पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर र रत्ननगर जोड्ने निकुञ्ज क्षेत्रको कोरिडोरमा जनावर वारपार गर्न मिल्ने गरी ‘फ्लाइओभर’ निर्माण गरिने भएको छ । नारायणगढदेखि पथलैयासम्मको राजमार्ग विस्तारका
पश्चिम नवलपरासीको प्राचीन कोलनगर (पण्डितपुर) मा पुरातत्व विभागले गरिरहेको उत्खननमा सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानीको महत्त्वपूर्ण भग्नावशेषहरू फेला पर्न थालेका छन् ।
पश्चिम नवलपरासीमा आसन्न निर्वाचनका लागि छ हजारभन्दा बढी मतदाता थपिएका छन् ।
मुलुक निर्वाचनमय भएको छ । निर्वाचन अभ्यास, दलगत संरचना र समसामयिक राजनीतिक प्रक्रियाबारे तीव्र बहस पनि भइरहेको छ । तीन दशकभन्दा बढी समयदेखि निर्वाचन प्रणाली र लोकतान्त्रिक संस्थागत विकासमा सक्रिय रहनुभएका पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग यस विषयमा विस्तृत कुराकानी गरिएको छ ।
कञ्चनपुरमा डेङ्गु सङ्क्रमण बढ्दो क्रममा रहेको छ । पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार जिल्लामा डेङ्गु सङक्रमण दर बढ्दो क्रममा रहेको पाइएको छ । डेङ्गु सङ्क्रमणका कारण कञ्चनपुरमा गत आवमा दुई जनाले ज्यान गुमाएका छन् । पछिल्ला चार महिनामा जिल्लामा ८४ जनामा डेङ्गुको सङक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । महाकाली प्रादेशिक अस्पतालमा २२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ भने पुनर्वास नगरपालिकामा ३० जना, भीमदत्त नगरपालिकामा १८ जना, वेदकोटमा चार जना, दोधारा र बेलडाँडीका पाँच/पाँच जनामा सङ्क्रमण देखा परेको छ ।
आठ वर्षदेखि नागरिकताका लागि अड्डाअदालत धाउँदै आउनुभएकी ७८ वर्षीया कपेलेश्वरी यादव अझै पनि नागरिकता पाउने आशामै दिन काटिरहनुभएको छ ।
कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) २०८२ को अवसर यही मङ्सर १३ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।
यहाँस्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।
बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।
सदरमुकाम बेनी बजारमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ ।
सुदूर पहाडका खोलानालामा एक समय छ्यापछ्याप्ती देखिने पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । आधुनिक प्रविधिको तीव्र विस्तार, बजार क्षेत्रमा विद्युत् आधारित पिसाइ मेसिनले गर्दा र परम्परागत सिपप्रतिको उदासीनताले पानीघट्टको अस्तित्व सङ्कटमा परेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा अर्जुनप्रसाद सापकोटासहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा स्वर्णिम वाग्लेले मुलुकको विकासका लागि राजनीतिक दल, नागरिक समाजलगायत सरोकार भएका निकायले एकापसमा सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् ।