‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ)’ को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “स्थिति गम्भीर छ । शङ्कास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो ।”
काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि कामपा आफैँले परीक्षा लिने भएको छ । कामपाका प्रमुख बालेन्द्र साहले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा कामपाले नै सञ्चालन गर्ने बताउनुभएको हो ।
नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
सोमबार बिहान परेको अविरल वर्षाका कारण आएको लेदोसहितको बाढीले तीन घरमा क्षति पुगेको छ ।
भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ओखलढुङ्गाले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्वासीलाई निस्सा वितरण गर्न थालेको हो ।
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने निर्णय गरेको छ ।
मेचीनगर–६ काँकरभिट्टास्थित एनआईसी एशिया बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ ।
दाङको लमही नगरपालिका–६ मध्यनगरस्थित नगर स्वास्थ्य केन्द्रमा बाँसको झोलुङ्गोमा राखेर बच्चाको तौल लिँदै स्वास्थ्यकर्मी ।
जङ्गली हात्तीको आक्रमणमा परी सोमबार बिहान आँगनमा फूल टिप्न निस्कनु भएकी मेचीनगर वडा नं. १० महानन्द टोलकी ८० वर्षीया पन्नादेवी शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गर्नुभयो ।
धनुषा, असार १८ गते । आइतबार साँझ बत्तीको झिलिमिलीमा सजिएको जनकपुरधामस्थित जानकी मन्दिर । तस्बिर : अजयकुमार साह /रासस
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताउनुभएको छ ।
हुम्लामा हात्तीपाइले रोगका बिरामी शून्य रहेको पाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमको किटजन्य रोग नियन्त्रण तालिम केन्दले जिल्लाभर गरेको नमुना सङ्कलनमा रोग नदेखिएको हो ।
जनता नै देवता हुन् पुज्य सुनका थाली जनता नै मालिक हुन् धरतीका माली
शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसीटिभी क्यामेरा जडान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसीटिभी क्यामेरा जडान गरेको हो