आज देशभर मनसुनी वायुको प्रभाव रहने जल तथा मौसक विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बिहान प्रदेश १, बागमती र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्का बर्षा भइरहेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
कुनै बेला कारोनाले थलिएको रङ्गमञ्च अहिले फेरि जाग्न थालेको छ । काठमाडौँका नाटकघरहरूमा भिन्न–भिन्न स्वादका नाटक मञ्चन हुन थालेका छन् । दर्शकहरूमा नाटक हेर्ने उत्साह र जाँगर थपिँदै गएको छ । नाटकघरहरूमा दर्शकको भीडभाड र उनीहरूको मागले गर्दा प्रायः नाटकहरूको समयसीमा पनि थपिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले संयुक्त अरब इमिरेटस् (यूएई)मा कार्यरत नेपाली श्रमिकले भोग्दै आएको समस्याको समाधानमा सहजीकरण गर्न नेपालका लागि यूएईका राजदूतसँग आग्रह गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखामा कर्मचारी अभाव हुँदा सेवाग्राहीले समयमा सेवा पाउन सकेका छैनन् ।कार्यालयका प्रमुख पाँच फाँटमा काम गर्ने नायब सुब्बा नहुँदा सेवा प्रदानमा सहज बनेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताउनुभयो ।
गत २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र प्रतिकेजी साढे १७ रुपियाँका दरले बिक्री गरिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण परीक्षा सञ्चालन हुन नसक्दा थन्क्याइएका ती प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले बिक्री गरेको छ । बढाबढ टेन्डर प्रक्रिया गर्दा विराटनगरको अरविन्द पल्प एन्ड पेपर मिल्सले ती प्रश्नपत्र खरिदको जिम्मा पाएको छ ।
नागरिकलाई सहज सेवा दिनु राज्यको पहिलो दायित्व हो । सहज सेवा कठिन हुँदैछ । पहिले राजधानीस्थित नारायणहिटी दरबारको पश्चिमी परिसर तथा अहिले त्रिपुरेश्वरमा देखिने मानव भीडले नेपालमा राहदानी बनाउने इच्छुक नागरिकको चाप तथा सरकारी संयन्त्रको व्यवस्थापन चुस्ततालाई सङ्केत गरिरहेको छ ।
स्थानीय निर्वाचनपछि देश सङ्घ तथा प्रदेश तहका निर्वाचन उन्मुख बन्दैछ । आउने निर्वाचनहरू निकै पेचिला तथा विविध कारणले रोचक अनि घोचकसमेत हुनसक्ने देखिँदैछ । विगतका निर्वाचित मण्डलमाथि पनि नागरिक वृत्तबाट निराशा र गुनासा थुप्रै थिए । तसर्थ यसपालि निर्वाचनले फरक लय लिने विश्लेषणमा रमाउने दस्ता पनि बाक्लो बन्दैछ ।
नेपालले विकासमा फड्को मार्न सकेको छैन, समाजमा गरिबी कायमै छ । गरिबीले नै नेपाली विभिन्न समस्याले जकडिएका छन् । नेपाली समाजका विभिन्न समस्यामा एउटा विकराल समस्या माग्ने पनि हो । यहाँ दिन प्रतिदिन माग्नेको सङ्ख्यामा भएको वृद्धिले सहरबजार नै अशोभनीय बन्दै आएको छ । विशेष गरेर काठमाडौँका मन्दिर, पार्क जहाँ जाँदा पनि माग्नेले हातखुट्टा समाई हैरान पारेका हुन्छन् । माग्नेहरूमा केटाकेटीदेखि बूढाबूढी, युवासमेत देखिन्छन् । राज्यकै लागि माग्ने समस्या एउटा चुनौती नै बनेको छ ।
यति बेला राजनीतिमा युवा शब्द खुबै प्रचलित छ । राजनीतिमा युवाले नेतृत्व गर्नुपर्छ भन्ने आवाज पनि मुखरित भइरहेका छन् । युवा भनेको विवेक, बुद्धि, जोस, जाँगर र परिवर्तनको तागतिलो ऊर्जा पनि भएकाले समाज र राष्ट्रले आशा र विश्वास गरेको बलियो र भरपर्दो आधार पनि हो । आम जनताको भविष्यको मार्ग कोर्ने कन्टेन्ट हो । युवा चुनौती खोज्छ, स्वीकार्छ र चुनौतीसँग लड्न सक्छ । सुनेका र देखेका विषयलाई स्वविवेकले हेर्छ । उत्सुकता, उत्कण्ठा, इच्छा आकाङ्क्षा र उच्चताको भावमा आत्माको आवाज सुन्छ, मूल्याङ्कन गर्छ र आपूm भएर बाँच्छ । ऊ प्रश्न गर्ने आँट गर्ने हैसियत र क्षमता राख्ने भएकाले पनि मुलुकले युवा नेतृत्व खोजेको छ ।
विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै आएको हो । राणा शासक श्री ३ जुद्धशमशेरले १९९० सालको भूकम्पपछि आधुनिकीकरण र पूर्वाधार विकासको जग बसाउने उद्देश्यले युरोपेली पूर्वाधार विकास अनुसरण गर्न अध्ययन टोली नै पठाएका थिए । तीन दशक लामो निरङ्कुश पञ्चायती कालखण्डमा पूर्वाधार विकासका एजेन्डा जोडतोडले उठाइएको हो । त्यतिबेला पूर्वाधार विकासका अवधारणा र बहसमा जोड दिइएको थियो ।
