घरमा बसीरहेकी एक बालिकालाई चितुवाले आक्रमण गरेको छ । बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका रियाना थापा घाइते डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।
भूमि आयोगले बैतडीले भूमिहीनलाई जग्गा वितरण गर्न लगत सङ्लन सुरु गरेको छ । आयोगले लगत सङ्कलन सुरु गरेपछि २०५१ सालमा लालपुर्जा पाएर कित्ता पत्ता नलागेका २२६ सुकुम्बासी जग्गा पाइने भन्दै खुसी भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका पदाधिकारीसँग शनिबार भएको भेटवार्तामा उहाँले गैरआवासीय नेपालीका जायज मागप्रति सरकार सधैँ सरकार सकारात्मक रहेको बताउनुभएको हो ।
बागमती प्रदेशका मन्त्रालय र मातहतका कार्यालयको कार्यसम्पादन सन्तोषजनक नरहेको पाइएको छ । बागमती प्रदेश सभाअन्तर्गत लेखा समितिले सरकारमा आफ्नै नीति तथा कार्यक्रममा समावेश भएका अधिकांश कार्यक्रम कार्यान्वयन नभएकाले सरकारको कार्यसम्पादन अवस्था सन्तोषजनक नरहेको पाइएको निष्कर्ष निकालेको हो ।
चालू आर्थिक वर्ष कर्णाली प्रदेशमा प्रतिव्यक्ति आयमा वद्धि भएको छ । शनिबार कर्णाली प्रदेश सभा बैठकमा पेस भएको आर्थिक सर्वेक्षण २०७८/७९ मा प्रतिव्यक्ति आय ९६४ अमेरिकी डलर पुग्ने अनुमान आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताउनुभयो ।
देशको अर्थतन्त्र यता केही समयदेखि चाहेजसरी अगाडि बढ्न सकेको छैन । खासगरी कोरोना (कोभिड–१९)को समयमा आन्तरिक उत्पादनमा कमी हुँदै गयो भने योबीचमा मुलुक बाह्य वस्तु तथा सेवामा बढी नै आश्रित बन्दै गयो ।
वि.सं. २०३३ पुस १६ गते जननायक बीपी कोइराला मेलमिलाप नीति लिएर स्वदेश फर्किनुभयो । देशभित्रकै राजनीतिक शक्तिहरूबीच नवीन सङ्कल्प र नयाँ दृष्टिकोण निर्माणको अपिलसहित बीपी काठमाडौँ आइपुग्नुभएको थियो ।
एक्काइसौँ शताब्दीमा हवाईयात्रीको सङ्ख्या विश्वमा अभूतपूर्व रूपले बढिरहेको छ, बढ्ने क्रम जारी रहने सम्बद्ध विज्ञ बताउँछन् । राइट दाजुभाइबाट हवाईजहाज निर्माण भएदेखि हाल चलनचल्तीमा रहेका विशालकाय बोइङ र एयर बस ३८० ले ‘ग्लोबल भिलेज’को अवधारणालाई साकार बनाएको छ । केही दशकअघिसम्म एसियाबाट पश्चिम गोलार्ध अमेरिका पुग्न पानीजहाजबाट छ महिना लाग्थ्यो । अहिले केही घण्टाको अन्तरालमा संसारको एउटा कुनाबाट अर्को कुनामा पुग्नु सामान्य भएको छ । यो सबै आधुनिक विमान र त्यसैअनुरूपको विमानस्थल निर्माणले सम्भव भएको हो ।
नेता त्यो हो, जसले असामान्य परिस्थितिमा सामान्य तरिकाले असामान्य समस्याको सामान्य समाधान निकाल्न सक्छ । सामान्य परिस्थितिमा जो कसैले पनि काम गर्न सक्छ । जटिल परिस्थितिमा निकै परिश्रम गरेर काम फत्ते गर्नेहरू पनि पर्याप्त सङ्ख्यामा भेटिन सक्छन् । असामान्य प्रकृतिका समस्यामा लामो समयसम्म घोत्लिएर बडो मेहनतका साथ समाधान गर्न सामान्य मानिसले पनि सक्छन् तर नेता भनेको फरक प्रकृतिको गुण भएकै हुनुपर्छ ।
स्थानीय तह निर्वाचन, २०७९ सम्पन्न भई प्रायः सबैजसो (७५२ पालिका) तहको परिणाम प्राप्त भएका छन् । यो निर्वाचनको विभिन्न कोणबाट समीक्षा गर्न सकिन्छ । सङ्घीयता कार्यान्वयनपछिको दोस्रो निर्वाचनले सङ्घीयतालाई स्थानीयकरण गर्न कति सहयोग ग-यो अथवा गर्ला, चुनाव र मतदातालाई कति जोड्यो, कसरी जोड्यो, विगतमा चुनाव जितेकाहरूको पार्टीगत घोषणा र व्यक्तिगत प्रतिबद्धताको कसी मतदातामा कसरी उत्रिएका छन्, जस्ता विविध कोणबाट निर्वाचनको मूल्याङ्कन गर्न सकिन्छ । साथै निर्वाचनको खर्चलाई सरकारी खर्च, आयोगले गरेका खर्च र व्यक्तिगत खर्चका कोणबाट पनि विश्लेषण गर्न सकिनेछ ।
