• ९ मंसिर २०८१, आइतबार

भुवन चैत्य वसुन्धरा पुरस्कार घोषणा

blog

काठमाडौँ, साउन ४ गते । तीन वरिष्ठ अभिनेतृहरूको नामबाट स्थापित भुवन चैत्य वसुन्धरा पुरस्कारको घोषणा गरिएको छ। २०७८ र २०७९ सालको पुरस्कारको घोषणा गरिएको भुवन चैत्य वसुन्धरा फाउन्डेसनले जनाएको छ।  

२०७८ सालको हरिश–भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश–भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने विज्ञप्तिमार्फत  जनाइएको छ। सङ्गीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। अभिनेतृ मिथिला शर्मालाई २०७८ र अभिनेतृ शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ। पुरस्कारको राशि जनही ५१ हजार रुपियाँ रहेको छ।