नेपाल बार एशोसिएसनको विधान, २०४८ (संशोधनसहित) बमोजिम केन्द्रीय कार्यसमितिको निर्णयनुसार गठित नवोदित कानून व्यवसायी सरोकार समितिमा सेन्चुरी सदस्यसचिव मनोनित हुन भएको हो ।
ढिलो गरी ओछ्यान छाड्छु । आङसम्मै पारिलो घाम आइसकेछ । सकी नसकी ओछ्यानबाट उठेर बरन्डामा आएर बस्छु । नैनाले दिएको कालो चियाको सुर्को लिँदै आफ्नै हात र हत्केलालाई
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शान्तिसुरक्षा र सुशासन कायम राख्दै आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउनु प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।
ठेकेदार कम्पनीले काम अधुरै छाडेर सम्पर्कविहीन भएपछि अस्पतालको निर्माण रोकिएको छ ।
चीनका वैज्ञानिकले विश्वमा पहिलो पटक हड्डी जोड्ने बोन ग्लु तयार पारेका छन् । जसले भाँच्चिएको हड्डीलाई २/३ मिनेटमै जोड्दछ । बोन ग्लु सामुद्रिक सिपीबाट प्रेरित छ । यो छ महिनामा शरीरमै घुल्ने बायोडिग्रेडेबल पदार्थ हो । चीनको वेन्झोउमा डाक्टर लिन जियानफेङ्गको टोलीले डेढ सयभन्दा धेरै बिरामीमा यसको परीक्षण गरी यो सुरक्षित र प्रभावकारी रहेको साबित गरेको छ । चिनियाँ वैज्ञानिकले बोन ०२ नामक उक्त जैविक पदार्थको विकास गरेका हुन् ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा बिमाबाट उपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।
भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँ खण्ड नौ वर्षसम्म कालोपत्रे नभएपछि स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । लामो समयसम्म पनि सडक कालोपत्रे नभएपछि यहाँका स्थानीयले आन्दोलनको घोषणा गरेका छन् । बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई आन्दोलन गर्ने गरी ध्यानाकर्षण गराएका छन् ।
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–४ मा रहेको छ हजार २१३ मिटर अग्लो छुवामा हिमालमा पहिलो पटक दक्षिण कोरियाली नागरिकले सफल आरोहण गरेका छन् । ल्होमन्थाङको नाम्दा गाउँहुँदै छुवामा हाइक्याम्प गएका तीन कोरियाली पर्वतारोही डोङजिन किम, ह्योन चुल र नाम्योंगले कात्तिक १६ गते बिहान २:३० बजे उक्त हिमालको सफल आरोहण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय ल्होमन्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
बुधबार राती साँढे बजे भवनको माथिल्लो तलाबाट आगलागी भएर भवन नष्ट भएको हो ।
रौतहटको गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति विकले नागरिकको हकहितमा सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ । प्रमुख प्रशासकीय
गत असोज १२ गतेदेखि सुरु गरिएको दर्ता तथा अद्यावधिक अभियानको एक महिनाभित्र हालसम्म जम्मा एक हजार पाँच सय १४ जना नयाँ मतदाता मात्र थपिएका छन् ।
बाँकेमा निर्माणाधीन बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले २० वर्षको अवधिमा आधा मात्रै काम गरेको छ । आयोजनाका निर्देशक राजु आचार्यले आयोजनाको कार्यक्षेत्र र लागत दुवै बढ्दै गएकाले निर्माण अवधि पनि लम्बिँदै गएको जनाउँदै हालसम्म ५० प्रतिशत काम पूरा भइसकेको र थप काम तीव्र गतिमा भइरहेको बताउनुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले एमाले निर्वाचनबाट डराएर नभाग्ने बताउनुभएको छ । उहाँले एमाले सधैँ जनताबाट अनुमोदित शासन व्यवस्थाको वकालत गर्ने पार्टी भएकाले निर्वाचनबाट कहिल्यै नभाग्ने उल्लेख गर्नुभयो ।
पाल्पामा मतदाता नामावली सङ्कलन उत्साहपूर्ण हुन सकेको छैन । राजनीतिक दल, कार्यकर्ता र मतदाता उत्साहित नहुँदा मतदाता नामावली सङ्कलन प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन । निर्वाचन आयोगले गत असोज १० गतेदेखि नै मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । यो अवधिमा जम्मा ४३३ जना मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । थपिएका नयाँ मतदातामा २६० जना पुरुष र १७३ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।