राष्ट्रिय सभाका सांसद मायाप्रसाद शर्माले राष्ट्रिय अभिलेखालयका लागि आवश्यक जनशक्ति र प्रविधिको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले किसानलाई व्यावसायिक बनाउन सञ्चालन गरेको किसानमैत्री कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका अन्य पालिकाभन्दा कृषिमा बढी बजेट छुट्याएको राप्तीसोनारीले सञ्चालन गरेको विभिन्न प्रकारका किसानमैत्री कार्यक्रम र योजनाले सयौँ किसान लाभान्वित हुन थालेका छन् ।
कर्णालीमा अनुदानको आयोडिनयुक्त नुन ढुवानी गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले नयाँ ठेक्कामार्फत पहल थालेको छ । अहिले सदरमुकामस्थित डिपोमा मात्र आयोडिन नुन रहेको अवस्था छ ।
भारतसँग सीमा जोडिएको पश्चिम नेपालको केन्द्रबिन्दु मानिने नेपालगन्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा रहेको छ ।
रुपन्देहीमा यो वर्ष ९० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीका अनुसार रुपन्देहीमा कूल ६३ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदैआएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य उर्मिला नेपाल केसीले पार्टीमा नेतृत्व परिवर्तनको विषय बेमौसमी बाजा भएको बताउनुभयो ।
झापा कनकाई नगरपालिका -७ दुर्गापुरमा ट्राफिक प्रहरी चेकजाँचका क्रममा एक जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको अवस्थामा चेकजाँच छलेर भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जीको मृत्यु भएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताउनुभएको छ ।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले अघिल्लो आर्थिक वर्ष २०७८–७९ भन्दा आर्थिक वर्ष २०७९–८० मा आड प्रतिशतले बढी राजस्व सङ्कलन गरेको छ ।
नेपाल-भारत सीमा नाका रुपन्देहीको बेलहियामा पर्यटकलाई स्वागत गर्न आकर्षक प्रवेशद्वार निर्माण थालिएको छ ।
हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र याक सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो ।
घरजग्गाको कारोबारमा कमी भएपछि बाँकेका स्थानीय तहमा गत आर्थिक वर्ष २०७९।८० मा राजस्व बाँडफाँट शीर्षकमा भूमिसुधार तथा मालपोत कार्यालय बाँकेबाट प्राप्त हुने आम्दानी करिब दोब्बरले घटेको छ ।
बेलिब्रिजको सम्पूर्ण निर्माण सकेर सवारी आउजाउका लागि सञ्चालनमा ल्याइएको छ भने बर्खाको समयमा यात्रुलाई सहज भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको ।