मर्स्याङ्दी नदीले कटान गर्न थालेपछि एक्लेफाँटवासीका अधिकांश परिवारको उठिबास भएको छ। बर्सेनि नदीमा आउने बाढीले कटान गर्दै जमिन भासिन थालेपछि पूरै बस्ती उजाड बन्दै गएको हो। नदी कटान नियन्त्रणका लागि दिगो प्रभावकारी योजना सुरु हुन नसकेकाले गर्दा सानो तिनो रोकथामका उपायबाट गाउँ जोगिन नसकेको स्थानीय बताउँछन्। आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटकी ४६ वर्षीय चिजा गुरुङले नदी किनारको भूभाग कटान हुँदै गएकाले उक्त बस्ती जोखिममा परेको बताउनुभयो। स्थानीय मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधमा पानीको सतह बढ्दा केही वर्षपहिले ससुरा ७२ वर्षीय मनिराज गुरुङको बगाएर मृत्यु भएपछि त्रासले गर्दा आलोपालो सुत्ने गरेको उहाँले बताउनुभयो।
हत्य गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ । खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उहाँको पहिचान भएको हो ।
राजनीतिक दलको लेखापरीक्षण जाँच गरेको महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको छ। राजनीतिक दलको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयको विज्ञ टोलीबाट जाँच गराएको थियो। आयोगका अनुसार राजनीतिक दलले बुझाएको विवरणमा थप अध्ययन गर्नुपर्ने भएकाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “प्रतिवेदन पूर्ण छैन। विज्ञ कर्मचारीको सुझाबबमोजिम माग गरिएको थप कागजात अझै अध्ययन नभएकाले ढिलाइ भएको हो।”
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
नेपाली सेना र नेपाल प्रहरीसँगै शान्ति सुरक्षा तथा विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको छ । सशस्त्र प्रहरीको नवौँ स्थापना दिवसको अवसरमा सरोकारवाला निकायले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सशस्त्र प्रहरी ३३ नं. त्रिपुरागण जुम्लाको नवौँ स्थापना दिवसको अवसरमा गणपति चेतराज जोशीको अध्यक्षतामा सम्पन्न भएको छ । सो दिवसमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सशस्त्र प्रहरीले राष्ट्रका लागि गरेका योगदान अतुलनीय रहेको बताउनुभयो ।
बाजुराको बडीमालिका नगरपालिका–८ मा रहेको मालिका माविले विद्यालयका सबै कक्षाकोठामा सिसिटिभी क्यामरा जडान गरेको छ। शिक्षकले कक्षाकोठामा गएर विद्यार्थीलाई पढाएको वा विद्यार्थीले पढे नपढेको निगरानी राख्न सिसिटिभी जडान गरिएको हो। कक्षाकोठाको सम्पूर्ण गतिविधि प्रशासन कक्षबाटै नै मूल्याङ्कन तथा अनुगमन गर्न सिसिटिभीबाट गरिने छ। यसरी कक्षाकोठामा सिसिटिभी जडान गरिएपछि पछिल्लो समयमा बालबालिकाले पढाइमा थप ध्यान दिन थालेको जनाइएको छ।
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको छ। सो राजमार्ग अन्तर्गत मादी र सेती नदीमा यस्तो पुल निर्माण हुन लागेको हो। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सेती नदीमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन स्वीकृत भएको बताउँदै वर्षा सकिनेबित्तिकै पुल निर्माण सुरु हुने जानकारी दिनुभयो।
मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् ।
सरकारले बजेट नदिएपछि गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालय बन्द हुने अवस्थामा पुगेको छ। सरकारले पशु, खाद्य र प्लान्ट क्वारेन्टाइन गाभ्ने नीति लिए पनि बजेट नआएपछि न्यूनतम चेकजाँचसमेत बन्द गरिएको छ। भारत तथा तेस्रो मुलुकबाट आउने पशुपन्छी तथा पशुजन्य पदार्थ चेकजाँच गर्ने निकाय क्वारेन्टाइन कार्यालय कञ्चनपुर मातहतका चेक पोस्ट बन्द भएका छन्। चेक पोस्ट बन्द हुँदा भारतबाट आउने पशु तथा पशुजन्य वस्तुको परीक्षण रोकिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले गड्डाचौकीस्थित पशु क्वारेन्टाइन कार्यालयका लागि शून्य बजेट दिएको छ। जसका कारण दैनिक कार्यालय सञ्चालनमा समेत समस्या परेको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि तथा पशुपन्छी विकास सङ्घ, प्रदेश र स्थानीय तह समन्वय निर्देशिका सात दिनभित्र तयार गर्न निर्देशन दिनुभएको छ । कृषि तथा पशुपन्छीतर्फ सङ्घ, प्रदेश तथा स्थानीय तहबिच समन्वयमा समस्या देखिएपछि कृषिमन्त्रीको निर्देशनमा निर्देशिका बनाउन मन्त्रालयले सुरु गरेको थियो तर त्यो सुरु भएको लामो समय भए पनि हालसम्म तयार नहुँदा मन्त्री भुसालले सो निर्देशन दिनुभएको हो । कृषि मन्त्रालयमा बसेको प्रदेशका कृषिमन्त्री तथा सचिवसहितको बैठकमा उहाँले कृषिमा काम गर्नका लागि सङ्घ, प्र
समावेशीकरणको दिशामा एउटा फड्को : गोखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले देशका समृद्धिका लागि बौद्धिक वर्ग सङ्गठित हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली लेखक सङ्घ काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सङ्घ बौद्धिक वर्ग सङ्गठित हुने माध्यम बन्न पनि सुझाउनुभयो ।
आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ। विमान कम्पनीले यात्रुसँग आँखाको परीक्षण प्रतिवेदन खोज्न थालेका छन् तर त्यसको मापदण्ड तय भइसकेको छैन। आँखा पाक्ने समस्या देशव्यापी बन्दा प्रमुख आँखा अस्पतालमा ७० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने समस्याले आउने गरेका छन्। तीमध्ये ५० प्रतिशत १५ वर्षमुनिका छन्। काठमाडौँ उपत्यकामा यो समस्या केही कम देखिए पनि उपत्यकाबाहिर भने ७० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको छ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र जाजरकोटको नलगाड नगरपालिकाबिच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गर्नुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो । यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो ।