काठमाडौं, जेठ २७ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले उहाँलाई बधाई तथा शुभकामना दिनुभएको हो। भेटमा प्रधानमन्त्री देउवाले नेपाल सरकार सदैव प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले प्रेस युनियनले श्रमजीवी पत्रकारका पक्षमा गर्दै आएको काम सराहनीय भएको उल्लेख गर्दै युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु अझ खुशीको कुरा हो भन्नुभयो। साथै, उहाँले सरकार सञ्चारकर्मीलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा काम गर्ने वातावरण ग्यारेण्टीका लागि सधैँ तयार रहेको विश्वाससमेत दिलाउनुभयो। अध्यक्ष सिग्देलले आइएफजेमा निर्वाचित भएपछि आफू थप जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने बताउँदै नेपाली श्रमजीवी पत्रकारको हकहितका सन्दर्भमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको थियो।युनियनका अध्यक्ष सिग्देल ओमानको राजधानी मस्कटमा हालै सम्पन आइएफजेको विश्व कंग्रेसबाट एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाबाट कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि उहाँलाई बधाई दिनुभएको छ। रासस
जमिन भासिएर पृथ्वीराजमार्ग अवरुद्ध भएपछि एक बिरामीलाई हेलिकप्टरको प्रयोग गरेर उपचारको लागि काठमाडौंमा लगिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक– २०७९ अन्तरगत विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
बैशाख अन्तिम साता बागलुङको ताराखोला पुग्नुभएका बागलुङ बजार निवासी सज्जनकुमार सिंह आफन्तको घरमा बास बस्नुभयो । रातको आठ बजेतिर घरमा झ्याप्प विजुली गयो । उहाँले ठान्नुभयो विद्युत प्रसारणमा केही समस्या भए होला । छरछिमेकीको घरमा झलमल उज्यालो थियो ।
हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ।
रुकुम पूर्वमा शिक्षक र विद्यार्थी यार्सागुम्बा संकलन गर्न गएपछि विद्यालय बन्द भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १, २ र ३ नम्बर वडाका अधिकांश विद्यार्थी यार्सा संकलनका लागि गएका हुन् ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले निर्वाचनमा ठूलो पार्टी बन्नका लागि मात्रै पाँच दलीय गठबन्धन नगरेको बताउनुभएको छ । काभ्रेको बनेपामा शुक्रबार भएको जनप्रतिनिधीको बधाई तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी मुग्लिन खण्डमा सडक भाँसिएको स्थानमा सवारी खसेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ।
भीरबाट लडेर घाईते हुुनुुभएकी एक जना बृद्ध महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उद्धार गरिएकी महिला नाँम्खा गाउँपालिका – ६ तील गाउँकी ९० वर्षीया याङ्जोम लामा रहनुुभएको छ ।
पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार ठिक ढंगले नचलेको र संघीयताको अभ्यासलाई कमजोर बनाउन लागेको आरोप लगाउनुभएको छ।
सडक भासिँदा अबरुद्ध बनेको पृथ्वीराजमार्गको आँबुखैरेनी– मुग्लिन सडक खण्डमा शुक्रबार दिउँसोबाट एकतर्फी साना सावारी साधन सञ्चालनमा ल्याइएका छन् ।
पश्चिम नवलपरासीको वर्दघाट नगरपालिकाको विभिन्न स्थानमा किसानहरुले ड्रागन फ्रुटको खेती शुरु गरेका छन् । नवलपरासीमा पहिलो पटक नमुना खेतीको रुपमा १४ महिना पहिला रोपिएको ड्रागन फ्रुटले निर्धारित समयमा नै उत्पादन दिन थालेपछि वर्दघाट नगरपालिका ६ का किसान देवीदत्त सापकोटा हर्षित हुनुभएको छ ।
झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाबजारमा सुभृक्षा बचत तथा ऋण सहकारी संस्थाको ताला फोडेर रकम चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
यहाँ गैरकानुनी रुपमा ओसार पसारका क्रममा वरामद भएको काठ लिलाम नहुँदा राखेको ठाउँमै कुहिन थालेको छ । जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएका लाखौँ मूल्य पर्ने काठ लिलाम नहुँँदा कुहिन थालेका हुन् । चोरी तस्करीबाट बरामद गरिएका काठ लिलाम नहुँदा डिभिजन वन कार्यालय र त्यस मातहत रहेका सव डिभिजन कार्यालयमा कुहिन थालेका छन् ।
सन्तोष राउतसोलुखुम्बु, जेठ २७ गते। सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा सञ्चालन गरिने भएको छ। प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीको यस प्रणालीमा दर्ता गर्नका लागि सल्लेरीमै दुई दिने सेवा प्रदान गरिने भएपछि व्यवसायीलाई सहज हुने भएको छ।यही जेठ २८ र २९ गते उद्योग वाणिज्य संघ सोलुखुम्बु र करदाता सेवा कार्यालय ओखलढुङ्गाको संयुक्त आयोजनामा उद्योग वाणिज्य संघ सल्लेरीको कार्यालयमा प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीको बायो मेट्रिक प्रणालीमा दर्ता गर्ने कार्यक्रम राखिएको उद्योग वाणिज्य संघ सोलुखुम्बुका प्रतिनिधि सदस्य रामलाल श्रेष्ठले जानकारी दिनुभयो।अन्य समयमा यही कामको लागि ओखलढुङ्गामा रहेको कार्यालयमा पुग्नुपर्ने र भनेको समयमा काम नहुँदा व्यवसायी समस्यामा थिए। यो अवसरलाई सबै व्यवसायीले उपयोग गर्नुपर्ने उद्योग वाणिज्य संघ सोलुखुम्बुका सदस्य भानुभक्त उपाध्यायले बताउनुभयो। सोलुखुम्बुमा कर कार्यालय नहुँदा कर सम्बन्धी सबै काम गर्न झन्झटिलो र खर्चिलो हुने गरेको व्यवसायीको भनाइ छ।करदाता सेवा कार्यालय ओखलढुङ्गाको फाइल तस्बिर