नागढुङ्गा–मलेखु सडक खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ ।
संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेखिएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ ।
भोजपुरको स्थानीय पालिकाका कृषकले उत्पादन गरेको स्थानीय खाद्यान्न तथा सामग्रीहरूको प्रचार–प्रसार तथा ब्रान्डिङ गर्नमा टेवा पुग्ने उद्देश्यले काठमाडौँस्थित बत्तिस पुतलीमा प्रदर्शनीमा राखिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नु भएको छ ।
बर्दियाको बारबर्दिया नगरपालिका वडा ९ कतर्नियामा आयोजना गरिएको एकदिने पशु स्वास्थ्य शिविरमा दुई सय तीन जना किसानको एक हजार चार सय ३५ वटा पशुपंक्षीको उपचार गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबिच आज भेटवार्ता भएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब काभ्रेपलाञ्चोकका आठ अस्पतालबाट प्रथम सेवा प्रदान गर्न थालिएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पूर्ण रूपमा क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय पुर्ननिमाृण हुन समय लाग्ने भएपछि अस्थायी बसाईको लागि खोजी गर्न थालिएको छ ।
थारु समुदायको विवाह (भ्वाज) संस्कारमा अनिवार्य रूपमा गाउँदै आएको मागर गीत विस्तारै हराउँदै गएको छ । पहिलापहिला थारु समुदायको विवाह (भ्वाज) मा मागर गीत बिनै अधुरो मानिन्थ्यो ।
कञ्चनपुरको बेलौरीमा आयोजित ‘वडा स्तरीय मेयर फुटबल’ प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट गर्ने जना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।
भियतनाम नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै ११.४ प्रतिशतले बढी हो ।
जिल्लाको दक्षिणी क्षेत्रको बाजुरा जिल्लासँग सिमाना जोडिएको ताँजाकोट गाउँपालिकाले घुम्ती शिविरको आयोजना गरेर योजनाको सम्झौता कार्य गरेको छ ।
टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ ।
बाजुराका अधिकाशं खोला किनारका बस्तीमा बसोवास गर्ने स्थानीयलाई वर्षाको समय चिन्ताकै बास हुने गरेको छ ।
नेपालकै सबैभन्दा ठुलो तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित सिद्धगुफा ओझेलमा परेको छ । धार्मिक र प्राकृतिक महत्व बोकेको यो गुफा पर्याप्त प्रचार–प्रसार नहुँदा पर्यटकको अपेक्षित आगमन हुन सकेको छैन ।