सानो सानो मेरो नाति खोजी हिँड्छ साथी, खोजी खोजी जिस्की हिँड्छ हजुरबुवा जाति । घोची भाग्छ औँला कैले डँडुलोले कैले, भाक्क भुक्क पाक्क पुक्क पारी हिँड्छ जैले ।
प्रदेश सरकारले सवारीसाधन दुर्घटनाका कारण घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले बीमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेश सरकार मातहतमा रहेका सवारीसाधन दुर्घटनामा परेर घाइते हुने सर्वसाधारणको उपचारमा जटिलता आएपछि सरकारले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । बीमा रकमभित्र उपचारमा समस्या नभएको तर त्योभन्दा बढी खर्च लाग्ने अवस्थामा पीडितले नै खर्च गर्नुपर्दा उपचारमा समस्या आउनसक्ने देखिएकोले सरकारले निर्णय गरेर उपचार खर्च बेहोर्ने व्यवस्था गरेको हो ।
डिभिजन वन कार्यालय लमजुङले वन्यजन्तुबाट क्षति भएकालाई १६ लाख ४२६ रुपियाँ राहत वितरण गरेको छ । चितुवा र भालुको आक्रमणबाट घाइते नागरिक तथा घरपालुवा जनावरबाट भएको आक्रमणको क्षतिपूर्तिबापत यो रकम वितरण गरिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ । तथापि चयन सहमतिमा गरिने माओवादी केन्द्रका नेताहरूले बताउनुभएको छ । मङ्गलबार खुमलटारमा बसेको पूर्वस्थायी समितिको बैठकले सहमतिका आधारमा पदाधिकारी चयन गर्ने सहमति गरेको थियो । मङ्गलबार बस्नुपर्ने केन्द्रीय समितिको बैठक त्यसैका लागि स्थगित गरिएको थियो । बुधबार १ बजे सुरु हुने कन्द्रीय समितिको बैठकमा अध्यक्षले पदाधिकारी, पोलिटब्युरो र स्थायी समितिको नामावली प्रस्ताव गर्नुहुनेछ ।
चलचित्र ‘रकेट्री–द नम्बी इफेक्ट’ वैज्ञानिक नम्बी नारायणको जीवनमा आधारित चलचित्र हो । चलचित्र प्रदर्शनको अघिदेखि नै चर्चामा थियो । जब तपाईंले नम्बीको कथा चलचित्रमा हेर्नुहुन्छ, त्यसपछि तपाईं उनले गरेका कामहरूबाट धेरै प्रभावित हुनुहुन्छ ।
रसुवामा निर्माणाधीन साञ्जेन जलविद्युत् कम्पनीद्वारा स्थानीयका लागि छुट्याएको शेयर तत्काल बिक्री खुला नगर्न आग्रह गरिएको छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावर कम्पनीले यही १३ गतेदेखि ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री खुला गरेको थियो । आर्थिक समस्याका कारण जिल्लावासीले पाउने सञ्जेन कम्पनीको शेयर हाललाई बिक्री खुला नगर्न स्थानीयले माग गरेका हुन् ।
हालसम्म विद्युत् सेवा नपुगेको उत्तरी नाम्खा गाउँपालिका–५ को यारीमा सोलार मिनी ग्रिडबाट विद्युत् उत्पादन सुरु भएको छ । मिनी ग्रिड स्थापना भएको स्थानमा सोलार प्यानल जडानपछि विद्युत् उत्पादन भएको हो । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरणका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले सो मिनी ग्रिडबाट ५० किलोवाट विद्युत् उत्पादन भएको बताउनुभयो । उहाँले विद्युत् उत्पादन भएर १७ भन्दा बढी घरधुरीलाई विद्युत् वितरण गरिएको र बाँकीलाई वितरण जारी राखिएको जनाउनुभयो । यसका लागि
हेटौँडा उपमहानगरपालिका क्षेत्रको खेतीयोग्य जग्गाको बढ्दो खण्डीकरणलाई नियन्त्रण गर्न उपमहानगरपालिकाले कित्ता काटमा रोक लगाएको छ । रोक्का रहेको जग्गाको कित्ताकाटलगायत कार्यलाई कायमै राख्ने सोमबार बसेको पाँचौँ कार्यपालिका बैठकले निर्णय गरेको हो ।
सप्तरीमा खाँडो नदीको बाढीले विभिन्न स्थानमा तटबन्ध कटान गर्दा जोखिम बढ्न थालेको छ । सात वर्षअघि सुरु भएको सप्तरीको खाँडो नदी नियन्त्रणको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन । नदीमा निर्माण गरिएको तटबन्ध पनि कटान हुन थालेको छ भने तटबन्ध निर्माण अधुरो रहेको अधिकांश ठाउँमा सामान्य वर्षामै कटान हुन थालेको छ ।
काठमाडौं महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान सशोधन भएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मंगलबार बसेको कार्यपालिकाको पाँचौं बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित चार बुँदे संशोधन गरिएको हो ।
चिरपरिचित प्रतिद्वन्द्वी टाइम्सको चुनौतिलाई पन्छ्याउँदै रोयलले यू–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा रोयलले टाइम्सलाई ६६–५७ अंकले हरायो ।
नेपालगञ्ज बजारक्षेत्रलगायत आसपास कतिवटा ई–रिक्सा सञ्चालनमा छन्, स्पष्ट तथ्याङ्क कुनै पनि निकायसँग छैन । सो क्षेत्रमा करिब १५ हजारको हाराहारीमा ई–रिक्सा सञ्चालनमा रहेको अनुमान गरिए पनि स्पष्ट तथ्याङ्क नहुँदा व्यवस्थापनमा समस्या देखिएको छ ।
कर्णाली प्रदेशका कारागारको भौतिक अवस्था कमजोर रहेको पाइएको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोट जिल्लाका अधिकांश जीर्ण र साँघुरा भवनमा कैदीबन्दीलाई सास्ती भएको अनुगमनका क्रममा पाइएको छ । कारागारहरूको भौतिक अवस्था कमजोर हुँदा कैदीबन्दीलाई सकस भएको हो ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मतका आधारमा स्थानीय तह निर्वाचनबाट एमाले नै ३४ प्रतिशत मत ल्याएर सबैभन्दा ठूलो पार्टी बनेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तह निर्वाचनमा चुनावी सत्तारूढ दलको गठबन्धनबाट नेपाली कांग्रेसले मात्रै फाइदा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले ३३ प्रतिशत मत पायो, अघिल्लो चुनावमा १७ प्रतिशत मत पाएको माओवादीले १३ प्रतिशत मात्रै पायो, नेकपा (एकीकृत समाजवादी)ले चार प्रतिशत मत पाएको छ ।
मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिन कार्यालयमा विद्यार्थीले लगाएको तालाका कारण त्रिभुवन विश्वविद्यालयले यसअघि निर्धारण गरेको ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए)को परीक्षा तीन दिन पछि सरेको छ । उक्त कार्यालयमा अनेरास्ववियु (क्रान्तिकारी) ले गत जेठ १९ गते ताला लगाएको थियो ।