पाल्पामा मतदाता नामावली सङ्कलन उत्साहपूर्ण हुन सकेको छैन । राजनीतिक दल, कार्यकर्ता र मतदाता उत्साहित नहुँदा मतदाता नामावली सङ्कलन प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन । निर्वाचन आयोगले गत असोज १० गतेदेखि नै मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । यो अवधिमा जम्मा ४३३ जना मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । थपिएका नयाँ मतदातामा २६० जना पुरुष र १७३ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।
जुम्लाको गुठीचौर गाउँपालिका–५, झारज्वाला र कनकासुन्दरीको भैँसेडीमा पक्की पुल निर्माण भएको छ । झारज्वालामा तीन करोड ७६ लाख ३५ हजार र भैँसेडीमा चार करोड ३२ लाख रुपियाँ लागतमा पूर्वाधार विकास कार्यालय जुम्लाले पुल निर्माण गरेको हो ।
कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग ९कोइका०ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ ।
चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको उदय शान्ति युवा क्लबको आयोजनामा चक्रेश्वर मेलामा भलिबल र भजन प्रतियोगिता आयोजना गरिने भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
रुकुमपश्चिमको चौरजहारीमा नयाँ सहर निर्माणका क्रममा गरिएको बसपार्क निर्माण पूरा भएको महिनौँसम्म प्रयोगमा आउन सकेको छैन । निर्माण भएर गत पुसमै चौरजहारी नगरपालिकालाई हस्तान्तरण गरिएको बसपार्क हालसम्म सञ्चालनमा आउन नसकेको हो ।
ठेकेदारको बदमासीका कारण हुलाकी राजमार्ग कालोपत्रे नहुँदा सदरमुकाम मलङ्गवाका स्थानीय धुलोको मार खेप्न बाध्य छन् । पूर्वपश्चिम हुलाकी राजमार्ग
शिक्षक सरुवाका विषयमा सुर्खेतको वीरेन्द्रनगर नगर कार्यपालिका र शिक्षक आमनेसामने भएका छन् । नगरपालिकाले स्थानीय ऐनका आधारमा शिक्षकको सरुवा, प्रधानाध्यापक व्यवस्थापन, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन गरेको दाबी गरेको छ भने शिक्षकले नगर कार्यपालिकाले एकलौटी रूपमा, आस्थाका आधारमा शिक्षक सरुवा गरेको, आफूनिकटलाई प्रअ नियुक्त गरेको भन्दै त्यसको खारेजीको माग गरेका छन् ।
जुम्लाको सिँजा गाउँपालिकाका एक हजार ६४ घरधुरीमा खानेपानी पुगेको छ । सिँजा गाउँपालिका र साझेदार संस्थाको सहयोगमा गाउँपालिकाले खानेपानी पु¥याएको हो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सङ्घीय सरकारले गाउँपालिकालाई दिएको अनुदानबाट र फिनल्यान्ड सरकार, युरोपियन युनियनको संयुक्त सहयोगमा यहाँका घर घरमा धारा पु¥याइएको छ ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहेव’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइएको छ ।
दार्चुलाका आठ हजार ९२८ जना बालबालिकालाई भिटामिन ‘ए’ र आठ हजार ५८ जना बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख वीरेन्द्र भट्टका अनुसार कात्तिक २० र २१ गते दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आवश्यक औषधी र स्वास्थ्यकर्मी परिचालन गरिसकिएको हो ।
फुङलिङ नगरपालिका ताप्लेजुङको आयोजना तथा घुन्सा फाउण्डेसन काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क अनलाइन कक्षा सम्बन्धी तालिम बुधबारबाट सुरु भएको हो ।
जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।
कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका व्रmममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए ।
सुदूरपश्चिम प्रदेशमा छ हजार २१२ नयाँ मतदाता थपिएका छन् । फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य भइरहेको छ । असोज १० देखि कात्तिक १७ सम्म यस प्रदेशमा चार हजार ८३ पुरुष, दुई हजार १२७ महिला र दुई अन्य गरी छ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक हजार १९५ पुरुष र