गत आर्थिक वर्ष २०७९÷०८० मा रुकुमपूर्वबाट साढे ३७ करोड रुपियाँ बजेट फ्रिज भएको छ । सङ्घीय तथा प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय सरकारमा प्राप्त चालु र पुँजीगत बजेटमध्ये ३७ करोड ५१ लाख १७ हजार एक सय ११ रुपियाँ ७ पैसा खर्च हुन नसकेको हो ।
एक सय वर्षभन्दा अघि बनेको दोलखाको बिगु गाउँपालिका–३ र गौरीशङ्कर गाउँपालिका–८ जोड्ने तामाकोशी नदीको जीर्ण तेल दल्ने जामुने साङ्ले झोलुङ्गे पुल मर्मतपछि प्रयोगमा आएको छ। स्थानीय आचार्यका पुर्खाले १९७३ सालमा र त्यसपछि २००४ सालमा पुनर्निर्माण गरिएको सो पुल मर्मतपछि तेल दलेर सञ्चालनमा आएको छविलाल आचार्यका पनाति अमृतकुमार आचार्यले जानकारी दिनुभयो।
‘खाद्यका लागि कृषि अभियान’ ले देशको खाना र खेतीपाती सपार्न स्थानीय विशेषतामा आधारित दिगो खेती प्रणालीको विकास गर्न सरकारसँग माग गरेको छ । अभियानले एक विज्ञप्ति जारी गरी समग्र खेतीपाती जलवायु परिवर्तन, वातावरणीय ह्रास तथा रासायनिक मलको प्रयोगले सङ्कटग्रस्त हुँदै गइरहेकाले त्यसलाई रोक्न सरकारलाई ध्यानाकर्षण गराएको छ । सामाजिक उद्यमी किसान किसानीबाट घरबार चल्न नसकेर कृषि क्षेत्रबाट पलायन हुँदै गइरहेको उल्लेख गर्दै अभियानले १० लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझो रहेको तर त्यसलाई उपयोगमा ल्याउन सरकार गम्भीर नरहेको आरोप लगाएको छ ।
विकास बैङ्कहरूले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । दिगो विकासको उद्देश्यलाई सहयोग गर्न विभिन्न उत्पादनमूलक क्षेत्रमा ती योजना कार्यान्वयन गरिने डेभलपमेन्ट बैङ्कर्स एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केबुलकार/रोपवे, विद्युतीय सवारीसाधन, फोहोर पानी प्रशोधन गर्ने उद्यमका लागि यस्तो योजना ल्याइएको हो ।
रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् ।
महिला विश्वकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ। अमेरिका पुनः विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा रहेको छ। अमेरिका ह्याट्रिक उपाधिको दाउमा छ। अमेरिकालाई सधैँजसो युरोपका फुटबल शक्ति राष्ट्रहरू र ब्राजिलले चुनौती पेस गर्ने छन्। अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा पहिलो पटक ३२ टिम सहभागी छन्। जसमध्ये धेरै टिमले यी दाबेदार राष्ट्रलाई स्तब्ध पार्ने विश्वास गरिएको छ। यीमध्ये सबभन्दा अगाडि जापानको नाम आउँछ। जापान सन् २०११ को विश्व विजेता पनि हो। सो समय जापानलाई सेमिफाइनलसम्म पुग्ने टिमका रूपमा पनि लिइएको थिएन तर भूकम्प र सुनामीले थलिएको जापान दाबेदार अमेरिकालाई टाइब्रकेरमा स्तब्ध पारेर विश्व च्याम्पियन बन्यो।
तानसेन–७, लामिडाँडामा मकै जोगाउन थापिएको धरापमा परी दुई जना महिला गम्भीर घाइते भएका छन् । लामिडाँडाका स्थानीय सोम आलेको बारीको मकै बाँदरबाट जोगाउन राखिएको विद्युतीय धरापमा परी दुई जना महिला घाइते भएका हुन् ।
चलचित्र ‘हामी तीन भाइ’ मुख्य अभिनेतृका रूपमा रङ्गकर्मी लक्ष्मी बर्देवा अनुबन्धित हुनुभएको छ। चलचित्र निर्माण युनिटले बुधबार उहाँलाई चलचित्रमा प्रवेश गराएको हो। मधुसूदन भट्टराईको निर्देशन रहने चलचित्रको केही दिन अगाडि गोर्खाको मनकामना मन्दिर शुभमुर्हूत गरिएको थियो। चलचित्रको छायाङ्कन साउन १० गतेबाट सुरु हुँदै छ।
पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ ।
काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ । महानगरको प्रहरी टोलीले बुधबार डोजर लगाएर सेवा सदनको भवन भत्काएको हो । महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरको अर्बौं रुपियाँ पर्ने सार्वजनिक जग्गा कब्जा गरी निर्माण गरिएका सो सेवा सदनका केही भवन भत्काइएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ महानगरको क्षेत्रमा सो जग्गा पर्छ । सो जग्गाको जग्गाधनी प्रमाणपुर्जा कसैको नाममा छैन । सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान अन्तर्गत ती संरचनामा डोजर चलाइएको हो ।”
तीन वरिष्ठ अभिनेतृहरूको नामबाट स्थापित भुवन चैत्य वसुन्धरा पुरस्कारको घोषणा गरिएको छ। २०७८ र २०७९ सालको पुरस्कारको घोषणा गरिएको भुवन चैत्य वसुन्धरा फाउन्डेसनले जनाएको छ। २०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने विज्ञप्तिमार्फत जनाइएको छ। सङ्गीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। अभिनेतृ मिथिला शर्मालाई २०७८ र अभिनेतृ शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ। पुरस्कारको राशि जनही ५१ हजार रुपियाँ रहेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकारप्रति संवेदनशील भई वैदेशिक रोजगार व्यवस्थापनमा जिम्मेवार निकायबीच प्रभावकारी समन्वय गर्न आग्रह गरेको छ ।
आर्टमान्डुले चलचित्र ‘ऊनको स्वेटर’ निर्माणको घोषणा गरेको छ। गीत सार्वजनिक गर्दै आर्टमान्डुले चलचित्र निर्माणको घोषणा गरेको हो। गायक सुजन चापागाईंको स्वरमा रहेको हर्क साउदको शब्दरचनाको गीत निर्माण पक्षले सार्वजनिक गरेको छ। आर्टमान्डुले चलचित्रका शीर्ष कलाकार र टिम पनि सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीमा समग्र रूपान्तरण गर्नका लागि नेतृत्वसहित पदाधिकारीमै अनुशासन कायम हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीमा सुधार ल्याउनका लागि माथिल्लो नेतृत्वबाटै रूपान्तरण सुरु गर्नुपर्ने बताउनुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ। हङकङबाट मोटरसाइकल र स्कुटरका पार्टपुर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार बरामद गरेको हो।