जाजरकोटका शिक्षकले विद्यालयमा स्थानीय कला संस्कृति सिकाउन थालेका छन् । छेडागाड नगरपालिका–२, शङ्करस्थान माध्यमिक विद्यालय मजेरीका ८ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई मयूरनाच सिकाउन थालेका हुन् ।
जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना निर्माणका लागि वित्त व्यवस्थापनको टुङ्गो तत्काल लगाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले एसियाली विकास बैङ्क (एडिबी) लाई आग्रह गर्नुभएको छ ।
काभ्रेको पाँचखालमा निर्माण योजना रहेको पाँचखाल विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न समझदारी भएको छ । यसका लागि लगानी बोर्ड र नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनीबिच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड रुपियाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले बढेर २६ खर्ब ७१ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैङ्कले अर्थमन्त्री रामेश्वर खनालसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व गत वर्ष असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई यो वर्षको असार मसान्तमा २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको हो । राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले उक्त प्रतिवेदन अर्थमन्त्री खनालसमक्ष पेस गर्नुभएको हो ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा समङ्गलबार बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।
भ्वाइस सेवाको आम्दानी निरन्तर गुमाइरहेको सरकारी स्वामित्वको नेपाल टेलिकमको नाफा पनि निरन्तर घट्दो क्रममा छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमले यो अवधिमा मात्रै ४१ करोड ४४ लाख रुपियाँ खुद नाफा गुमाएको छ ।
ग्रिनेदी इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । ग्रिनेदीले स्थानीयवासी तथा सर्वसाधारणलाई सेयर निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
स्थानीय तहले सेवा प्रवाहलाई सहज रुपमा आमनागरिक समक्ष पुर्याउन निकै प्रयत्न गरेका छन् । नेपालको संविधानको मर्म अनुसार स्थानीय तहहरुले सेवा प्रवाह र विकास निर्माणका कार्यलाई नागरिक समक्ष पुर्याउन जनप्रतिनिधि र कर्मचारीहरु निरन्तर लागेको पाइएको छ ।
निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकार गम्भीर रहेको अर्थमन्त्री रामेश्वर खनालले बताउनुभएको छ । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले सङ्कटको अवस्थामा पनि निजी क्षेत्रले देखाएको आँटलाई प्रशंसा गर्दै लगानीको सुरक्षा र नीतिगत सुधारमा सरकार गम्भीर रहेको बताउनुभएको हो ।
गुल्मीको शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा चन्द्रकोट गाउँपालिकाले मङ्गलाबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने भएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा पौने दुई अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको तीन महिना (साउन–असोज) एक अर्ब ७४ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
गैरकर सङ्कलन १३ अर्ब रुपियाँले घटे पनि समग्र कर सङ्कलनमा सामान्य सुधार देखिएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) सम्मको राजस्व सङ्कलनसम्बन्धी विवरण अनुसार यो अवधिमा सरकारले सबै शीर्षकमा गरेर तीन खर्ब २९ अर्ब ५१ करोड रुपियाँ कर सङ्कलन गरेको छ । गत वर्षको सोही अवधिमा तीन खर्ब २९ अर्ब एक करोड रुपियाँ कर सङ्कलन भएको थियो ।