कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ ।
सुनसरीको रामधुनी नगरपालिकामा भएको हत्या घटनाका आरोपितलाई प्रहरीले करिब दुई महिनापछि सात जनालाई पक्राउ गरेको छ ।
सुस्त मनस्थितिकी किशोरीमाथि जबरजस्ती करणीबाट गर्भ रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढकारी गाउँपालिकाका १९ वर्षीय पुष्प साउँद रहेका छन् ।
सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले चुनावपछि युवाहरूको नेतृत्वमा बन्ने सरकारबाट मात्रै परिर्वतन समभव हुने बताउनुभएको छ ।
बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दो प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णय रोक्न स्थानीय नागरिक समाज, जेनजी युवाहरू तथा सरोकारवालाले प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा २५ दिनदेखि जारी तालाबन्दी आइतबारदेखि अन्त्य भएको छ । नगरपालिका कार्यालयमा कार्यरत करार कर्मचारीको २०८३ असार महिनासम्मको म्याद थप गर्ने सहमति भएसँगै तालाबन्दी खुलेको नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले जानकारी दिनुभयो ।
भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी पर्नुभएको छ ।
दाङको लमहीमा होटल व्यवसायी मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल बेडरूममै मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
रोकिराखेको बस ब्याक गर्ने क्रममा ब्रेक फेल भएर दुर्घटना हुँदा चालक घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका–७ कोटबारामा सोमबार बिहान भएको बस दुर्घटनामा ३५ वर्षीय चालक लालसिंह बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ ।
तराईका किसानको प्रमुख आयस्रोत मानिने उखुखेती अहिले आन्दोलन, अनिश्चितता र सरकारी ढिलासुस्तीको तेहोरो मारमा परेको छ ।
आँखैमा निलगिरि र तिलिचो हिमाल, ढुम्बा तालसहितको आकर्षक दृष्यहरू ठोकिन्छ । गाउँको शिरानमा धार्मिक गुम्बा र ऐतिहासिक प्राकृतिक गुफाहरू लस्करै छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि भने सेवा प्रवाहमा केही असहजता आएको थियो ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो डायलासिस सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसको निर्माण कार्य अन्तिम अवस्थामा रहेको र छिट्टै सेवा सुरु गर्ने लक्ष्य राखिएको छ ।