पालिकामा रैथाने बालीको पकेट क्षेत्र स्थापना गरी खाद्य सुरक्षामा थप टेवा पुर्याउने उद्देश्य रहेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय सङ्घीय उच्च आयुक्त रबाव फतिमाबीच न्यूयोर्कमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ ।
नेपालका तर्फबाट गौतमसहित अन्य चार देश क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेल्जियमका युवा राजनीतिज्ञ यस पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ ।
पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रह स्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह, व्रतबन्धका मुहूर्त र ग्रहणआदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो ।
बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपियाँ कायम भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नु हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए ।
साइकल यात्राको हुटहुटी दस वर्षको हुँदा नै भद्रपुर (झापा), राजविराज, सिक्किम, दार्जिलिङ, कालिम्पोङ, गुवाहाटी, सिलिगुडी, काँकडभित्ता, धुलाबारी, बिर्तामोड, विराटनगर आदि ठाउँहरू घुमेको सम्झना छ । आज लगभग ६० वर्ष हाराहारी उमेरको हुँदा पनि त्यस्तै घुम्न जाने कुरामा मन रमाउँछ तर साइकलमा । जे होस् यो उमेरमा यसरी घुम्ने रहर जागेकोमा अनि जोश र बलले अनि खल्तीले पनि साथ दिएकोमा म आफैँ खुसी हुन्छु । कतिपय मेरो उमेरका मानिस अलिकति हिँड्नुपरे खुइय्य गर्ने, बुढो भइयो अब हिँड्न सकिन्न भनिरहेका भेटिन्छन् । मलाई भने साइकलमा हेलम्बु जाने रहर पो जाग्यो त ! यसअघि साइकलमा नै बाग्लुङ, फाप्लु, हेटौँडा, नुवाकोट र धरान घुमिसकेको हुँदा हेलम्बुलाई अर्को गन्तव्य छान्ने आँट आएको थियो ।
नेपाली निबन्धको साढे दुई सय वर्षको परम्परामा साहित्यका अन्य विधा जस्तो आत्मपरक निबन्धको इतिहास भने त्यति लामो रहेको देखिँदैन । त्यसमा पनि आत्मपरक निबन्धमा भने स्रष्टाहरूको उपस्थिति कमै देखिएको छ भने अर्कातर्फ आत्मपरक निबन्ध लेख्नु चुनौतीपूर्ण काम पनि हो । आत्मपरक निबन्ध भनेको आफूले आफैँलाई पढ्नु हो । यसभित्र निजात्म
दैनिक रूपमा १ हजारभन्दा बढी बिरामीहरू जाँचका लागि आउने सरकारी दमक अस्पतालमा आवश्यकता अनुसार पङ्खा समेत जडान हुन नसक्दा बिरामीहरूले हैरानी बेहोर्नु परेको छ । दमक नगरपालिका मातहत रहेको अस्पतालको नयाँ भवनबाट सेवा सुरु गरेको छ महिना बित्दा पनि जाँचका लागि आउने बिरामीहरूका लागि आवश्यकता अनुसार फेनको समेत व्यवस्था नभएपछि हैरानी बेहोर्नु परेको हो ।