कोहलपुर, २८ जेठ । पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा गरेको हो ।प्रतिष्ठानकी उपाध्यक्ष एवम् आख्यान विभाग प्रमुख सुमित्रा न्यौपानेले सङ्ग्रहका सबै कथालाई सरसर्ती व्याख्या गर्नुभयो । बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा विदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको उल्लेख गर्नुभयो । परिचर्चा कार्यक्रममा बाँकेका विभिन्न स्रष्टाले मोम्चो पुस्तकका बारेमा टिप्पणी गर्नुभयो । पुस्तकमाथि बोल्दै अर्का टिप्पणीकार विष्णु पादुकाले मोम्चो कथासङ्ग्रहका अधिकांश कथा नारीका विषयमा केन्द्रित रहेको बताउनुभयो । पादुकाले सङ्ग्रहमा रहेका ११ वटै कथाको बारेमा संक्षेपमा टिप्पणी राख्नुभयो । पुस्तकमाथि बोल्दै टिप्पणीकार सागर गैरेले चितवनको सीमान्तकृत चेपाङ समुदायको भाषा, जीवनशैली, परम्परा र रहनसहनलाई मोम्चो कथामा समेटिएको उल्लेख गर्नुभयो । लेखक वसन्त पराजुलीले मोम्चो सीमान्तीकृत चेपाङ समुदायको धर्म, रीतिरिवाज र परम्परामा आधारित भएर लेखिएको कथा भएकोले यी समुदायसँगसँगै आम पाठकले मन पराएको बताउनुभयो । परिचर्चा कार्यक्रममा अतिथिका रूपमा आमन्त्रित लेखक नरेन्द्रजंग पिटरले स्वाभिमानी चेपाङको कथा व्यथालाई किताबको रूपमा प्रकाशन गरेर लेखक पराजुलीले ठूलो गुन लगाएको बताउनुभयो । पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो। पराजुलीको यसअघि कुमाता कथासंग्रह प्रकाशित छ। पत्रकार पराजुली गोरखापत्र दैनिकका चितवन जिल्ला संवाददाता हुन् ।
नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जित्नुभएको छ । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जित्नुभएको हो ।
काठमाडौं, जेठ २८ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रुवाण्डामा आयोजित ‘वल्र्ड टेलिकम्युनिकेशन डेभलभमेन्ट कन्फ्रेन्स’ मा सहभागी हुनु भई आज स्वदेश फर्किनुभएको छ। नेपाल सरकारका प्रवक्ता कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको नियन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ र रुवाण्डा सरकारको संयुक्त आयोजनामा किगालीमा भएको सो सम्मेलनमा भाग लिन गत हप्ता त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।यस वर्षको मूल नारा ‘कनेक्टिङ द अनकनेटेड टु एचिभ सस्टेनेभल डेभलभमेन्ट’ रहेको सम्मेलनमा मन्त्री कार्कीले सन् २०२५ सम्ममा देशमा डिजिटल नेपाल फ्रेमवर्कको अवधारणाअनुरुप विद्युतीय रुपान्तरणका लागि सम्पूर्ण कार्यसम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो।सम्मेलनबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पत्रकारलाई जानकारी गराउँदै उहाँले नेपाल सरकारको भौतिक कठिनाइको बाबजुद दूरदराजका सबै स्थानहरू दूरसञ्चारको सञ्जालमा जोडिसक्ने विषषवस्तु राखेको बताउनुभयो। सम्मेलनमा मन्त्री कार्कीले जापान, अमेरिका, चीन लिथुवानिया र अजरबैजानका समकक्षी तथा विशिष्ट सहभागीहरूसँग भेटघाट गरी दूरसञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा द्विपक्षीय हित र सहयोगका सम्बन्धमा छलफलसमेत भएको सञ्चार मन्त्रालयले जनाएको छ। “अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको एसिया एण्ड प्यासिफिक सिजनका क्षेत्रीय निर्देशकसँगको छलफलमा क्षेत्रीय निर्देशकले नेपाललाई विपद् व्यवस्थापनमा अत्यावश्यक आकस्मिक समिति तथा ई–वयस्ट म्यानेजमेन्टलगायत विषयमा सहयोग उपलब्ध गराउने सम्बन्धमा सकारात्मक धारणा राख्नुभएको थियो”, मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।भ्रमण टोलीमा मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र नेपाल दूसञ्चार प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडा सहभागी हुनुहुन्थ्यो।रासस
बिजुलीको उच्च भोल्टेजको तारमा चढेका माइला विकलाई नेपाली सेनाले उद्धार गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।