नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय किताबखाना (निजामती) मा छड्के अनुगमन गर्नुभएको छ । बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुग्नुभएको थियो । किताबखानामा मन्त्री मोदीको यो दोस्रो पटकको छड्के अनुगमन हो ।
पूर्व अर्थमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिनुभएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले भेटवार्ता गर्नुभएको छ । उपप्रधानमन्त्री खड्कालाई भेट्न राजदूत योङ बिहीबार दिउँसो रक्षा मन्त्रालय सिंहदरबारमा पुग्नुभएको हो ।
सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ । बिहीबार ललितपुरमा आयोजित लाओस् राईद्वारा लिखित पुस्तक ‘राष्ट्रवाद कि राष्ट्रप्रेम’ नामक पुस्तकको विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारबाट उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । समयमा भत्ता नपाउँदा योजनाअनुसारको काम गर्न गाह्रो भएको उहाँहरूको भनाइ छ ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार पक्राउ परेका छ जनालाई थुनामा राख्न अदालते अनुमति दिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक वर्षको कार्यप्रगति सार्वजनिक गरेको छ । बिहीबार आर्थिक वर्ष २०७९/८० को कार्यप्रगति सार्वजनिक गर्दै सीआईबीले विभिन्न मुद्दामा १२५ जनालाई पक्राउ गरेको जनाएको छ ।
आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा बिहीबार साँझ भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई १–० गोलले हरायो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।
बाजुरामा साउन लागेपछि अधिकांश गाउँ खाली हुन थालेका छन् । खेती लगाएर गाउँका सबै युवा रोजगारीका लागि धमाधम भारत जानथालेपछि साउनमा अधिकांश गाउँबस्ती दिनानुदिन खाली हुँदैगएका हुन् ।
आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७ सय १२ नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष २०७९/८० मा जम्मा ८ सय ७६ मात्र नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत रमेश बहादुर बुढाथोकीले जानकारी दिनुभयो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा ‘घर–घर जाऔँ, सदस्य बनाऔँ’ भन्ने अभियानबारे छलफल भएको छ ।
सुन तस्करी प्रकरणमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।