थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार अघिका तीन दिनमा करिब तीन हजार क्विन्टल धान गरिद गरेको छ । सरकारले गत वर्ष कैलालीमा ४० हजार क्विन्टल कोटा तोकेकोमा यसवर्ष पहिलो चरणमा ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका प्रमुख पर्यटकीय स्थलहरुको प्रवर्धन गर्नेगरी विभिन्न स्थानमा मन्त्री परिषद्को बैठक राख्ने योजना रहेको बताउनुभएको छ । सोमवार लुम्बिनी केवलकारको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् बैठकहरु प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा राख्नेगरी सरकारले योजना बनाएको बताउनुभयो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै निर्धारण गरी जनतालाई जानकारी गराउनुपर्ने उहाँको भनाइ छ ।
रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन हुनुभएको एक वर्ष भयो ।
लामो समयदेखि मनाइँदै आइएको पुरानो मध्येको एक पर्व मंगला गाउँपालिका –३ र ४ नम्बर वडाका ५४ कुरिया मगरहरुले विविध विधिसहित आगादेऊ पर्व सम्पन्न गरेका छन् ।
महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि छठपर्वका लागि कुटान पिसान सुरु भएको छ ।
तिहारको अवसरमा सुनसरीका उराँव समुदायले सुकराती जतरा पर्व मनाएका छन् ।
मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिनुभएको छ ।
समयसँगै आएको परिवर्तनले बाँकेको कोहलपुर नगरपालिका –१४, हवल्दारपुरस्थित चिडिमार समुदायको पुर्खौली पेशा संकटमा पर्दै गएको छ ।
प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।
एक लाख पचास हजार नगदसहित १४ जना जुवाडेलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ ।
छठ पर्वमा प्रसादको रुपमा छठ देउतालाई चढाइने केरा गत वर्षको तुलनामा दोब्बर मूल्य बृद्धि भएको छ । दिपावली सकेलगत्तै छठ पर्वको तयारीमा जुटेका भक्तजनहरु छठ पर्वमा पाकेको केरा प्रसादको रुपमा चढाउन लहान बजारमा केरा खरिद गर्दैगर्दा गत वर्षको तुलनामा दोब्बर मूल्यमा केरा खरिद गर्नुपरेको बताएका छन् ।
जापानमा रहेका नेपालीले अनाथ बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । मकवानपुरको हेटौँडा –१४ स्थित अनाथ अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकाका लागि तिहार मनाउन आर्थिक सहयोग गरेका हुन् ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।