पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । छिमेकी देश भारत, चीन, जापानसहित देशका विभिन्न स्थानबाट समेत दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
जिल्लाका अधिकांश खानेपानीका मुहानमा ‘कोलिफर्म’ कीटाणु फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक वर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलिफर्म’ फेला परेको हो ।
जिल्लाको पूर्वी भेगस्थित निस्दी–६, अर्चलेमा पहिलो पटक बिजुली बत्ती बलेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको डेढ दशकपछि अर्चलेको रनगुवा गाउँमा पहिलो पटक बिजुली बत्ती बलेको हो ।
दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–२ का तीन वटा बस्तीमा एकसाथ गाडी पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । यसै आर्थिक वर्षबाट सुरु भएको सडक निर्माण कार्य पुरा भएर गाडी सञ्चालनमा आई बस्ती बस्तीमा गाडी पुुगेपछि स्थानीयले स्वागत सहित खुशी मनाउनुु भएको हो ।
नेपाल र क्यानडाबीच मङ्गलबार राति तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो । नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने तालिका थियो ।
स्थानीय स्तरमै पीडितहरुको गुनासो सुन्न जाजरकोट प्रहरीले चियापान कार्यक्रम आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा प्रहरीले पिडितहरुको समस्या र गुनासो बुझ्न चियापान कार्यक्रम आयोजना गरेको हो ।
साढे तीन दशकअघिको कुरा सम्झँदै छु यतिखेर, त्यतिखेर साहित्यकारहरूलाई भेटेर उहाँहरूकै हस्ताक्षरमा परिचय सङ्ग्रह गर्ने रहर पालेको थिएँ । सङ्ग्रहको काम अघि बढ्दै जाँदा डा. तारानाथ शर्माको लेखन सम्झेर उहाँलाई भेट्ने आँट पलाएन, कस्ता कस्ता साहित्यकारलाई समालोचनाको झटारो हानेर झाँको झारेर लेख्न सक्नेले म भर्खर साहित्यमा चासो राख्नेले भेटेर कुराकानी गर्नु भनेको त्यतिबेला बुताबाहिरको ठान्थेँ । गोविन्द गोठाले, कमल दीक्षित, दयाराम सम्भव, आनन्ददेव भट्ट, प्रेमा शाह आदि स्रष्टालाई भेटेपछि अलि हौसिएको पनि थिएँ । मलाई त्यतिखेर नाट्यकर्मी दाजु अशेष मल्लले डा. तारानाथ शर्मासँग आफ्नै मोटरसाइकलमा राखेर बानेश्वरस्थित उहाँको डेरामा लगिदिने भनेपछि लाग्छ, त्यसको २–४ रात म सुत्न सकिनँ । तारानाथजस्ता साहित्यकारलाई भेट्दैछु भन्ने एक किसिमको गौरवबोधले पनि होला, एक किसिमको डर पलाएको पनि थियो ।
झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मत्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता वृद्धशान्ति गाउँपालिका ५ आयवारीमा पनि एउटा हात्ती मृत फेला परेको थियो ।
एनएमबी बैङ्कले वीरेन्द्रनगर सुर्खेत–१६ स्थित सरस्वती प्राथमिक विद्यालयको छाना माथिको पुनः संरचना÷सम्भार र कक्षा कोठाको मर्मतसम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थीहरू खुला चौरमै पढन बाध्य थिए । एक कार्यक्रममा बैङ्कले चारवटा कोठाको पुनः निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
देशभर आज मौसममा आंशिक देखि सामान्य बदली रहने छ । बुधबार देशभरको मौसममा आंशि देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सरकारले चार वर्षदेखि संसद्मा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक संसद् लैजाने निर्णय गरेको हो । उक्त विधेयक सङ्घीय संसद्मा २०७५ साउन २२ गते दर्ता भएको थियो । २०७७ असारमा समितिको प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस भएको थियो ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले तय गरेको उत्पादनशील अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवद्र्धनको मूल उद्देश्यलाई नेपाल राष्ट्र बैङ्कले बनाउँदै गरेको मौद्रिक नीति पनि पछ्याउने देखिएको छ ।राष्ट्र बैङ्क गभर्नर महाप्रसाद अधिकारीको भनाइअनुसार राष्ट्रिय पुँजी स्रोतको परिचालन राष्ट्रिय अर्थतन्त्रको उत्पादशीलता बढाउनमा मौद्रिक नीति केन्द्रित हुनेछ । नेपाल व्यवस्थापन सङ्घले मङ्गलबार राजधानीमा गरेको मौद्रिक नीतिबारे सरोकारवालाबीचको अन्तक्र्रियामा अधिकारीले देशभित्र रहेको पुँजी स्रोतलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्नुपर्ने बताउनुभएको हो ।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको गठन हुनुपर्ने बताउनु भएको छ ।
भाइबहिनीहरू ! तपाईंहरूलाई थाहा नै छ, साउन भदौलाई ऋतु चक्रानुसार वर्षा भनिन्छ तर पनि लोकजीवनले असारलाई नै वर्षा वा खेतीपातीका रूपमा लिएको पाइन्छ । खासगरी मनसुन सुरु भएपछि हाम्रा गाउँघरतिर किसानलाई खेतमा धान रोप्ने चटारो बढ्छ । कृषि प्रधान देश भएकाले यहाँ असारको ज्यादै महìव रहेको पाइन्छ ।
नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१७ लगायतका स्थानमा यसको व्यावसायिक खेती प्रारम्भ गरिएको छ । असार महिना किसानहरू धान रोपाइँमा व्यस्त देखिन्छन् तर कावासोती–१७ गोछडा निवासी नवराज सुवेदीलाई ड्रागन फ्रुट खेतीको रेखदेख गर्न भ्याइनभ्याइ छ । बोम अर्गानिक कृषि फर्मका सञ्चालक सुवेदीको दैनिकी ड्रागन फ्रुट’ खेतबारीमा बित्ने गरेको छ । बिहान उठ्ने बित्तिकै उहाँ ड्रागन फ्रुट’ खेती भएको ठाउँमा पुग्नुहुन्छ ।