काठमाडौँ, साउन ४ गते । चलचित्र ‘हामी तीन भाइ’ मुख्य अभिनेतृका रूपमा रङ्गकर्मी लक्ष्मी बर्देवा अनुबन्धित हुनुभएको छ। चलचित्र निर्माण युनिटले बुधबार उहाँलाई चलचित्रमा प्रवेश गराएको हो।
मधुसूदन भट्टराईको निर्देशन रहने चलचित्रको केही दिन अगाडि गोर्खाको मनकामना मन्दिर शुभमुर्हूत गरिएको थियो। चलचित्रको छायाङ्कन साउन १० गतेबाट सुरु हुँदै छ।
लक्ष्मीसँगै चलचित्रमा विनोद न्यौपाने, कुशल विष्ट, जाहान्वी बस्नेत, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा ‘हर्के हवल्दार’, दीपक बिडारी, फलित राई, तारा शर्मा, भुवनकुमार काफ्ले, नयन कला फुयाँल र पवन केसी कलाकारका रूपमा रहनुहुने छ। निर्देशक भट्टराईको कथा रहने छ भने चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको छ।