काठमाडौं, असार २२ गते। जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन्।आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दूर्गम भेगको पदयात्रा हुने भएको हो। साथसाथै फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा अक्टोबरमा हुने पदयात्राको घोषणा गरेको हो। फाउण्डेशनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटनलाई विश्वस्तरमा पु¥याउन र जलवायु परिवर्तनको असरबारे सन्देश दिन यो पदयात्रा प्रभावकारी हुने विश्वास राख्नुभयो। मन्त्री श्रेष्ठले विभिन्न क्षेत्रका महिला सहभागी हुने यो कार्यक्रममा नेपाल सरकारले समेत प्राथमिकता दिने भन्दै प्रशंसा गर्नुभएको थियो।कार्यक्रमका विशेष अतिथि एवं सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले पदयात्रा र हिमाल आरोहण नै नेपालको पर्यटनको मुख्य आधार भएकाले यसलाई बचाउन सरकार र जनस्तरबाट पहल हुनुपर्ने सुझाव राख्नुभयो। उहाँले कालापत्थर यात्रादेखि फुक्सुण्डोसम्मको अभियान साथसाथै संस्थाको नमूना भएको भन्दै यसले सम्पूर्ण महिला वर्गमा उत्साह ल्याएको बताउनुभएको थियो।साथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, प्रकृतिमा अधारित पर्यटन र स्थानीय महिलामाथि पारेको समस्यालाई विशेष रुपमा उजागर गर्न र त्यसको समाधानका लागि विभिन्न निकायको ध्यानाकर्षण गराउने तयारी रहेको जानकारी दिनुभयो।“यो यात्रा जलवायु परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित स्थानीय पर्यटन र जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हो”, अध्यक्ष कार्कीले कार्यक्रममा भन्नुभयो, हामी घर, घरमा बसेर, आ–आफ्नो पेशा व्यवसाय अगालेर बसेका नारी जलवायु परिवर्तनका मुद्दामा, जलवायु न्यायको मुद्दामा, महिलाको जनजीवनमा परेको अप्ठेरोको विषयमा हिँड्दै समस्या सुन्दै सुनाउँदै अघि बढिरहेका छौँ।यात्रामा सरकारका विभिन्न तह, कूट्नीतिक नियोग, सञ्चारकर्मीसहितको सहभागिता हुने आयोजकले जनाएको छ। हवाईमार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल, त्यसपछि सदरमुकाम दुनैबाट तीन दिनको पैदलयात्रा गरी महिला टोली फुक्सुण्डो क्षेत्रमा पुग्ने तयारी छ। साथसाथै संस्थाले गत मार्च ८ मा नारी दिवसका दिन विभिन्न ४० जना महिला लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रमा पैदल पुगेर जलवायु परिवर्तनसम्बन्धी विशेष घोषणापत्र जारी गरेको थियो।साथै हरेक वर्षको नारी दिवसको दिन कालापत्थर वा सगरमाथा हिमालय क्षेत्रमा जलवायु न्यायको मुद्दा बोकेर पदयात्रा गर्ने निर्णयसमेत गरेको छ। यसअघि भएको कार्यक्रमको प्रभावकारिता र सन्देशले उक्त कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिन लागिएको हो।गत मार्चको कालापत्थर कार्यक्रमका लागि वन तथा वातावरण मन्त्रालय, प्रकृति संरक्षण कोष, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्य थियो। फोक्सुण्डु पदयात्रामा मधेशसहित विभिन्न प्रदेशबाट प्रतिनिधित्वमूलक रुपमा सांसद र अन्य जनप्रतिनिधि, डोल्पाका स्थानीय जनप्रतिनिधि र सरोकारवाला पक्षसमेत सहभागी भई सेफुक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ।कालापत्थर अभियानकै निरन्तरतास्वरुप आगामी अक्टोबर ८ देखि १४ सम्म पदयात्रासहितको विशेष कार्यक्रम हुन लागेको हो। ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस एण्ड नेचर वेस टुरिज्जम डेभलपमेण्ट’ भन्ने नारासहित उक्त अभियानको तयारीमा आयोजक जुटेको हो।“हामी हाम्रा हिमाल, पहाड, खोलानाला, जङ्गलमा देखिएका समस्या विश्वलाई सुनाउन चाहान्छौँ। नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहान्र्छौँ”, अध्यक्ष कार्कीले भन्नुभयो। फुक्सुण्डो कार्यक्रममासमेत वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य गर्ने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, टानका अध्यक्ष खुमबहादुर सुवेदीसहितले उक्त अभियानमा आफूहरूको सक्रियसाथ हुने दृढता राख्नुभएको थियो। रासस
काठमाडौं, असार २२ गते । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले यही असार २४ गते बिहे गर्ने घाेषाणा गर्नुभएकाे छ । नीताले बिहेअघि गरिएको मेहन्दी समारोहका केही तस्बिर आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै लेख्नुभएकाे छ, 'अन्तत : मेहेन्दी लगाइयो।’ ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहे गर्न लागेको बताइएको छ ।सेतो र पहेँलो दुई फरक पहिरनमा सजिएकी नीता खुशी र आकर्षक देखिएकी छन् । उहाँको मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकारहरुको सहभागिता रहेको थियो ।