नेपाली सेनाको राष्ट्रिय सेवा दलको तालिमका लागि जिल्लास्थित मानसरोवर माध्यमिक विद्यालयका विद्यार्थी छनोट भएका छन् ।
नेपालगन्जमा खेल पदाधिकारीको आन्दोलन स्थगित गरिएको छ । जिल्ला खेलकुद समितिका अध्यक्षलाई अपशब्द प्रयोग गर्ने इन्जिनियरले माफी माग्नुका साथै रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको कामको निरन्तर अनुगमनसहित समन्वय र सहकार्य गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।
मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्त्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ ।
नेपालमा हालसम्म २५ हजार १९५ मुक्त कमैयाको पुनर्स्थापना भएको छ। मुक्त कमैया समाजका अनुसार कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके र दाङ गरी पाँच वटै जिल्लामा गरेर नेपालमा २५ हजारभन्दा बढी मुक्त कमैयाको पुनर्स्थापना गरिएको हो।
अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् ।
साबिक नवलपरासीबाट छुट्टिएपछि २०७६ साल वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कावासोतीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नमुना सदरमुकामको शिलान्यास गर्नुभएको थियो।
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।
मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ ।
पाल्पाका दुई वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जुनियर एनसीसी तालिम सुरु गरिएको छ ।
समाज आधुनिकीकरण तर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले पछिल्लो समयमा शिक्षाको विकास हुँदै गए पनि शैक्षिक तथा मनोवैज्ञानिक चेतनाको कमीले आत्महत्याको दर बढेको बताउनुभयो ।
आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले घाइते, टुहुरा, बाटो बिराइ गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वटा वन्यजन्तुको उद्धार गरिएको जानकारी दिनुभयो ।
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मा एक बालकको मृत्यु भएको छ । शनिबार साँझ ३ वर्षीय बालक आनुन दर्जीको मृत्यु भएको हो । बालकको मृत्यु प्रकरणमा एक जना स्थानीय मेडिकल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत साढे छ सय हेक्टरमा सिँचाइ पुर्याउन सकिने भएको छ ।