निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा सेवा लिने विरामीहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । अस्पतालको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक लाख ८० हजार ४३२ ले अस्पतालबाट विभिन्न खालको सेवा लिएका छन् ।
सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आए पनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो ।
मेरो बिहेको दिन बेलुका ओछ्यानमा एक्लै बसिरहेकी थिएँ । ढोका विस्तारै खोलेर मेरो श्रीमान् कोठामा पसे । ढोकाको चक्कुल विस्तारै लगाए । विस्तारै ओछ्यानमा आए र हात अघि बढाउँदै भने “म तिम्रो गाला छुन सक्छु” । मैले उनको हात समातेँ र मेरा गालासम्म पु¥याएँ । उनले मेरो गाला छामे र मलाई सोधे तिमी कस्ती छौ ? मैले उत्तर दिएँ “म एकदमै राम्री छु” । तर म राम्री छैन । मैले उनलाई ढाँटेँ । विवाह अघि हामीले एकअर्कासँग नभेटीकनै बिहे भयो । मेरो भट्ने इच्छा नै भएन र सायद उनको पनि । भनिन्छ श्रीमान् श्रीमतीमा केही कुरा पनि ढाँट्नु हुँदैन । सबै कुरा खुलस्त भयो भने दाम्पत्य जीवन सहजसँग बित्छ । जब शङ्काको सानो ठाउँ रह्यो भने त्यसले भित्रभित्रै जङ्गलमा डडेलो लागे जस्तो सानो झिल्को
पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो ।
पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।
‘प्रेम अमर रहेछ । प्रेम दुबोजस्तो हुँदोरहेछ । प्रेम चन्द्रमा जस्तो रहेछ र रहेछ प्रेम समुद्र जस्तो । प्रेमले यो उमेर, त्यो उमेर पनि भन्दो रहेनछ । प्रेम अमूल्य रहेछ रे, अमृत रहेछ प्रेम । प्रेमको कुनै नियम हुँदोरहेनछ र प्रेमको कुनै साँध, सिमाना पनि हुँदोरहेनछ । लाग्छ प्रेम नगरिएको जीवन बाँच्नका लागि केवल बाँच्नका लागि सङ्घर्ष गरिरहेको मेसिन ज
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जानुहुने भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
फोटोपत्रकार भरतबन्धु थापाको ‘पञ्चकोशी दैलेख’ तस्बीर पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा थापाले खिच्नु दैलेख जिल्लामा अवस्थित पञ्चकोशी तिर्थ स्थल र दुल्लु नगरपालिकालाई केन्द्रित गरेर दैलेख जिल्ला भित्रका सांस्कृतिक, धार्मिक एवम जीवनशैलीसँग सम्बन्धित तस्वीरहरु संग्रह गरिएको छ ।
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने कार्य सुरु भएको छ । न्यालु लेकको सडकमा जमेको हिउँ र पहिरो मेसिनबाट पन्छाउने कार्य पूरा भएपछि लाप्चाबाट दर्शन कार्य सुरु भएको हो ।
भागेश्वर गाउँपालिका तत्कालीन तीन वटा गाउँ विकास समिति भागेश्वर, रूपाल र बगरकोटलाई मिलाएर बनाइएको हो। २३३.३८ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा जम्मा पाँच वटा वडा छन्। यहाँको जनसङ्ख्या १३ हजार १३२ रहेको छ। २०७९ सालमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसका हेमराज चटौत अध्यक्षमा निर्वाचित हुनुभएको हो। पालिका अध्यक्ष चटौतले २०५४ सालमा तत्कालीन बगरकोट गाविसको उपाध्यक्षसमेत भएर जनसेवाको अनुभव बटुलीसक्नुभएको छ । प्रस्तुत छ, भागेश्वर गाउँपालिका अध्यक्ष ५२ वर्षीय चटौतसँग गोरखापत्रकर्मी पुष्कर भण्डारीले पालिकाको आर्थिक तथा सामाजिक विकास निर्माण र जनसेवाका विषयमा गरेको कुराकानी :
नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने सङ्कटापन्न सूचीमा रहेको सुनौलो तोप चराको सङ्ख्या घटेको छ। पछिल्लो समय गरिएको अनुगमनका क्रममा गत वर्षको तुलनामा कम सुनौलो तोप चरा पाइएको हो। केही दिनअगाडि मात्रै निकुञ्जमा यो प्रजातिका चराको अनुगमन गरिएको थियो। अनुगमन गर्दा गत वर्षको तुलनामा सुनौलो तोप चराको सङ्ख्या र गुँडको सङ्ख्या कम पाइएको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले एकैपटक दुईवटा एम्बुलेन्स खरिद गरेको छ । जिल्लाको दुर्गम तथा विकट क्षेत्र रहेको फक्ताङ्लुङ गाउँपालिकाले सेवाग्राहीको सुविधालाई दृष्टिगत गरी दुईवटा एम्बुलेन्स खरिद गरेको हो ।