आँप उत्पादनको मुख्य आधार क्षेत्र मधेश प्रदेशका जिल्लाहरू नै हुन् । वर्षमा एक पटक मात्र फल्ने आँप विभिन्न परिकार बनाएर वर्षभरि खान सकिन्छ तर यसको उचित उपयोगको लागि उद्योग, कलकारखाना, भण्डारणको व्यवस्थापन नहुँदा याममै सिद्धिने गरेको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रका तीन हजार दुई सय प्रभावित परिवारले घरगोठ, बोटबिरुवा र फलफूलको करिब पाँच अर्ब रुपियाँ मुआब्जा पाएका छन् । आयोजनाको वातावरण, मुआब्जा, वितरण, पुनर्बास तथा पुनस्र्थापना एकाइका अनुसार हालसम्म चार अर्ब ७२ रुपियाँ वितरण भइसकेको छ ।
लमजुङका सरोकारवाला नागरिकले लमजुङ जिल्ला अस्पतालसंग यसअघिको गण्डकी प्रदेश सरकारले गरेको सम्झौता वर्तमान सरकारले खारेज गर्न गरेको निर्णयविरुद्ध आन्दोलन सुरु गरेका छन् ।
तानसेन नगरपालिकाले पाल्पा टुँडिखेल चिटिक्क र आकर्षक बनाएको छ । टुँडिखेल सुधार योजनाअन्तर्गत नगरपालिकाको प्राङ्गणसँगै टुँडिखेल मर्मत सम्भार तथा सुधार गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित ज्येष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ सो काम थालनी गरेको थियो ।
राष्ट्रिय निकुञ्जको भित्री क्षेत्रमा बाघको सङ्ख्या बढेपछि बासस्थान र आहाराको खोजीमा बाघ निकुञ्जभन्दा बाहिर हिँडडुल गर्न थालेका छन् । हिजोका दिनमा बाघ नहिँड्ने तर स्थानीयवासीले दैनिकजसो आवतजावत गर्ने ठाउँमा बाघको विचरण हुन थालेपछि मानव वन्यजन्तु द्वन्द्वका घटना बढिरहेका छन् । गाईबस्तु चराउँदा, घाँस, दाउरा, स्याउला सोत्तर सङ्कलन गर्दा, निउरो तथा च्याउ टिप्न आउजाउ भइरहने स्थानमा बाघ आउन थालेपछि पछिल्ला दिनमा बाघको आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न अस्ट्रेलियासमक्ष आग्रह गरेको छ । नेपालका लागि अस्टे«लियन राजदूत फेलीसिटी वोल्कसँग मङ्गलबार भएको भेटमा चेम्बरका पदाधिकारीले जलविद्युत, वन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् ।
कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई कार्यालयमा काम गर्नबाट रोक लगाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै साउन १ गतेबाट काममा हाजिर नहुन भनेको छ । घोडाघोडी नगरपालिकाका विभिन्न शाखा, उ
नेकपा (एमाले)को उपमहासचिव प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रताबिनाको लोकतन्त्र हुन नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले काल्पनिक कुरा बाहिर आयो भन्दैमा प्रेसलाई नियन्त्रण गर्न नहुने बताउनुभयो ।
प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण आयोजनाहरूमा लोकसेवा आयोगले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण कसरी गर्दै आएको छ ? लोकसेवा आयोग एक स्वतन्त्र एवं स्वायत्त संवैधानिक निकाय हो । वि.सं. २००८ साल असार १ गते स्थापना भएको लोकसेवा आयोगले योग्यता, स्वच्छता र निष्पक्षताको मूल मन्त्रलाई आत्मसात् गरी जनशक्ति आपूर्तिको व्यवस्था मिलाउँदै आएको छ । यसले निजामती सेवाका लागि आवश्यक पर्ने उपयुक्त कर्मचारी छनोट गर्न रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त सङ्कलन गर्ने, दरखास्त छानबिन गर्ने, परीक्षा लिने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने, सिफारिस गर्नेजस्ता कार्य गर्दै आएको छ । लोकसेवा आयोगले यी कार्यहरू नेपालको संविधान, लोकसेवा आयोग ऐन २०६६, लोकसेवा आयोग नियमावली २०६७, लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका २०६७, लोकसेवा आयोगका प
१. एसिया डेभलपमेन्ट लिडरसिप अवार्ड, २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ? सुरेन्द्र भट्टराई – मलेसियास्थित विश्वभर अनुसन्धान÷खोजमा कार्य गर्दै आएको रिसर्च अन्डर लिटरल एक्सेस नामक संस्थाले नेपालका सुरेन्द्र भट्टराईलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको । – ५० भन्दा बढी विधामा प्र
बुधबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
वैशाख अन्तिम सातामा सम्पन्न स्थानीय तह निर्वाचनका विभिन्न पक्षलाई लिएर लेखाजोखा गरिन थालेका छन् । यही वर्षमा हुने लगभग तय भएको सङ्घीय संसद् तथा प्रदेश सभाको निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा भए गरेका कमी, कमजोरी तथा त्रुटिहरू सच्याउन यी लेखाजोखा आवश्यक तथा महत्वपूर्ण हुने हुँदा त्यस्ता कमजोरी बाहिर आउनु जरुरीसमेत भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका रैथाने धानका जातको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरेर मुलुकलाई धान, चामलमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले नेपाली समाजमा आर्थिक,
सन् १९४५ देखि नै क्षेत्रीय सङ्गठनहरू खोल्ने र यसबाट आफ्नो क्षेत्रको भलाइका लागि दत्तचित्त रहने प्रतिस्पर्धा चल्दै आएको छ । यसलाई अन्तर्राष्ट्रिय राजनीतिको एक महìवपूर्ण विशेषताकै रूपमा स्वीकार गरिएको छ । भौगोलिक निकटताका आधारमा यस्ता सङ्गठनहरू निर्माण हुँदै आएका छन् ।
जननेता मदन भण्डारी पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पिता देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीका माहिलो छोराको रूपमा २००९ साल असार १४ गते जन्मनुभएको हो । गृह जिल्लामा सामान्य पढाइपछि उहाँले स्नातकोत्तर तहसम्मको शिक्षा बनारसबाट पूरा गर्नुभयो