• २ मंसिर २०८२, मङ्गलबार

आइपिओ निष्कासन गर्दै ग्रिनेदी इनर्जी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । ग्रिनेदी इनर्जी लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । ग्रिनेदीले स्थानीयवासी तथा सर्वसाधारणलाई सेयर निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । दुवै संस्थाबिच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ग्रिनेदी इनर्जी लिमिटेडका तर्फबाट अध्यक्ष युरेशमान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गर्नुभयो ।