काठमाडौँ, मङ्सिर २ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ १८ पैसा र बिक्रीदर १६४ रुपियाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ २९ पैसा र बिक्रीदर १८७ रुपियाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ९२ पैसा र बिक्रीदर १७८ रुपियाँ ६८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ २१ पैसा र बिक्रीदर ९२ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९० पैसा र बिक्रीदर १०१ रुपियाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ६८ पैसा र बिक्रीदर १०९ रुपियाँ १४ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १४ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ९१ पैसा र बिक्रीदर २० रुपियाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८२ पैसा र बिक्रीदर ३८ रुपियाँ ९९ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५३ पैसा र बिक्रीदर ३८ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ १० पैसा र बिक्रीदर ३४ रुपियाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६८ पैसा र बिक्रीदर नौ रुपियाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९८ पैसा र बिक्रीदर २२ रुपियाँ ०८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ २१ पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ३८ पैसा र बिक्रीदर ४६३ रुपियाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपियाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३६९ रुपियाँ १४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस