुन्छ। सङ्घीय संसद्को बैठक च
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्नुहुँदै छ ।
‘शारीरिक, मानसिक तथा सामाजिक तवरले स्वस्थ रहनु’ भनेर विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यको परिभाषा गरेको छ। शारीरिक स्वास्थ्यबारे जताततै कुरा गरिए पनि मानसिक स्वास्थ्यको बारेमा त्यति साह्रो चर्चा हुने गरेको पाइँदैन। त्यसमा पनि ज्येष्ठ नागरिकको मनोविज्ञानको कुरा त धेरै परको विषयको रूपमा हेर्ने गरिन्छ। मनोविज्ञानका विभिन्न शाखामध्ये ज्येष्ठ नागरिक मनोविज्ञान अर्थात् ‘जेरो साइकोलोजी’ पनि मनोविज्ञानको एक शाखा हो, जसले वृद्धवृद्धा तथा वयस्कको मानसिक अवस्था तथा समस्या (चिन्ता, उदासीनता, डर, अनिद्रा आदि) को मनोवैज्ञानिक पद्धतिद्वारा समाधान गर्न मद्दत गर्छ।