संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार शून्यमा झार्न नेतृत्व तहमा रहेकाहरूले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुलको निर्माण कार्य छठपछि सुरु गरिने भएको छ ।
नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ ।
अस्ट्रेलियाको सिड्नी देखि दक्षिणपश्चिम क्षेत्रमामा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।
उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा प्लाष्टिक तथा प्लाष्टिकका फूलमाला बिक्री वितरण एवम् प्रयोगमा रोक लगाइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
फगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू) ले उनीहरूको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ ।
वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।
वीरेन्द्रनगर सुर्खेत–१२ पिपिरामा गर्रा नाच प्रदर्शन गर्दै सांस्कृतिक जनजागरण युवा क्लब चिङगाड–२ का युवाहरू ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।
अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ ।
कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा नदी किनारामा बसेर ध्यान गर्दै म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थीहरू ।
इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ ।
देशभर पश्चिमी वायुका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव नेपालमा समेत परेको छ ।