अङ्ग्रेजीमा सङ्क्षेपमा ‘आर एन्ड डी’ भनिने अनुसन्धान र विकासलाई धेरै देशले उच्च महìव मात्र दिएका छैनन्, यसको अङ्गीकार गरेर उच्च सफलता पनि पाएका छन्। यो विषय हाम्रो सन्दर्भमा निकै ओझेलमा परेको छ। यो क्षेत्रमा एकाध संस्थाको स्थापना र केही प्रयास नभएका भने होइनन् तर राजनीतिक नेतृत्वमा रहेको बुझाइको कमी र अनुसन्धानलाई आत्मसात् गर्न नसक्ने कर्मचारीतन्त्रको चङ्गुलमा परेर प्रभावकारी तवरमा अघि बढ्न सकेको पाइँदैन। यसको पछिल्लो उदाहरण
खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्याङ्क छ ।
आजको युग विज्ञान र प्रविधिको हो। हरेक समस्या समाधानका लागि आजभोलि वैज्ञानिकता प्रयोग गरिन्छ। आजको युगको मानिसले आफ्नो मस्तिष्कको यति विकास गरिसकेको छ कि चन्द्रमामा आफ्नो अन्तिम स्टेसन बनाउँदै छ। जहाँ विज्ञान हरेक क्षेत्रमा व्याप्त छ तर व्यक्ति र समाज अन्धविश्वास, सङ्कीर्णता, रूढिवादिता तथा पूर्वाग्रहबाट लिप्त छ।
डडेलधुराका जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाका कारण अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक बिग्रिएकै कारण ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् । सर्वसाधारण पैदल हिँड्न बाध्य भएका छन् । सडकको स्तरोन्नति गर्नुभन्दा पनि नयाँ सडक निर्माण कार्य प्राथमिकतामा पर्ने गरेका कारण जिल्लाका अधिकांश सडक वर्षात भएसँगै अवरुद्ध हुने गरेका छन् ।
खानेपानी समस्याका कारण विगतका दिनहरूमा बुहारी नपाउने गाउँमा लिफ्टिङबाट खानेपानी योजना निर्माण गरी घर घरमा धारा पु-याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आठ करोड रुपियाँ बजेटबाट घर घरमा धारा पु-याएपछि स्थानीयमा खुसियाली छाएको छ । बैतडी जिल्लाको सिगास गाउँपालिका–३ को लगन, ठुलीसैनी र हल्कासैनी गाउँमा पहिलो पटक लिफ्ट गरेर १३७ घरधुरीमा पानीको धारा पु-याइएको हो । लिफ्ट खानेपानी योजना आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएर आर्थिक वर्ष २०७९/८० मा सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी परिमाणमा सुन बरामद भएपछि अन्तर्राष्ट्रिय गिरोहको सञ्जाल नेपालसँगै चीन र भारतमा फैलिएको खुलेको छ । भन्सार छलेर भित्र्याएको सुन फेला परेलगत्तै नेपालीसँगै चिनियाँ र भारतीय नागरिक पक्राउ परेपछि अन्तर्राष्ट्रिय गिरोहले नेपालको बाटो प्रयोग गरेर सुन निकासी पैठारी गर्ने गरेको खुलेको हो ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।
वर्षासँगै सर्पको बिगबिगी बढ्न थालेपछि सामुदायिक सर्प दंश उपचार केन्द्र इटहरीले प्रभावित क्षेत्रहरूमा जनचेतनाका कार्यक्रम सुरु गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा तेस्रो दिनको सुरुवातमै केन्द्रीय सदस्यले पदाधिकारीका कामकारबाहीको आलोचना गरे । बिहीबारको बैठकमा बोल्ने ३५ जना केन्द्रीय सदस्यले नेतृत्वको आलोचना र सचेत गराउँदै बैठकलाई तताइरहेका थिए । बैठक उत्तरार्धतर्फ चल्दै थियो । एकाएक माहोल खुसियालीमा बदलियो । पार्टीका महामन्त्री गगन थापाको जन्मदिनका अवसरमा सभापति शेरबहादुर देउवाले बैठकका रूप नै फेरिदिनुभयो । इतिहासमा बिरलै देखिने यस्तो दृश्य केन्द्रीय सदस्यले मात्रै नभएर नेपाली कांग्रेसको फेसबुक पेजमार्फत विश्वका कुनाकाप्चाबाट पनि लाखौँले हेर्न पाए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा सार्वजनिक ‘द्रुत बस’ सेवा सञ्चालन गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यात्रीले चाहेको समयमा गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले असोज १ गतेदेखि ‘दु्रत बस’ सेवा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म ‘द्रुत बस’ सेवा सञ्चालन तयारी गरिरहेका छौँ। त्यसपछि अन्य रुटमा पनि यस्तो सेवा सञ्चालन गर्ने छौँ।”
सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना पछि अख्तियारको टोली त्यस कार्यालयमा पुगेका थिए । यता खुस लिने कर्मचारीहरू नगद र चेक छाडेर पर्खाल नाघेर भागेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झन्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने माग गरेका थिए । सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापनलगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताउनुभएको छ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक सय किलो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष ढंगले निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ ।