मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ ।
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका धार्मिक तथा सांस्कृतिक पर्यटनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँ रहेका मन्दिर, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र नारायणी नदी किनार धार्मिक तथा सांस्कृतिक पर्यटकीय हबका रूपमा विकास हुँदै गएका हुन् ।
कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षा र हावाहुरीका कारण खेतमा ढलेको धान समयमा काट्न गर्न नसक्दा किसान चिन्तित छन् । खेतमा ढलेको धान समयमा उठाउन नपाउँदा किसान चिन्तित बनेका हुन् ।
नेपाल सरकारले ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रलाई अन्तिम रूप दिन प्रक्रिया अगाडि बढाएको छ । नेपाल र ओमानबिच कूटनीतिक सम्बन्ध कायम भएको ४८ वर्षपछि श्रम सम्झौतालाई अन्तिम रूप दिन लागिएको हो ।
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल वायुसेवा निगमले कर्मचारी कटौती अभियान सुरु गरेको छ । निगमलाई चुस्तदुरुस्त रूपमा सञ्चालन गर्न, आर्थिक दायित्व कम गर्न र निगमभित्र सुधारात्मक कामको थालनीस्वरूप पछिल्लो बदलिँदो परिस्थितिसमेत सम्बोधन गर्दै निगम व्यवस्थापनले पहिलो चरणमा छ जना कर्मचारीको करार सेवा रद्द गरेको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
नेपाली कांग्रेसका नेताहरूले १५ औँ महाधिवेशन पुसभित्र गर्न प्रस्ताव गर्नुभएको छ । असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बुधबार बोल्ने केन्द्रीय सदस्यले विशेष महाधिवेशन गर्न नहुने बताउनुभएको हो ।
‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ पूर्वाधार निर्माणमा विनियोजन सुरु गरिएको छ । ‘जेनजी’ समूहको नाममा भदौ २३ र २४ गते भएको आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना भएको थियो
सरकार र स्थानीयसँगको सहमतिसँगै बुधबारदेखि मेलम्चीको पानी पथान्तरण सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार राति दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि एक हप्तादेखि अवरुद्ध पानी सुरुङमा पठाउन सुरु भएको हो ।
सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा अवस्था र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई सीमा सुरक्षा (बोर्डर आउट पोस्ट) मै खटाएको छ ।
यस वर्षको एमविविएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर–९ की छात्रालाई आज यहाँ नगदसहित सम्मान गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले दुर्गा प्रसाईंका प्रतिनिधहरुसँगको भेटमा अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य नै भएकाले सडकमा आउन उपयुक्त नहुने बताउनु भएको छ।
लेखक गणेशकुमार प्रधानले साहित्य सँगै स्थानीय इतिहासको खोज, अध्ययन र प्रकाशन गर्नुभएको छ ।
मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।